Saturday, February 15News That Matters

सँघको स्थापना दिवसको अवसरमा सरसफाइ कार्यक्रम साथै जन्मदिनको शुभकामना

यो समाचार शेयर गर्नुहोस्

पोखरा

बिहीबार १७ /पोखरा इलेक्ट्रोनिक्स तथा मोवाइल व्यवसायी सँघ कास्कीले सँघको स्थापना दिवसको अवसरमा १६ गते बुधबार २५ औं स्थापना दिवस मनाएको छ । पोखरा–१३ स्थित भद्रकाली मन्दिर परिसर सरसफाई गरेर सँघले स्थापना दिवस मनाएको छ ।

सँघका पदाधिकारी तथा कार्य समिति सदस्यहरु साथै सँघमा आबद्ध इलेक्ट्रोनिक्स मोवाइल व्यवसायीहरुको सहभागितामा सरसफाइ कार्यक्रम गरिएको सँघका अध्यक्ष चिन्तामणी पोखरेलले वताए।
सँस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना दिवसको अवसरमा सरसफाई कार्यक्रम गरिएको अध्यक्ष खरेलले बताए ।

सँघकै स्थपना दिवसकै दिन सँघका कास्की अध्यक्ष चिन्तामणी पोखरेलको समेत सँय‍ोगवस बुधबार शुभ जन्मदिन परेको सोही अवसरमा अध्यक्ष खरेललाई उपस्थित सँघका पदाधिकारी सदस्य लगायत उपस्थित व्यवशायिले समेत जन्मदिनको शुभकामना दिएका थिए।

प्रतिकृया दिनुहोस