Friday, March 28News That Matters

अमरसिह चोक माध्यमिक बिध्यालयको स्वामित्वमा रहेका सटर पसल हटाउन ३५ दिने सुचना जारि

यो समाचार शेयर गर्नुहोस्

पोरा

शनिबार /पोखराको व्यस्त अमरसिंह चोकमा रहेका सटर पसल हटाउन ३५ दिने सुचना जारि भएको छ।
पृथ्वी राजमार्ग छेउमा बर्षौ देखि सञ्चालित व्यापारिक सटर पसल ३४ दिने सुचना दिएर हटाइने भएको छ ।

अमरसिंह माध्यमिक बिध्यालयको स्वामित्वमा रहेको उक्त जग्गामा रहेका दर्जनौ सटर पसल शुक्रबार विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार हटाउनका लागि ३५ दिने सूचना जारी गरिएको छ ।

गत माघ ३ गतेका दिनमा बसेको समितिको बैठकले राजमार्ग छेउ अमरसिंह पृथ्वी राजमार्गमा ज‍ोडिएर रहेका सटर हटाउने निर्णय गरेको थियो ।
भएका सटर अव्यवस्थित पुराना जिर्ण भैसकेको अवस्थाले गर्दा र भाडा अत्यन्तै न्यून भएको जनाउदै पृथ्वी राजमार्ग सडक पनि स्तरोन्नतिकै क्रममा रहेकाले सोही समयमा भएका सटर पसल हटाएर नयाँ व्यवस्थित व्यापारिक सँरचना बनाउने योजनाका लागि विद्यालयले सो निर्णय गरेको वताइएको छ।

अमरसिंह चोकका करिब ५० वटा सटर २०४० सालपछि विभिन्न व्यक्तिले भाडामा प्रयोग गर्दै आएका छन् । हाल पृथ्वी राजमार्ग स्तरोन्नतिको काम जारी छ । निकै कम भाडा उठ्ने गरेकाले यही मेसोमा अमरसिंह चोकमा रहेका ती सटर हटाउने योजना विद्यालयले बनाएको हो ।

प्रतिकृया दिनुहोस