Friday, March 28News That Matters

पुम्दीकोटमा भव्य श्रीमद्भागवत ज्ञान महायज्ञ तथा महाशिवरात्रि महिमा

यो समाचार शेयर गर्नुहोस्

पोखरा

धर्म, आस्था, र सभ्यताका जरा गहिराइमा जोडिएका हुन्छन्। मानवीय अस्तित्वको सार नै आत्मज्ञान हो, र आत्मज्ञानको उज्यालो फैलाउने एउटा प्रमुख मार्ग हो— सत्संग, श्रवण, र भक्ति। यही पवित्र उद्देश्यले पोखरा-२२, पुम्दीकोटमा श्रीमद्भागवत ज्ञान महायज्ञ तथा महाशिवरात्रि महिमा-२०८१ को भव्य आयोजना-“समृद्धि र विकास , बेरोजगार र विदेश पलायन हुनेहरुको लागि निकास” भन्ने नारा पुनः अघिसार्दै तयारी भइरहेको आज पत्रकार सम्मेलन मार्फत पुम्दिको महायज्ञ समितिले वताएको छ।

धार्मिक चेतना जागरण गर्दै सनातन परम्परालाई मजबुत बनाउन यसअघि पनि यहाँ विभिन्न यज्ञहरू सम्पन्न भइसकेको सो अवसरमा मुल समिति सँय‍ोजक चन्द्रकान्त वरालले वताए ।
उनले २०७३ सालमा पहिलो पटक ईश्वरकृष्ण महाराजजिको मुखारबिन्दबाट श्रीमद्भागवत ज्ञान महायज्ञ सम्पन्न भएको त्यसपछि २०७९ सालमा शिवमहापुराण ज्ञान महायज्ञ आयोजना भएको थियोे भने भागवतभास्कर कमलनयन गौतमज्यूले प्रवचन दिनुभएको थियो। ती महायज्ञहरू मात्र कर्मकाण्डीय क्रियाकलाप थिएनन्; ती आध्यात्मिक यात्राका महत्वपूर्ण माइलस्टोन थिए, जसले हजारौं भक्तजनलाई सत्य, प्रेम, र भक्तिको मार्गमा अग्रसर हुन महत्त्वपूर्ण बल पुगेको वरालले जानकारी गराए ।

यस वर्षको महायज्ञमा प्रसिद्ध कथा वाचिका भागवत मञ्जरी राधिका दासीद्वारा कथा प्रवचन गरिने जानकारी गराउदै वरालले उनका वाणीहरूमा आत्मशुद्धिको शक्ति भएको , जसले मनमस्तिष्कलाई निर्मल बनाउनेमा आफुहरुले विश्वास गरेको उनफे वताए ।
महायज्ञमा प्रत्येक दिन नित्य श्रीमद्भागवत मूल पाठ, जप, लघुरुद्राभिषेक, चण्डीपाठ, मितापाठ र हवन गरिनेछ। साँझपख महात्म्य श्रवण तथा भजन-कीर्तनले वातावरणलाई भक्तिमय बनाउनेछ। महाशिवरात्रिका अवसरमा लाखबत्ती प्रज्वलन, हवन, तिल अर्पण, पूर्णाहुति, अभिषेक तथा तिलक-प्रसाद ग्रहणजस्ता धार्मिक अनुष्ठान गरिनेछन्।

धर्म केवल पूजा, पाठ, वा अनुष्ठानमा सीमित छैन; धर्म जीवन जिउने उच्चतर शास्त्रीय कला हो। यही सन्देशलाई मूर्तरूप दिने प्रयासस्वरूप पुम्दीकोटमा धार्मिक पर्यटनको प्रवर्द्धनलाई विशेष प्राथमिकता दिइएको छ। महादेवको विशाल मूर्तिलाई साँझ पर्दा बनाई लेजर लाइटमार्फत शिवलीला प्रदर्शन गर्ने योजना बनाइएको छ। यो केवल प्रविधिको प्रयोग मात्र होइन, महादेवको शक्ति, करुणा, र ताण्डवको प्रतीकात्मक प्रस्तुति हुनेछ।

महायज्ञको व्यवस्थापन तथा आयोजनामा महत्वपूर्ण भूमिका निभाउनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनका विविध योजनाहरू अघि सार्नुभएका यस श्रीमद्भागवत ज्ञान महायज्ञ तथा महाशिवरात्रि महिमा-२०८१ का संयोजक चन्द्रकान्त बरालले पत्रकार माझ कार्यक्रमबारे प्रस्ट पार्दै- कैलाशपर्वतदेखि सुमेरु पर्वतसम्मको दूरीलाई प्रतीकात्मक रूपमा जोड्ने उद्देश्यले सिसाको पुल निर्माण गर्ने योजना अघि सारिएको छ। यो केवल भौतिक संरचना मात्र नभएर भक्तजनको आस्था र आत्मीयताको पुल हुनेमा विस्वस्त रहेको सँयोजक वरालले वताए।। हरियाली उद्यानको अवधारणा पनि प्रकृति र आध्यात्मिकताको मिलनको संकेत हो। यो उद्यान केवल सुन्दरताका लागि बनाइने होइन, यहाँ ध्यान गर्ने, आत्मचिन्तन गर्ने, र प्राकृतिक वातावरणसँग आत्मीयता जोड्ने अवसर मिल्नेछ।

स‍हि अवसरमा उनले दानको महत्व केवल बाह्य रूपमा गरिने भौतिक सहयोगमा मात्र सीमित हुँदैन। सच्चा दान आत्माबाट आउँछ— समय दान, विचार दान, श्रम दान। महायज्ञमा सहयोग गर्ने सबै महानुभावहरूको नाम शिलालेखमा उल्लेख गरिने वताए । तर नाम मात्र अमर हुनु ठूलो कुरा होइन, आस्था र समर्पण अमर हुनु आवश्यक रहेको तर्फ जोड दिदै
धर्म केवल व्यक्तिगत मुक्ति प्राप्त गर्ने मार्ग नभएर यो समाजको सुधार, संस्कृति संरक्षण, र भव्य परम्पराको जगेर्ना गर्ने आधार रहेको उल्लेख गरे।। यो महायज्ञमा सहभागी भई आत्मिक आनन्द प्राप्त गर्न, शिव-शक्ति तथा श्रीकृष्णको कृपा अनुभूत गर्न, र धार्मिक पर्यटन प्रवर्द्धनका लागि योगदान दिन सम्पूर्ण श्रद्धालु भक्तजनलाई हार्दिक निमन्त्रण गर्दै कार्यक्रम सफलहुने बिश्वास रहेको जनाउदै महायज्ञ सफलपार्न आम जिल्लावासिमा समेत पत्रकार सम्लेन मार्फत अनुरोध गर्दै- “महायज्ञ लाई भब्य सभ्य बनाउन सबैको साथ र सहयोगको आवस्यक रहेको” सँय‍ोजक वरालले वताए ।

यो भिडीयो पनि हेर्नुहोला :-

प्रतिकृया दिनुहोस