
पोखरा
नेपाल प्रेस युनियन गण्डकी प्रदेश समितिको आयोजनामा पोखरामा आयोजित कार्यक्रममार्फत ‘नेपालका निधि’ पुस्तक लोकार्पण गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री श्री सुरेन्द्रराज पाण्डेले नेपालका निधि पुस्तक विमोचन गर्दै नेपालका निधि बिशेष गरेर महेन्द्र नारायण निधिको योगदान प्रेरणा दायि रहेको उल्लेख गर्दै वहाँ ०७ शालको क्रान्ति देखि २०४६ शालको आन्दोलन सम्म सक्रिय रहनु भएको वताउनु भयो । पुस्तकले इतिहास लाई पुन: ब्युझाउने महत्त्वपूर्ण काम गरेको तर्फ जोड दिदै लेखक किशोर नेपाल लाई बधाई तथा धन्यवाद दिनु भयो।

वरिष्ठ पत्रकार किशोर नेपाल द्वारा लिखित पुस्तकको प्रकाशन रुचि श्रेष्ठले गर्नुभएको पुस्तकको बारेमा श्रेष्ठले प्रकाश पार्नु भएको थियो भने, निधिको राजनीतिक जिवनि र योगदान बारे नेपालले प्रकाश पार्नु भएको थियो ।
कार्यक्रमको संयोजन नेपाल प्रेस युनियनका महा सचिव प्रकाश ढकालले गर्नुभएको थियो भने, अध्यक्षता युनियनका अध्यक्ष टंकराज अधिकारीले गर्नुभएको थियो। स्वागत मन्तव्य युनियनका उपाध्यक्ष माधव रेग्मीले दिनुभएको थियो।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, उपसभापति मेखलाल श्रेष्ठ, महामन्त्री विष्णुप्रसाद लामिछाने, जिल्ला सभापति किशोरदत्त बराल, प्रजातान्त्रिक विचार समाज कास्कीका डा. बीरबहादुर कार्की, गणेशमान सिंह फाउण्डेसन गण्डकीका अध्यक्ष दुर्गाप्रसाद तिमिल्सिना, उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्द राज मुल्मी, माओवादी केन्द्र कास्की संयोजक विश्वप्रकाश लामिछाने, नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, महासंघ कास्की अध्यक्ष माधव बराल, प्रेस रजिष्ट्रार बिमला भण्डारी, साथै वरिष्ठ पत्रकारहरू बद्रीविनोद प्रतीक, नारायण कार्कि ,पुण्य पौडेललगायतको विशेष उपस्थिति रहेको थियो।

महेन्द्र नारायण निधिको १०२औँ जन्मजयन्तीको अवसरमा आयोजित लोकार्पण समारोहमा लेखक किशोर नेपालले २०२६ सालमा महेन्द्र नारायण निधिसँग भएको भेटघाट स्मरण गर्दै भन्नुभयो,
“त्यतिबेला देशका शासकहरूले स्वतन्त्रताको आवाज सुन्न सक्दैनथे, न त उठाउन पाइन्थ्यो। जनकपुरमा निधिजीसँग पहिलो परिचय भएपछि लोकतन्त्रबारे समाचार लेख्दा जेल जानुपरेको थियो। उहाँ मधेस र पहाड जोड्ने महत्वपूर्ण सेतु हुनुहुन्थ्यो, तर उहाँको योगदान छायामा परेको वताउदै दुख प्रकट गर्नु भयो ।”

उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आन्दराज मुल्मीले “नेपालमा निधिहरूको योगदान खोज्ने कार्य प्रशंसनीय छ” भन्दै पुस्तक प्रकाशनको प्रशंसा गर्नुभयो।

नेपाली कांग्रेस प्रदेश सभापति शुकराज शर्माले “नेपाली कांग्रेसको सम्पत्ति निधिहरूको योगदानलाई सबैका माझ ल्याउने कार्य प्रशंसनीय छ” भन्दै वरिष्ठ पत्रकार किशोर नेपाललाई धन्यवाद दिनुभयो।
नेपाल प्रेस युनियन गण्डकी प्रदेशका अध्यक्ष टंकराज अधिकारीले “कार्यक्रममा वरिष्ठ पत्रकार, राजनीतिज्ञ र विशिष्ट व्यक्तित्वहरूको उपस्थितिले शोभा बढाएकोमा खुसि ब्यक्त गर्दै, धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन गर्नुभयो।
यो भिडियो पनि हेर्नुहोला :-