
पोखरा
शनिबार /पोखराका मुख्य चोक सडकमा जताततै फेरि फोहोरको थुप्रो लाग्न थालेको छ। बिहिवार देखि पोखराका मुख्य चोक सडकमा फोहोर थुप्रिन लागेको हो।
पोखरा महानगर पालिका बाट उठ्ने फोहोर व्यवस्थापन गरिने स्थान लामे अहालमा फोहोर फाल्न वडा नम्बर ३२ का स्थानिय वासिन्दा तथा सघर्ष समितिले रोक लगाएपछि पोखरामा फोहोर थुप्रिन लागेको हो।
स्थानिय बासिन्दा तथा सङ्घर्ष समितिले यसभन्दा पहिला महानगर सँग गरिएको सम्झौता म्याद सकिएको भन्दै रोक लगाएपछि पोखराका मुख्य चोक सडकमा फोहोर थुप्रिन लागेको छ।

महानगर पालिकाले म्याद समाप्ति हुदा पनि कुनै चासो नलिएको प्रति स्थानियले रोष प्रकट गरेका छन्।
थुप्रिएको फोहोर लाई शनिवार फोहोर मैला व्यवस्थापन शाखाले न्युरोड सृजनाचोक लगायत महेन्द्र पुल केही ठाउबाट करिब ३ टिपर फोहोर उठाएको फोहोर मैला व्यवस्थापन शाखा प्रमुख बलाराम पाठकले वताए।
यता महानगरले यसभन्दा पहिला ६ महिनाको म्याद थपेको दोस्रो पटक १८ महिना म्याद थपेकोमा यस पटक भने म्याद समाप्ति हुदा पनि महानगर पालिकाले यस तर्फ खासै चासो नराख्नुले विरोध गर्नु पर्ने अवस्था आएको वताइएको छ।
पोखराका मुख्य मुख्य चोक सडकमा फोहोरको थुप्रो लागि रहदा
महानगर पालिकाले भने शुक्रबार मुल समारोह समितिको पहिलो वैठक पोखरा सभागृहमा शुभारम्भ गरि रहेको थियो।

पोखरा भ्रमण बर्ष २०२५ घोषणा समारोह कार्यक्रम आगामी फागुन ३ गते विधिवत् रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरकै विभिन्न निकाय प्रमुख सकारका विभिन्न अङ्ग सुरक्षा निकाय प्रमुख स्थानिय विभिन्न सँघ सँस्था समेतको उपस्थितिमा आयोजना गर्न लागेको आयोजित कार्यक्रम अौपचारिक रुपले घोषणा गर्ने तयारी गरि रहेकै बेला यसरी मुख्य मुख्य चोक सडक मा फोहोर थुप्रिनुले कतै गलत सन्देस जाने त हैन भन्ने सङ्केत देखा पर्न थालेको छ।

वडा नम्बर ३२ वडा अध्यक्ष अक्कल वहादुर कार्किले स्थानिय समाजसेवि वुद्दिजिवि तथा सर्वदलिय सर्व पक्षिय २३ जनाको सहजिकरण समिति बनाएको वताएका छन्।
उक्त समितिले महानगर र सङ्घर्ष समिति बिच छलफल वार्ता द्वारा समस्या समाधानका लागि आइतबार नै महानगर प्रमुख धनराज आचार्य सँग वार्ता गरि सहजिकरण गर्ने तयारीमा रहेको वडा अध्यक्ष कार्किले वताए।
फोहोर मैला व्यवस्थापन शाखा प्रमुख बलाराम पाठकले स्थानिय सँग वडाको आन्तरिक वार्ता छलफल भैरहेको भएता पनि स्थानिय र मेयर आचार्य बिच छिटैनै छलफल भै टुङ्गो लाग्नेमा आफू विश्वस्त रहेको वताएका छन्।
पोखरामा फोहोर व्यवस्थापन समस्या पटकपटक बल्झिनुमा महानगर पालिका प्रमुख मात्रै नभएर सबै वडाका जनप्रतिनिधि समेत दोषि रहेको वताएका छन।
वडा अध्यक्ष कार्किले भने, सहजिकरण समितिको पहलमा छिटैनै महानगर प्रमुख आचार्य सँगको वार्ता छलफल द्वारा समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको वताएका छन्।