Tuesday, January 20News That Matters

डा. निकोलस भुषाल ५०,००० धरौटीमा रिहा

यो समाचार शेयर गर्नुहोस्

हिरासतमा रहेका रास्वपा सभापति रवी लामिछानेको तस्विर सार्वजनिक प्रकरणमा ५०,००० धरौटीमा रिहा भएका छन ।

कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका रास्वपा सभापति रवी लामिछानेसँग भेटघाट गर्ने क्रममा सामाजिक अभियन्ता डा. निकोलस भुषालले प्रहरी कार्यालयको सीसीटीभी मोनिटरबाट लामिछानेको सुतिरहेको तस्विर खिची आफ्नो फेसबुकमा पोष्ट गरेका थिए। यो विषयले ठूलो विवाद उत्पन्न गरेको थियो।

प्रहरी प्रतिवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय, कास्कीले यस विषयमा अनुसन्धान सकेर मुद्दा जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरेको थियो। सरकारी वकिल कार्यालयले उक्त घटनालाई विद्युतिय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर मान्दै २०८१ माघ ३ गते कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।

आज, कास्की जिल्ला अदालतमा बयान पश्चात् न्यायाधीश शंकर बहादुर राईको इजलासले डा. भुषाललाई ५०,००० रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

उक्त जानकारी अधिवक्ता बिमल लामिछानेले दिनुभएको हो।

प्रतिकृया दिनुहोस