
पोखरा
पर्यटकिय शहर पोखरामा दिगो सहरी यातायात व्यवस्थापनका लागि इमोबिलिटी परियोजना शुरु हुने भएको छ।
सोही परियोजना लाइ अघि बढाउन एशियाली विकास बैंक र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको संयुक्त आयोजनामा इमोविलिटि परियोजना शुरु गरिने भएको हो।
यसका लागि सम्वन्धित सबै पक्ष बिच सैद्धान्तिक सहमति सहित अन्तिम तयारी कार्यशाला सम्पन्न भएको छ।

बर्षौको पर्खाइ पछि पोखरामा नयाँ इमोबिलिटी परियोजना सुरु हुने भएकोछ।
केहि दिन अगाडि पोखरामा एडिबि प्रतिनिधि सहित र आज काठमाडौमा माननिय भौतिक योजना तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित बसेको बैठक ले सोहि निर्णय गरेको महानगरले जनाएको छ।
परियोजना चालिस मिलियन युएस डलरको रहने छ भने,
यस परियोजना बाट बस टर्मिनलहरु साथै चार्जिङ स्टेसन, तथा पब्लिक भेईकल बिशेष लाभान्वित हुने महानगर पालिका प्रवक्ता मोति तिमिल्सिनाले वताए।
यो भिडीयोपनी हेर्नुहोस:-