बिहिवार / प्रेस चौतारी नेपालको २७ अौ स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल कास्कीले सँचालन गर्दै आएको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ यस वर्ष पोखरा लाई सँञ्चारकर्मथलो बनाउदै पत्रकारिता गरिरहेका ईन्द्रप्रसाद पौडेललाई प्रदान गर्ने भएको छ भने प्रेस चौतारी पत्रकारिता सम्मान २०८१’ काठमाडौँलाई सँञ्चारकर्मथलो बनाउदै पत्रकारिता गर्दै आइरहेका पत्रकार गणेशमान गुरूङलाई अर्पण गरिने भएको छ ।




२२ हजार २ सय २२ राशि रहेको पुरस्कार २७ अौ स्थापना दिवसको अवसरमा कास्की शाखाले पौडेललाई सम्मान सहित अर्पण गर्न लागेको हो।
प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष तथा सल्लाहकार शान्ति गुरूङ संयोजक, पूर्व पुरस्कृत व्यक्तित्व केशव पाठक र अग्रज केशवशरण लामिछाने सदस्य तथा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी र सचिव रञ्जन अधिकारी पदेन सदस्य रहेको प्रतिभा छनौट समितिले पौडेललाई पुरस्कृत र गुरूङलाई सम्मान गर्ने निर्णय गरेको सचिब अधिकारीले वताएका छन्।भने प्रेस चौतारी पत्रकारिता सम्मान २०८१’ काठमाडौँमा कार्यरत पत्रकार गणेशमान गुरूङलाई अर्पण गरिने भएको छ । प्रेस चौतारीको २७ औं स्थापना दिवसको अवसरमा कास्की शाखाले पुरस्कार एवं सम्मान अर्पण गर्न लागेको हो ।

प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष तथा सल्लाहकार शान्ति गुरूङ संयोजक, पूर्व पुरस्कृत व्यक्तित्व केशव पाठक र अग्रज केशवशरण लामिछाने सदस्य तथा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी र सचिव रञ्जन अधिकारी पदेन सदस्य रहेको प्रतिभा छनौट समितिले पौडेललाई पुरस्कृत र गुरूङलाई सम्मान गर्ने निर्णय गरेको सचिब अधिकारीले डाडाघरे खबरलाई बताउनुभयो ।
स्याङ्जा सिरूबारी जन्मिएका गुरूङले २०५५ सालमा पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरू गरेका थिए । गुरूङ पोखराका विभिन्न संचार माध्यम हुँदै २६ बर्षदेखि पतरकारिता गर्दै आइरहेका छन् भने
हाल उनि काठमाडौँको सगरमाथा टेलिभिजनमा आबद्ध रहेका छन।
नेपाल पत्रकार महासँघ गण्डकीका पुर्व सचिव,प्रेस चौतारी गण्डकी प्रदेश अध्यक्ष समेत रहेका पत्रकार इन्द्रप्रसाद पौडेल २१ वर्षदेखि पत्रकारिता यात्रामा छन । २०६० सालमा समाधान र पोखरा हटलाइन दैनिकमा संवाददाता र फोटो पत्रकारिता गरेका पौडेल २०६२ सालदेखि कान्तिपुर टेलिभिजनमा आबद्ध रहेका छन् ।
यसभन्दा अगाडि प्रेस चौतारी कास्की शाखाबाट राजु भण्डारी, सावित्री खनाल, हुम गुरूङ र मीना गुरूङ समेत सँस्थागत योगदान गरे बापत सम्मानित भइसकेका छन्। गरिसकेको छ ।
प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट पत्रकारहरु संस्थापक अध्यक्ष पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल र शान्ति गुरुङ पुरस्कृत भइसकेका छन् भने , रामकृष्ण ज्ञवाली, श्याम कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक, सुष्मा पौडेल माधव वराल समेत पुरस्कृत तथा सन्मानित भइसकेका छन्।
सचिवअधिकारिका अनुसार सम्मान तथा पुरस्कार अर्पण समारोहलाई व्यवस्थित र मर्यादित बनाउन विभिन्न उपसमितिसमेत गठन भैसकेको र सोहि दिन स्थानीय तह सँग समन्वय गरि अन्तरक्रिया गरिनुका साथै प्रेस चौतारी कास्कीको नवौं अधिवेशनबाट नयाँ नेतृत्व पनि चयन गर्ने कार्यक्रम रहेको छ।





















