
पोखरा



पोखरा महानगरपालिका-१८, सिमपानीस्थित कैलाश धाम शिवमणि मन्दिर र पोखरा-६, बैदामस्थित मुक्तेश्वर शिव मन्दिर मुक्तिधामको सर्वाङ्गिण विकाससँगै, गण्डकी प्रदेशका विपन्न, अभिभावकविहीन बालबालिका तथा असहाय ज्येष्ठ नागरिकहरूको पालन-पोषण, संरक्षण तथा सहयोगार्थ एक ऐतिहासिक धार्मिक महायज्ञ आयोजना गरिँदैछ।

श्री गण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ को नाममा आयोजना गरिने यो कार्यक्रम आगामी २०८२ वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म पोखरा-६, लेकसाइडको बाराहीघाट क्षेत्रमा हुनेछ। आयोजक मानव सेवा फाउण्डेसन नेपाल तथा विभिन्न धार्मिक संस्थाहरूले महायज्ञलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने लक्ष्य लिएको छ।
महायज्ञको मुख्य उद्देश्य पोखरालाई “मुक्तिद्वार”को रूपमा चिनाउनुका साथै गण्डकी प्रदेशका धार्मिक सम्पदाको प्रचार-प्रसार गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्नु हो। आयोजकहरूका अनुसार, धार्मिक पर्यटनले स्थानीय अर्थतन्त्रलाई टेवा दिनुका साथै पोखरालाई आध्यात्मिक पर्यटन गन्तव्यका रूपमा उभ्याउने लक्ष्य राखिएको छ।
महायज्ञमार्फत संकलित सहयोगबाट बिभिन्न छेत्रमा रहेका फाउन्डेसनमा रहेका – पहिरो पीडित, सडक दुर्घटनामा आमाबुवा गुमाएका बालबालिका तथा असहायहरुको पालनपोषणका लागि शिक्षा केन्द्र र आश्रयस्थल सन्चालनमा गरिदै आएको छ । साथै, काठमाडौँमा रहेको “छोरीको घर”नामक सहारा केन्द्रमार्फत ज्येष्ठ नागरिकहरू बेसहारा वृद्धवृद्धाहरूलाई निशुल्क आवास, खानपान तथा अन्य सेवा-सुविधा प्रदान गरिदै आएको विजय कृष्णमूर्तिले जनाएका छन्।

महायज्ञलाई लिएर केही प्रश्नहरू उठिरहेका बेला विजय कृष्णमूर्तिले आफू धर्मका लागि अधर्म गर्न पनि तयार रहेको अभिव्यक्ति दिएका छन्। पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, _”जस्तोसुकै परिस्थिति आए पनि यो यज्ञ रोकिनेवाला छैन। जुन ठाउँ र मितिमा यज्ञ गरिने तय भएको छ, त्यसमा कुनै तलमाथि हुनेछैन। यसका लागि जस्तोसुकै मूल्य चुकाउन हामी तयार छौँ।”_ उनले कार्यक्रम सञ्चालनका क्रममा रुख कटान लगायतका कमजोरी भए सुधार्ने प्रतिवद्धता जनाएका छन्। साथै, कटान गरिएका स्थानमा वृक्षरोपण गरिने उनले स्पष्ट पारे।
महायज्ञका लागि पोखरा-१४ लगायतका क्षेत्रमा अनधिकृत रूपमा रुख कटान भएको विषयले विवाद उत्पन्न गरेकोछ। स्थानीय बासिन्दाहरूका अनुसार, ६ वटा चौतारा र ९ वटा ठूला रुख नष्ट गरिएका छन् । पोखराको लेकसाईडमा हुने भनिएको कोटीहोम महानगर द्वारा प्रदूषणको कारण देखाउँदै रोक लगाईएको छ _”पोखराको पर्यावरणीय सन्तुलन बिगार्ने कुनै पनि कार्यलाई नगरपालिकाले स्वीकार्दैन। धार्मिक कार्यको नाममा नियमविपरीत गतिविधि भए नगरपालिकाले आवश्यक कदम चाल्नेछ।”_ तर आयोजकको भनाइ अत्याधुनिक हल निर्माण गर्ने, ध्वनि नियन्त्रणका उपायहरू अपनाउने तथा पर्यावरण सन्तुलन कायम राख्न वृक्षारोपणको योजना रहेको दाबी गरेको छ।

महायज्ञमा विभिन्न शंकराचार्य, जगद्गुरु, साधु-सन्त, महन्त तथा विश्व प्रसिद्ध कथा वाचकहरू सहभागी हुनेछन्। यस अवसरमा भागवत कथा प्रवचनका लागि अनुराधा पाण्डे, देवी चन्द्रकला सखी, देवी प्रतिभा, दीनबन्धु पोखरेल, कमलनयन गौतम, चैतन्य कृष्ण महाराज लगायत चर्चित प्रवचनकर्ताहरूको उपस्थित रहने छ।
यस महायज्ञमा २५ हजारभन्दा बढी भक्तजन बाहिरबाट पोखरा आउने अपेक्षागरिएको छ, जसले स्थानीय पर्यटन व्यवसायलाई समेत फाइदा पुग्ने आयोजकहरूको विश्वास छ।
यो भिडीयो पनी हेर्नुहोश :-





















