पोखरा



नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा मानवहादुर एमबी आस्था मगर विजयी भएका छन्। बिहीबार पोखरामा मञ्चको सम्पन्न छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले आस्था मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

अध्यक्ष पदमा सहमति जुट्न नसकेपछि शुरु भएको मतदान प्रकृया बाट अध्यक्ष पदका सुरज श्रेष्ठलाई ९ मतले पछि पार्दै आस्था अध्यक्षमा निर्वाचित भएका छन् । उनले ३६ मत प्राप्त गरि विजयि भएका छन् भने, उनका प्रतिस्पर्धि श्रेष्ठले २७ मत प्राप्त गरेका हुन् ।

मञ्चको उपाध्यक्ष (समावेशी) तर्फ उमा आलेमगरले ३६ मत प्राप्त गरि विजयि भएकी छन्,भने उनकै प्रतिस्पर्धी राधिका कँडेलले २७ मत प्राप्त गरेकि छन् ।
महासचिव पदमा ३८ मत प्राप्त गरि पर्शुराम शर्मा विजय भएका छन् भने, उनकै प्रतिस्पर्धी लक्ष्मी जिसीले २५ मत प्राप्त गरेकि थिइन्।

सचिव पदका लागि राजु गिरीले खसेको मतमा सबैभन्दा बढि ४१ मत प्राप्त गरि विजयी भएका छन् । उनकै प्रतिस्पर्धी कविता घर्तीमगरले २३ मत प्राप्त गरेकि छन्।
उपाध्यक्ष पदमा राजाराम पौडेल र कोषाध्यक्ष पदमा विमल तिवारी निर्विरोध चयन भएका छन्। ।

उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यहरुमा सर्वसम्मति भए पनि अध्यक्ष, उपाध्यक्ष (समावेशी), महासचिव र सचिवमा सहमति जुट्न नसकेपछि निर्वाचन भएको थियो।

सदस्यहरुमा गीता राना, कृष्ण दवाडी, चेतबहादुर (प्रवीण) थापा, बसबहादुर (वसन्त) शेर्पा, रिखिराम जिसी, विजय नेपाली र बालकुमारी पौडेल ‘तारा’ चयन भएका छन् ।





















