Saturday, February 15News That Matters

अर्जुन काफ्ले पुनः प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको अध्यक्ष निर्वाचित

यो समाचार शेयर गर्नुहोस्

पोखरा

प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेशको तेस्रो अधिवेशन सोमबार पोखरामा सम्पन्न भएको छ। अधिवेशनले अर्जुन काफ्लेलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ।

अन्य पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा सन्तोष गौतम, समावेशी उपाध्यक्षमा सन्देश श्रेष्ठ, महिला उपाध्यक्षमा सबिना राना, महासचिवमा गुणराज रोक्का चयन भएका छन्। खुला सचिवमा अर्जुन अविरल र सुरेश अधिकारी, दलित सचिवमा साने बहादुर नेपाली, जनजाति सचिवमा दान बहादुर गुरुङ तथा कोषाध्यक्षमा श्रीभद्र पौडेल निर्वाचित भएका छन्।

त्यस्तै, सदस्यहरूमा सन्तोष परियार, प्रनिश गिरी, सबिता शर्मा, राजकिरण छत्कुली, राजबाबु पिसी, बिमल आचार्य, फडिन्द्र अधिकारी, रवि दाहाल, चिरञ्जीवी पौडेल र पूर्णभद्र निउरे सर्वसम्मत चयन भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का गण्डकी प्रदेश सह-इञ्चार्ज हरिराज अधिकारी रहेका थिए। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिको तयारी भए पनि पार्टी बैठक लम्बिएपछि समय अभावका कारण आउन नसकेको जनाइएको छ।

सो अवसरमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संसदीय दलका नेता हरि बहादुर चुमान, प्रेस स्वतन्त्रता सेनानी कोमलनाथ बराल, माक्र्सवादी अध्ययन केन्द्रका केन्द्रीय अध्यक्ष झलकपाणी तिवारी, माओवादी केन्द्रका केन्द्रीय सदस्यहरू राजकाजी गुरुङ, नेत्रनाथ अधिकारी, किशन शर्मा लगायतको उपस्थिति रहेको थियो।

अधिवेशनको क्रममा ‘त्रिभुवन-अनिल स्मृति पुरस्कार’ म्याग्दीका अध्यक्ष कमल खत्रीलाई प्रदान गरिएको थियो भने ‘गणेश-चाँदनी स्मृति पुरस्कार’ अस्मिता सिंखडालाई प्रदान गरिएको थियो।

प्रतिकृया दिनुहोस