Tuesday, January 20News That Matters

उद्घाटनकै क्रममा वेलुन पड्किएपछि प्रमुख अतिथि पौडेल र आचार्य घाइते किर्तिपुर स्थित वर्नअस्पतालमा उपचार हुदै

यो समाचार शेयर गर्नुहोस्

पोखरा

पोखरा भ्रमण बर्ष २०२५ उद्घाटन समारोह पोखरामा भइरहदा उद्घाटनकै क्रममा अचानक वेलुन पड्कन गई प्रमुख अतिथि उप प्रधानमन्त्री तथा अर्थमन्त्रीमाननीय बिष्णु पौडेल तथा पोखरा महानगर पालिका प्रमुख मेयर धनराज आचार्य जलनबाट घाइते भएका छन्। दिप प्रज्वलन पछि रिमोट द्वारा फायर क्यानडल झिर झिर गरे लगत्तै गेयास भरिएका दुई झुत्ता वेलुन ल्याइएको थियोे ।गणयनसले भरिएका वेलुनका ती झुत्ता मेयर आचार्य साथै प्रमुख अतिथि पौडेलले समात्ने बित्तिकै सबै वेलुन एकसाथ पड्किदा निस्केको आगोको ज्वालाले दुबैलाइ लपेटे पछि भागदौड मच्चिएको थियो । सोही अवस्थामा पौडेल मञ्च तर्फ दौडिएका थिए भने आचार्य मञ्च तल चौर तर्फ दौडिएका थिए। तब मेयर आचार्यको देव्रे भागमा गाला कन्चट साथै कपाल समेत जलेको थियो। प्रलेस मन्त्री विन्दु कुमार थापाको हत्केलामा सामान्य रापले भेटाएको छ भने उनको सुरुवालमा जलेर सानो प्वाल परेको छ।


घटना भए लगत्तै उपचारका लागि आचार्य लाई फिस्टेल हस्पिटल लगिएको थियोे भने मन्त्री पौडेललाई जेएमसिमा लगिएको थियोे ।
प्रारम्भिक उपचार पछि
हेलिकप्टर मार्फत
मन्त्री पौडेल एवँ मेयर आचार्य लाइ काठमाडौ स्थित कीर्तिपुर अस्पतालमा उपचारका लागि आइसीयूमा भर्ना गरी उपचार शुरु गरिएको छ ।

अस्पतालका निर्देशक डा किरण किशोर नकर्मीद्वारा जारी सूचना अनुसार पौडेल र आचार्यको शरीर ५, ६ प्रतिशत चलेको, अनुहार जलेका कारण स्वासनली र फोक्सोमा समेत असर परेको हुन सक्ने भएकाले उच्च निगरानीमा राखेर उपचार शुरु गरिएको हो ।

दुबैको उपचारमा प्राडा डीबी झा, डा. प्रवीण गिरीसहितको टोली, प्राडा शंकरमान राई, डा. विशाल कार्की, डा. मनिष यादल लगायतको जलन विशेषज्ञहरुको टोली, डा. प्रयुश अर्याल लगायत आकस्मिक टोली तथा रीना गौचन, निर्मला कुँवर, तृष्णा महर्जनलगायतको नर्सिङ टोली समेत खटिएको जानकारी प्राप्त भएको छ।कसरी भयो घटना भन्ने कारे कतिपयले झिर झिरे बाट निस्केको झिल्को वेलुनमा पर्न गई पड्केको वताएका छन् भने कतिपयले एक त अत्यन्तै प्रज्ज्वलनशिल हाइड्र‍ोजन ग्यास त्यसमा पनि वेलुनमा लाम‍ो समय भरेर राखिएको र वेलुन हल्लन गै विष्फोट भएको हुन सक्ने अडकलवाजि गरेका छन्।

पोखरा भ्रमण बर्ष२०२५ सफल पार्न आन्तरिक तथा बाह्य गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्ष घोषणा गरिएको थियो। सोही कार्यक्रम लाई सफल पार्नका लागि घ‍ोषणा समारोह कार्यक्रम क‍ आयोजना गरिएको थियोे । वसमा पोखरा महानगर पालिकाका सबै वडा वाट बिभिन्न किसिमका झाकि बाजा भजन साथै आ आफ्नो धर्म सँस्कृति अनुसार भेषभुषामा सजिएर वडावासि जनप्रतिनिधि विभिन्न सँघसस्था बाट आम प‍ोखरावासि नाच्दै रमाउदै उपस्थित भएका थिए। गण्डकी प्रदेस मुख्य मन्त्रीपुर्व मुख्य मन्त्री , साथै प्रदेस मन्त्री विन्दु थापा लगायत मन्त्री माननीय ज्यु र सुरक्षा निकाय साथै विभिन्न सरकारि निकाय तथा गैर सरकारि निकाय प्रमुख हरुको समेत उपस्थिति रहेको थियोे ।
घटना कसरी भयो भन्ने बारे कास्की प्रहरीले अनुसन्धान शुरु गरि सकेको जानकारी प्राप्त भएको छ।

यो भिडीयो पनि हेर्नुहोस :-

प्रतिकृया दिनुहोस