Wednesday, March 26News That Matters

पोखरा महानगर पालिका र वडा नम्बर ३२ का स्थानिय बिच आज बुधबार सहमति भएको छ।

यो समाचार शेयर गर्नुहोस्

पोखरा


पोखरा वडा नम्बर ३२ का स्थानिय वासिन्दाले महानगर र आफुहरु बिच भएको सझौता अनुसार काम नभएको ,म्याद सकिएको भन्दै फोहोर फाल्न अवरोध गरेपछि पोखरामा जताततै फोहोरको थुप्रो लाग्न थालेको थियो ।
करिव एक साता नउठेको पोखरा महानगरपालिकाको फोहोरमैला व्यवस्थापन सन्दर्भमा आज स्थानीय सरोकारवालारुसँगको छलफल सौहार्दपूर्ण रूपमा सम्पन्न भएको महानगर पालिका प्रवक्ता तथा वडा नम्बर २५ अध्यक्ष मोति तिमिल्सिनाले सामाजिक सघ्जाल मार्फत जानकारी गराएका छन्।


उक्त छलफलमा पोखरा महानगरपालिका वडा नं ३२ को सामाजिक, पूर्वाधार विकास, वातावरण र विपद व्यवस्थापनको क्षेत्रमा देखिएका सवाल तथा समस्याहरूलाइ महानगरपालिकाको तर्फबाट आगामी कार्यपालिका नगरसभामा छलफल गरि सम्बोधन गरिने प्रतिबद्धता गरिएको समेत उनले सञ्जाल मार्फत जानकारी गराएका छन्।

भोलि अर्थात फागुन १ गते बिहीबार बाट महानगरको फोहोर मैला व्यवस्थापन कार्य
पुर्ववत रूपमै सुचारु हुने वताएका छन् ।

एकसाता देखि फोहोर नउठेपछि सर्वत्र दुर्गन्ध फैलिन थालेपछि महानगरवासिले आक्रोश ब्यक्त गर्दै महानगर पालिकाको आलोचना गर्न थालेका थिए।

यो भिडीयोपनी हेर्नुहोश :-

प्रतिकृया दिनुहोस