

मानव इतिहासको ऐतिहासिक कालदेखि नै अस्तित्व रक्षाको लागि संघर्ष गर्दै आवश्यकताहरू पुरा गर्दै अघि बढेको हामी इतिहासको अध्ययनबाट थाहा पाउन सक्छौ। सहकार्य र सहकारिताको भावना त्यो कालखण्डदेखि नै सुरु भएको हाम्रा पूर्विय दर्शनमा यत्रतत्र उल्लेख गरिएको पाइन्छ । सहकारीको साधारण अर्थले सहकार्य, सहअस्तित्व, समान कार्य वा सँगसँगै काम गर्ने भन्ने बुझिन्छ । यसरी सँगसँगै मिलेर काम गरी आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक हैसियत माथि उठाउन न गरिएको सामुहिक प्रयासलाई सहकारी भनिन्छ । आर्थिक भनेको धनसम्पत्ति सम्बन्धी, वित्तीय वा अर्थसँग सम्बन्ध राख्ने भन्ने बुझिन्छ । समृद्धि = भनेको उन्नति, अभ्युदय, बढिबढाउ वा सम्पन्नता हो। सम्पन्नता हुन समाजका हरेक नागरिकको जीवन निर्वाह, व्यक्तित्व विकास, शिक्षा, स्वास्थ्य र सुरक्षाका आधारभूत आवश्यकता पूरा भएको हुनु हो। वर्तमान नेपाली समाज समृद्ध हुनका लागि नेपाली जनताको जीवनका समग्र पक्षमा विकास भएको हुनुपर्दछ ।
अहिलेको हाम्रो संविधानले नागरिकका मौलिक हकका रूपमा ३२ प्रकारका अधिकारहरूको प्रत्याभूति प्रदान गरेको छ। ती अधिकारमा स्वतन्त्रता, समानता, शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य, आवास, सञ्चार, न्याय, सामाजिक सुरक्षा, सम्पत्ति, सूचना लगायतका अधिकार छन्। नागरिक सुखी हुन उनीहरूलाई संविधान प्रदत्त सबै अधिकारहरूको व्यावहारिक रूपमै उपभोग गरिएको छ भन्ने अनुभूत भई सन्तुष्टि प्राप्त भएको हुनुपर्दछ। त्यस्तो स्थिति सिर्जना हुनु समृद्धिको पहिलो आधार हो। संविधानले राजनीतिक, आर्थिक क्षेत्रमा जे गर्ने भनेको छ, त्यो हुनुपर्यो। सामाजिक, साँस्कृतिक क्षेत्रमा जे गर्ने भनेको छ, त्यो हुनुपर्यो। ती कार्यहरू नै समृद्धिका आधार हुनेछन् ।
सामाजिक, आर्थिक, सांस्कृतिक विकास तथा परिवर्तनको मूख्य आधार र अचुक अस्त्र सहकारी हो भन्ने कुरामा सायदै विमती होला। सहकारीमा धेरै चुनौतीका बाबजुद पनि सहकारीबाट नै जिविका सञ्चालनमा सहजता हुन्छ ।



सहकारी भनेर आँखामा सपना सजायर राख्ने समुह पनि ठुलो छ र यो यथार्थ हो। समस्या हामिले सृजना गरेका छौ र समाधान पनि हामी नै गर्न सक्छौं भनेर दृढ अठोटका साथ नेतृत्वकर्ताहरू लाग्ने हो भने सदस्यले देखेको सपना पुरा गर्न सकिन्छ। हामीले समस्याहरूको निराकरण तर्फ अग्रसर हुन आवश्यक छ। सहकारीको अबको बाटो स्पष्ट हुनु पर्छ। नीति विधि सम्मत सहकारी सञ्चालन गर्दै उत्पादन मूलक तथा सामुहिक व्यवसायिकता तर्फ उन्मुख हुन पर्छ, व्यवसायिकता तर्फ जानको लागि बाधा पुऱ्याउने कानुनहरू संशोधन गर्नु पर्छ। उद्देश्य मुताविक संस्थाहरू सञ्चालन भए नभएको हेर्ने काम नियमक निकायले गर्नु पर्छ। सहकारी स्व-नियमनकारी, स्व-अनुशासित संस्था हो भनेर सम्बन्धित निकाय उम्कन पाउदैन राज्यले जारी गरेका ऐन, नियमावली निर्देशनको पालना कति भएको र त्यसको पनि मूल्याङ्कन गरिनु पर्दछ। वर्तमान अवस्थामा ऐन र निमावलीमा भएको न्यूनतम व्यवस्था, विभागले जारी गरेको निर्देशनहरू कार्यन्वयनमा पनि नियमनकारी निकाय चुकेको पाउँछौं। त्यस्तै अभियानकर्तामा देखिएको राजनैतिक सपना पनि ठुलै चुनौति रहेको छ। सहकारीलाई राजनैतिक भऱ्याङ बनाउने अहोरात्र राजनितिक सत्ता शक्तिको राग अलाप्ने अनि आफु सहकारीकर्मी भनी सदस्यहरूको आँखामा छारो हाल्ने काम पनि भएका छन्। यसको अन्त्यको लागि कानुनी व्यवस्था गर्न आवश्यक छ। त्यस्तै युवा पुस्तालाई सहकारी प्रति आकर्षित गर्ने काम गर्नु पर्छ, युवा पुस्ताको सोचमा परिवर्तन ल्याउनु पर्छ। खाडीको ५० डिग्री तापक्रममा काम गर्नु भन्दा आफ्नै मुलुकमा काम गर्नु पर्छ भन्ने भावना जागृत गराउनु पर्छ त्यसको लागि कार्यलाई इज्जत गर्ने संस्कारको विकास गराउनु पर्छ। कामलाई हेप्ने र पैसालाई चेप्ने प्रवृत्तिको अन्त्य गर्न सहकारी संस्था अभियानकर्ता नियमक निकाय, राज्य सबैले सुक्ष्म योजना बनाएर अधि बढ्नु पर्छ। त्यस्तै सहकारीको संस्थागत विकासमा सञ्चालकहरूको महत्वपूर्ण भूमिका रहेको हुन्छ। अहिले जति पनि समस्याग्रस्त सहकारीको चर्चा हुन्छ ति मध्ये धेरै सहकारीमा सञ्चालकहरूको संलग्नता देखिएको छ। यसको मूल कारणमा सञ्चालकहरूमा बढ्दै गएको छाडापन व्यक्तिगत व्यवसायमा सहकारीलाई रुपान्तरण गर्न, राजनैतिक छाता प्रदान गर्नु, दम्भी तथा मनोगत प्रभावले यो परिणाम ल्याएको हो। सञ्चालकहरूलाई जवाफदेही र संस्था सदस्य प्रति उत्तरदायी बनाउनको लागि कानुनी र नैतिक दबाव दिन आवश्यक छ। आजको दिनमा सहकारी मार्फत व्यवसाय गर्दा सदस्यलाई के कसरी फाईदा पुग्छ, बैंक र सहकारी बिचको फरक हाम्रो ऐनमा व्यवस्था गरिएको संरक्षीत पूँजी फिर्ता कोषको व्यवस्था तथा यसको प्रयोग, बचतको व्याज, शेयरको लाभांश, नाफा सिमित सेवामा बढोत्तरी स्वनियमन स्व-नियन्त्रण प्रजातान्त्रिक पद्धति जस्ता सुन्दस पक्षहरूलाई सदस्यको मनमष्तिष्कमा पुऱ्याउने ।
सहकारी सदस्यहरूमा जागरण ल्याउन सकियो भने निश्चय नै सञ्चालकहरू पनि ट्रयाकमा आउन सक्छन् र तमाम हामीबाट सृजित समस्याहरू हामीबाट नै अन्त्य गर्न सक्छौ।
सहकारी संस्थाहरूले समाजमा रोजगारी सृजना, कृषि विकास, उपभोग्य बस्तुको आपूर्ति, वित्तीय सेवा विस्तार साथै नेतृत्व विकास, समाजको प्रजातान्त्रिकरण, महिला तथा समुदायमा पछाडि परेका मानिसहरूलाई सशक्तिकरणमा महत्वपूर्ण योगदान दिएका छन्। सहकारी मार्फत समाजमा धेरै परिवर्तनहरू भएको देख्न, पढ्न र सुन्न पाइन्छ। गरिवी निवारण र पछौटेपन दुर गर्न एउटा सशक्त माध्यमका रुपमा सहकारीलाई लिइएको छ। शान्ति, सम्वृद्धि र सर्वाङ्गीण विकासका लागि सहकारीले देशभित्रका स्रोत, साधन र पूँजी परिचालन गरी रोजगारी सृजना गर्ने कार्य गरेको छ। समुदायका मानिसहरूको सीप, दक्षता र आत्मविश्वासको विकासको सहयोगी बनेको छ सहकारी। त्यसैगरी लैङ्गिक असमानता कम गर्न, सामाजिक द्वन्द्व र विभेद कम गर्न, आर्थिक उन्नतीको आधार तयार पार्न, बिचौलियाको अन्त्य गर्न र सामाजिक मूल्य मान्यतामा परिवर्तन गर्न सहकारीको महत्वपूर्ण भूमिका रहेको छ।
सहकारीमा केही प्रमुख समस्याहरू पनि छन् । जस्तै सहकारीप्रतिको कमजोर बुझाई, सहकारी शिक्षाको कमीको कारणले गर्दा यसको सही माने र मर्म आम जनसमुदायले बुझ्न नसक्नु, समयमा नीति निर्माताहरूको ध्यान नपुग्नु, दक्ष जनशक्तिको कमी, ऐन कानुनमा समय सापेक्ष
परिमार्जनको कमी, संस्थागत सुशासनको कमी, नियामक निकाय प्रभावकारी हुन नसक्नु, गुणात्मक विकासको अभाव हुनु, पारदर्शिताको कमी आदि।
हाम्रो देशमा सहकारी अर्थतन्त्रको तेस्रो खम्बा मान्नु नै सहकारीको सुन्दर भविष्य सुनिश्चित हुनु हो। सहकारीद्वारा आम जनताको समुन्नती गराउने कुरामा ढुक्क हुन सकिन्छ। सहकारीको सफलता भनेको सिङ्गो राज्यको सफलता पनि हो। सहकारी संस्था बलियो बनेमा यसको सकारात्मक प्रभाव समग्र समाज तथा देशमा पर्ने पक्का छ। देशको समग्र विकास गर्न सरकारबाट मात्र सम्भव छैन। यसका लागि सहकारी क्षेत्रलाई बलियो साझेदार बनाउन सकिन्छ। आम जनताको समुन्नत भविष्य सम्वृद्धि विना असम्भव छ। त्यसैले व्यवसायिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक विकास नै सम्बृद्धिको आधार हो। सहकारी क्षेत्रलाई सवल र सक्षम बनाउन सकिएमा नै आत्मनिर्भर तथा दिगो अर्थतन्त्र निर्माण गर्न सकिन्छ र देशले चाहेको सम्वृद्धि हासिल गर्न सकिन्छ। विद्यालय र विश्वविद्यालयहरूमा सहकारी सम्बन्धी पाठ्य पुस्तकहरूको निर्माण गरी औपचारिक रुपमा सहकारीको विषयहरू अध्ययन अध्यापन गराउनु पर्ने हुन्छ। जसको कारणले गर्दा युवा तथा विद्यार्थहरूलाई व्यवहारिक ज्ञान हुन्छ र उनीहरू सहकारीप्रति आकर्षित हुन्छन्। जसले गर्दा देश छोड्ने क्रम कम भएर जान्छ। परिवर्तनका संवाहक युवाहरू बाध्यता र विवसताले गर्दा दिनहुँ सयौंको संख्यामा विदेशिरहेका छन् । उनीहरूको श्रम र सीपलाई यही नेपाली माटोमा उपयोग
सदस्यहरूमा जागरण ल्याउन सकियो भने निश्चय नै सञ्चालकहरू पनि ट्रयाकमा आउन सक्छन् र तमाम हामीबाट सृजित समस्याहरू हामीबाट नै अन्त्य गर्न सक्छौ।
सहकारी संस्थाहरूले समाजमा रोजगारी सृजना, कृषि विकास, उपभोग्य बस्तुको आपूर्ति, वित्तीय सेवा विस्तार साथै नेतृत्व विकास, समाजको प्रजातान्त्रिकरण, महिला तथा समुदायमा पछाडि परेका मानिसहरूलाई सशक्तिकरणमा महत्वपूर्ण योगदान दिएका छन्। सहकारी मार्फत समाजमा धेरै परिवर्तनहरू भएको देख्न, पढ्न र सुन्न पाइन्छ। गरिवी निवारण र पछौटेपन दुर गर्न एउटा सशक्त माध्यमका रुपमा सहकारीलाई लिइएको छ। शान्ति, सम्वृद्धि र सर्वाङ्गीण विकासका लागि सहकारीले देशभित्रका स्रोत, साधन र पूँजी परिचालन गरी रोजगारी सृजना गर्ने कार्य गरेको छ। समुदायका मानिसहरूको सीप, दक्षता र आत्मविश्वासको विकासको सहयोगी बनेको छ सहकारी। त्यसैगरी लैङ्गिक असमानता कम गर्न, सामाजिक द्वन्द्व र विभेद कम गर्न, आर्थिक उन्नतीको आधार तयार पार्न, बिचौलियाको अन्त्य गर्न र सामाजिक मूल्य मान्यतामा परिवर्तन गर्न सहकारीको महत्वपूर्ण भूमिका रहेको छ।
सहकारीमा केही प्रमुख समस्याहरू पनि छन् । जस्तै सहकारीप्रतिको कमजोर बुझाई, सहकारी शिक्षाको कमीको कारणले गर्दा यसको सही माने र मर्म आम जनसमुदायले बुझ्न नसक्नु, समयमा नीति निर्माताहरूको ध्यान नपुग्नु, दक्ष जनशक्तिको कमी, ऐन कानुनमा समय सापेक्ष
परिमार्जनको कमी, संस्थागत सुशासनको कमी, नियामक निकाय प्रभावकारी हुन नसक्नु, गुणात्मक विकासको अभाव हुनु, पारदर्शिताको कमी आदि।
हाम्रो देशमा सहकारी अर्थतन्त्रको तेस्रो खम्बा मान्नु नै सहकारीको सुन्दर भविष्य सुनिश्चित हुनु हो। सहकारीद्वारा आम जनताको समुन्नती गराउने कुरामा ढुक्क हुन सकिन्छ। सहकारीको सफलता भनेको सिङ्गो राज्यको सफलता पनि हो। सहकारी संस्था बलियो बनेमा यसको सकारात्मक प्रभाव समग्र समाज तथा देशमा पर्ने पक्का छ। देशको समग्र विकास गर्न सरकारबाट मात्र सम्भव छैन। यसका लागि सहकारी क्षेत्रलाई बलियो साझेदार बनाउन सकिन्छ। आम जनताको समुन्नत भविष्य सम्वृद्धि विना असम्भव छ। त्यसैले व्यवसायिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक विकास नै सम्बृद्धिको आधार हो। सहकारी क्षेत्रलाई सवल र सक्षम बनाउन सकिएमा नै आत्मनिर्भर तथा दिगो अर्थतन्त्र निर्माण गर्न सकिन्छ र देशले चाहेको सम्वृद्धि हासिल गर्न सकिन्छ। विद्यालय र विश्वविद्यालयहरूमा सहकारी सम्बन्धी पाठ्य पुस्तकहरूको निर्माण गरी औपचारिक रुपमा सहकारीको विषयहरू अध्ययन अध्यापन गराउनु पर्ने हुन्छ। जसको कारणले गर्दा युवा तथा विद्यार्थहरूलाई व्यवहारिक ज्ञान हुन्छ र उनीहरू सहकारीप्रति आकर्षित हुन्छन्। जसले गर्दा देश छोड्ने क्रम कम भएर जान्छ। परिवर्तनका संवाहक युवाहरू बाध्यता र विवसताले गर्दा दिनहुँ सयौंको संख्यामा विदेशिरहेका छन् । उनीहरूको श्रम र सीपलाई यही नेपाली माटोमा उपयोग सहकारीको भूमिका महत्वपूर्ण हुनेछ । वर्तमान समयमा समग्र विश्व आर्थिक मन्दीको अवस्थाबाट गुज्रिरहेको छ। यस्तो विषम परिस्थितिबाट छुटकारा पाउनका लागि उपयुक्त नीति र कार्यान्वयन गर्ने उचित कार्यक्रमको आवश्यकता पर्दछ। आर्थिक मन्दीको जालो संसारका सम्पूर्ण क्षेत्रमा फैलिरहँदा नेपालको अर्थतन्त्रको तीन खम्बा मध्येको एउटा खम्बा सहकारी क्षेत्रमा पनि असर परिराखेको छ। सहकारीको समस्या समाधानका उपायहरू १. एकैजना सदस्यबाट धेरै पुँजी संकलन गर्नुभन्दा धेरैजना सदस्यहरूबाट थोरैथोरै पुँजी सङ्कलन गर्नु उपयुक्त हुन्छ । २. अलपकालिन बचत सङ्कलनलाई मात्र जोड नदिई दीर्घकालिन बचतलाई वृद्धि गराउन तिर ध्यान दिने। ३. अनिवार्य रुपमा प्रत्येक महिनाको वित्तीय विश्लेषण गरी त्रुटि देखिएको पाटोमा सुधार गर्दै लैजाने। ४. सहकारीको माध्यमबाट सहकारीलाई समुदायमा आधारित क्रियाकलापहरू गर्ने एवं समाज रुपान्तरणमा देखिएका सकारात्मक अभ्यासहरूको प्रचारप्रसार अधिक रुपमा गर्ने। ५. सहकारी ऐनमा व्यवस्था भए बमोजिम कर्जा सूचना केन्द्र र कर्जा असूली न्यायाधिकरणको व्यवस्था गर्ने। ६. ऋण लगानी गर्दा सहकारी ऐन र नियमावलीमा व्यवस्था भए बमोजिम संघ/संस्थाको विनियमसँग मेल खाने गरी प्रचलित प्रक्रिया पुरा गराएर मात्र गर्ने। ७. लगानी भएको ऋणको उपयोगीता परीक्षण अनिवार्य रुपमा गर्ने। ८. नियामक निकायले सहकारीमा सुशासन कायम गराउनका लागि अनुगमन र निरीक्षण निरन्तर रुपमा गर्ने। ९. सहकारी एकीकरण अभियानलाई बढावा दिई वर्तमानको सहकारी संख्यालाई घटाउने । १०. सहकारीको ब्याजदर निर्धारण बजारको माग र आपूर्ती बमोजिम संघ/संस्था स्वयमले निर्धारण गर्ने गरि व्यवस्था मिलाउने । ११. सहकारीका सदस्यहरूमा नयाँ जागरण ल्याउनका लागि सहकारी शिक्षा तथा अभिमुखीकरण कार्यक्रम निरन्तर रुपमा गर्दै जाने। सहकारीलाई वर्तमान समस्याबाट छुटकारा गराउनका लागि सहकारीका सञ्चालकहरू र सदस्यहरू नै बढी क्रियाशील हुनुपर्दछ । विगतका गलत नीति र निर्णयको कारणले गर्दा देखिएका समस्याको समाधानका लागि तिनै निर्णयकर्तालाई जिम्मेवार ठान्दै कानुन बमोजिमको उपचार गरिनुपर्दछ। सहकारीलाई निजी व्यवसाय जसरी सीमित व्यक्तिको कब्जामा राखी गरिएका मनोमानी क्रियाकलापहरू अब सह्य हुने छैन। सदस्यहरूको रकम अपचलन गरी गरिएका जग्गा प्लटिङ, स्थापना गरिएका दर्जनौ नीजी कम्पनी अक्षरांस अब सदस्यहरूको साझा सम्पत्ति हुनेछ। केही सहकारीका सञ्चालकहरूको सिन्डिकेट अब सदस्यहरूले तोडेर सहकार्यको जालो फैलाउनुपर्नेछ ।
सरकारको तर्फबाट नेपालको संविधानमा नै व्यवस्था भएको सार्वजनिक, निजी र सहकारी तीन खम्बे अर्थतन्त्र मध्येको एक सहकारी क्षेत्रलाई मजबुत र चलायमान गराउनका लागि अन्य क्षेत्रलाई जस्तै गरि उचित कदम चाल्नु अती आवश्यक र जरुरी भैसकेको छ। नियामक निकायले संस्था दर्ता गरेर मात्र दायित्व पूरा नहुने भएकाले सहकारीको प्रवर्धन र विकासमा समेत ध्यान दिनु जरुरी छ। अबको समय सहकारी क्षेत्रको उत्थानको लागि कार्य गर्नुपर्ने भएकोले नियामक र सहकारी नेतृत्वले साझा कार्यक्रम तर्जुमा गरि आम सदस्यहरूको मन जित्ने खालको गतिविधि सञ्चालन गर्नु आवश्यक छ। सदस्यहरूलाई सहकारी क्षेत्र सुरक्षित रहेको र पुरानै लयमा पुग्ने सन्देश प्रवाह गर्नुपर्ने अवस्था छ।
सहकारीलाई समुदाय केन्द्रित सदस्यहरूको दैनिक जनजिवनमा जनाएर ल्याउनका लागि सहकारीको भूमिका केन्द्रीत गराउनुपर्दछ। नियामक निकायले निरन्तर रुपमा सहकारीको नियमन गर्दै सुधारको लागि मार्ग प्रदान गर्नु आवश्यक छ। सहकारी अभियान र सरकारको सहकार्यमा सहकारी केन्द्रीत सकारात्मक सन्देश प्रवाह गर्नु वर्तमान सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि उचित कदम हुन सक्दछ । अतः सहकारी नै समृद्धिको आधार हो। किनभने यतिबेलाको नेपाली समाजको परिप्रेक्ष्यमा आमनेपाली जनताका लागि गाँस, बास, कपासको व्यवस्था, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको प्राप्ति तथा रोजगारी, यातायात र वस्तु तथा सेवाको उपलब्धता नै सुखी जीवनका आधार हुन् र सुखी जीवनका आधार नै समृद्धिका आधार हुन् ।
लेखक:- मोहन प्रसाद अधिकारी अध्यक्ष कोअपरेटिभ म्यानेर्जस क्लब, कास्की पोखरा ।





















