
आसन्न २४औं आहा! रारा पोखरा गोल्ड कपका लागि सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङ ‘कृष’ले सहारा क्लब पोखराका अध्यक्ष केशवराज बराललाई ट्रफी हस्तान्तरण गरेका छन्।



पोखरामा हुन गइरहेको प्रतियोगिताका लागि आकर्षक ट्रफी तथा मेडलहरू सहारा यूकेले विशेष रूपमा तयार गराएको हो। हरेक खेलको म्यान अफ दि म्याचसहित उत्कृष्ट विभिन्न विधाका खेलाडीहरूलाई यी ट्रफी प्रदान गरिनेछ, साथै विजेता तथा उपविजेताले यूकेमै निर्मित विशेष मेडल प्राप्त गर्नेछन्। ट्रफी तथा मेडलहरू पोखरा ल्याउन र सम्पूर्ण व्यवस्थापन गर्न सहारा यूकेले उल्लेखनीय आर्थिक योगदान गरेको छ।

मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा! रारा पोखरा गोल्ड कपको २४औं संस्करण आगामी माघ २२ देखि फागुन ३ सम्म पोखरामा आयोजना हुनेछ। प्रतियोगितामा ३ अन्तर्राष्ट्रिय टोली, ८ ए-डिभिजन क्लबहरू तथा आयोजक सहारा क्लब पोखरासहित १२ टोली सहभागी हुनेछन्। गत संस्करणको विजेता त्रिभुवन आर्मी फुटबल क्लब र उपविजेता थ्री स्टार क्लब रहेका थिए। यस वर्षको विजेताले रु. १२ लाख १ हजार, उपविजेताले रु. ६ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रा. लि. (रारा तयारी चाउचाउ) रहेको छ भने संरक्षक पोखरा महानगरपालिका रहेको छ। सह-प्रायोजक जयश्री फुड्स प्रा. लि. (भान्छाघर लङ्ग्रेन प्रिमियम बासमती राइस), उप-प्रायोजक पोखरा महानगरपालिका वडा नं.९, उदियमान खेलाडी पुरस्कार प्रायोजक एशियन पेन्ट्स, सह-उप-प्रायोजक चरक मेमोरियल हस्पिटल, नागढुंगा, रुपाकोट ज्योति सुनचाँदी पसल महेन्द्रपुल छन्।

प्रतियोगिताका अन्य प्रमुख प्रायोजकहरूमा अफिसियल बैंक लुम्बिनी विकास बैंक, सर्वोत्कृष्ट खेलाडी पुरस्कार टेल जी ईलेक्ट्रोनिक , अफिसियल एयरलाइन्स बुद्ध एयर, अफिसियल स्पोर्ट्स वियर एक्स-टेप, अफिसियल मिनरल वाटर ग्लेज मिनिरल वाटर , सर्वाधिक गोलकर्ता पुरस्कार सनराइज ड्राईभिङ स्कुल, एजुकेशन पार्टनर हिमा-अस एजुकेशन कन्सल्टेन्सी, ट्रान्सपोर्ट पार्टनर पृथ्वी राजमार्ग बस सञ्चालक समिति, इन्सुरेन्स पार्टनर प्रभु इन्सुरेन्स प्रा. लि., म्याच बल प्रायोजक मेन्ला इन्टरप्राइजेज , प्रवर्द्धक नेपाल टुरिजम बोर्ड गण्डकी, अनलाइन अपडेट अनलाइन खबर डट कम, इन्टरनेट पार्टनर वोर्ल्ड लिंक , अनलाइन टिकटिङ पार्टनर खल्ती डिजिटल वालेट, सञ्चार पार्टनर नेपाल टेलिकम (राष्ट्रको संचार) तथा फेयर प्ले टिम पुरस्कार प्रायोजक सहारा क्लब हङकङ रहेका छन्।

प्रतियोगिताका विशेष सहयोगी संस्थाहरूमा माछापुच्छ्रे बैंक लि., मादी गाउँपालिका, अर्घाखाँची सिमेन्ट लि., निको इन्सुरेन्स प्रा. लि., नेपाल लाइफ इन्सुरेन्स प्रा. लि., सहारा क्लब पोखरा पूर्व खेलाडी मञ्च, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की, प्रदेश फुटबल संघ गण्डकी, कास्की जिल्ला फुटबल संघ, सहारा यूके, सहारा क्लब हङकङ तथा सहारा क्लब अस्ट्रेलिया रहेका छन्।

विशेष पुरस्कारहरूमा उत्कृष्ट पाँच विधाका पुरस्कारहरू, ‘सुर्य बहादुर के.सी. स्मृति राष्ट्रिय सर्वोत्कृष्ट वर्ष खेलाडी पुरस्कार’ (सहारा क्लबका मानार्थ सदस्य खेम बहादुर गुरुङ), म्यान अफ द म्याच ट्रफी, नगद र मेडल (सहारा यूके), भाग्यशाली दर्शक पुरस्कार (रु. ५,००० प्रतिदिन – सहारा एफसी यूकेका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठ), फ्यान अफ द म्याच पुरस्कार (रु. २,५०० प्रतिदिन – सहारा यूके), मुख्य प्रायोजक हिमश्री फुड्सको तर्फबाट रु. १ लाख बराबरको रारा तयारी चाउचाउ निःशुल्क वितरण, तथा एलजीको तर्फबाट गोला प्रक्रियाबाट एकजना भाग्यशाली दर्शकलाई एलजी स्मार्ट टिभी प्रदान गरिनेछ।

प्रतियोगिताको अनुमानित आम्दानी रु. १ करोड ५१ लाख र अनुमानित खर्च रु. १ करोड ४२ लाख २० हजार रहेको छ। बचत हुने रु. ८ लाख ८० हजार सहारा फुटबल एकेडेमीका दातृ बालकहरूको शैक्षिक तथा खेलकुद विकासका लागि खर्च गरिनेछ। प्रतियोगिताको टिकट दर प्रि-क्वार्टर र क्वार्टरफाइनल खेलका लागि रु. १००/- (भिआइपी रु. २००/-), सेमिफाइनल खेलका लागि रु. २००/- (भिआइपी रु. ४००/-) र फाइनल खेलका लागि रु. ३००/- (भिआइपी रु. ५००/-) तोकिएको छ।
प्रतियोगिताका सहभागी १२ टोलीहरूमा त्रिभुवन आर्मी फुटबल क्लब, थ्री स्टार फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, एनआरटी फुटबल क्लब, एपिआई पावर चर्च ब्वाइज युनाइटेड क्लब, संकटा फुटबल क्लब, नेपाल पुलिस क्लब, एपीएफ फुटबल क्लब, ब्रिगेड ब्वाइज क्लब (यूके), थन्डर नर्थ युनाइटेड क्लब, सिक्किम , ब्लैक बुल एफ.सी (उज्बेकिस्तान) तथा आयोजक सहारा क्लब पोखरा रहेका छन्।
प्रतियोगिताबाट बचत भएको रकम सहारा क्लब पोखराद्वारा सञ्चालित ‘सुर्य बहादुर के.सी. स्मृति सहारा फुटबल एकेडेमी’ मा खर्च गरिनेछ, जसले विगत २०६१ सालदेखि निःशुल्क शिक्षा, स्वास्थ्य सेवा, र आवाससहितको फुटबल प्रशिक्षण उपलब्ध गराउँदै आएको छ। हाल एकेडेमीमा १६ जिल्लाका ३० जना बालकहरू आश्रित छन्।

यस प्रतियोगिताको उद्घाटन समारोहमा ‘ब्रिज अफ गुर्खा बेण्ड युके ‘ को विशेष सांगीतिक प्रस्तुति रहनेछ। पोखरालाई अन्तर्राष्ट्रिय खेलकुद पर्यटन हबको रूपमा विकास गर्न तथा नवप्रतिभाशाली फुटबल खेलाडीहरूलाई उत्कृष्ट मञ्च प्रदान गर्न यो प्रतियोगिता महत्वपूर्ण भूमिका खेल्नेछ। प्रतियोगितामा विशेष नियम पनी ध्यान दिनुपर्ने भएको जानकारी प्राप्त भएको छ जस्मा पहेलो कार्डको लागी १००० रुपैया पेनाल्टी सुल्क र दोहोरो पहेलो (रातो कार्ड ) २००० रुपैया तोकिएको छ , सिधै रातो कार्ड खाएमा ३००० रुपैया पेनाल्टी रहेको सहारा क्लब पोखराका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
प्रतियोगितालाई भव्य रूपमा सफल बनाउन सम्पूर्ण खेलप्रेमी, संघ-संस्था तथा शुभेच्छुकहरूको सहयोग र सहभागिताको अपेक्षा गरिएको छ।
यो भिडियो पनी हेर्नुहोश:-





















