पोखरा / बिहीबार पोखरा ६ बैदाम सामुदायिक सेवाकेन्द्र सामुदायिक प्रहरी सेबा केन्द्र बैदामको २१औ वार्षिक साधरण सभा तथा १२औं अधिबेशन बुधबार सम्पन्न भएको छ।
अधिवेशनले अध्यक्ष ठाकुर प्रसाद बरालको नेतृत्वमा नया कार्यसमिति चयन भएको छ ।

प्रथम उपाध्यक्षमा सोभियत परियार, द्वितीय उपाध्यक्षमा अनिल थापा, सचिवमा शान्ता सुवेदी, सह-सचिवमा भिषमाया नेपाली, कोषाध्यक्ष निर्मला थापा चयन भएका छन् भने सदस्यहरु ऋषिमायाँ पहारी, गोमा पंगेनी, पदम बहादुर ढकाल, जुना अधिकारी, शिलु पौडेल पराजुली, रविन अधिकारी, विष्णु प्रसाद पहारी सर्वसम्मत चयन भएका छन्।

सेवा केन्द्रका अध्यक्ष नेत्र भण्डारीको अध्यक्षतामा भएको थियो भने ,अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेस सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि देवका पहारिले सामुदायिक सेवा केन्द्रले समुदाय र प्रहरी बिच साझेदारी कार्यक्रम सहित अगाडि बढ्नु पर्नेमा जड दिदै सेवा केन्द्रले आगामी दिनमा थप प्रभावकारि ढङ्गले अगाडि बढ्ने विश्वास रहेको वताइन्।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख तथा प्रहरी उपरिक्षक श्यामबाबु ओलियाले अपराध अनुसन्धान गर्नका लागि तथा समाजमा सामाजिक शान्ति सुरक्षा कायम गर्नका लागि सेवा केन्द्रको महत्त्वपूर्ण भुमिका रहने उल्लेख गर्दै सेवा केन्द्रले आगामी दिनमा थप प्रभावकारि ढङ्गले काम गर्नेमा आफू विश्वस्त रहेको वताए।