Friday, March 28News That Matters

प्रेस सेन्टर कास्कीले स्थापना दिवस प्रभातफेरी र स्वास्थ्य परीक्षणद्वारा मनायो

यो समाचार शेयर गर्नुहोस्

पोखरा

प्रेस सेन्टर नेपाल कास्की शाखाले पोखरामा प्रभातफेरी (र्‍याली) र निःशुल्क स्वास्थ्य परीक्षण गरी आफ्नो स्थापना दिवस भव्य रूपमा मनाएको छ। कार्यक्रम पोखराको मानव अधिकार चोकबाट सुरु भई सभागृहमा समापन भएको थियो।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले समारोहलाई सम्बोधन गर्दै प्रेस सेन्टरको २१ वर्षे ईतिहासलाई स्मरण गरे। उनले प्रेस सेन्टरलाई समाजवादी यात्रामा थप सशक्त बनाउँदै जनताको पक्षमा कलम चलाउन आग्रह गरे। साथै, उनले स्वास्थ्य परीक्षण कार्यक्रमको उद्घाटन गर्दै आवाजविहीनहरूको आवाज बुलन्द पार्न सञ्चारकर्मीलाई प्रेरित गरे।

प्रेस सेन्टरका केन्द्रिय सचिव माधव पनेरू, माओवादी केन्द्र कास्की संयोजक विश्वप्रकाश लामिछाने, गण्डकी उपाध्यक्ष घनश्याम पाण्डे, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव बराल, प्रेस सेन्टर कास्कीका अध्यक्ष दीननाथ बराल लगायतले पत्रकारहरूको हकहित सुनिश्चित गर्न सबै सञ्चार संघ-संगठनले एकजुट हुनुपर्नेमा जोड दिए।

स्वास्थ्य परिक्षण

प्रभातफेरीपश्चात प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ कास्कीको आयोजनामा सुगर, प्रेसर र अन्य सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो। महासंघ कास्कीका अध्यक्ष विष्णुराज घिमिरेको नेतृत्वमा ५३ जनाको परीक्षण सम्पन्न भएको प्रेस सेन्टर कास्कीका सचिव सरोज अधिकारीले जानकारी दिए।

कार्यक्रममा प्रेस युनियन गण्डकी अध्यक्ष टंकराज अधिकारी, महासचिव प्रकाश ढकाल, समाजवादी प्रेस संगठनका नेता गोविन्द सुवेदी, फोनिज कास्कीका अध्यक्ष बिनु थापा, अग्रज पत्रकारहरू, र विभिन्न संघ-संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

स्वास्थ्य परिक्षण

प्रेस सेन्टर पोखरा महानगरपालिकाको प्रतिनिधित्व गर्दै हुम गुरुङ तथा प्रकाश अधिकारीले पनि कार्यक्रममा सहभागिता जनाउँदै सञ्चारकर्मीहरूलाई शुभकामना दिएका थिए। प्रेस सेन्टर कास्कीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै हुम गुरुङले आभार व्यक्त गरे।

Dadagharekhabar.com
प्रतिकृया दिनुहोस