
नेपालमा यति बेला एउटा तरङ्ग पैदा भएको छ।
आम नेपाली जनतामा एउटा उत्सुकता जिज्ञासा जस्तै अब के हुन्छ भनेजस्तै प्रस्नहरुका घेरा देखिन थालेका छन्। नेताहरुले आजसम्म गरेका कर्तुत हरु एक पछि अर्को गर्दै जब देखिन थाले तब नेपाली जनता बिचमा धेरै यी र यस्ता तर्क र अडकल बाजि हुन थालेका छन्। त्यसैले त नेपाली जनताले भन्न थाली सकेका छन्।
नाङ्गिनु को पनि सिमा हुन्छ नि अरुले नङ्ग्याउनु नङ्ग्याइ दिनु फरक कुरा हो, तर यहाँ त नेपाली जनताले अचम्मै देख्न र सुन्नु परेको छ ।
जहाँ हिजो सम्म नेताहरु एकले अर्को लाई नङ्ग्याउनमै व्यस्त देखिन्थ्ये कसैलाई फुर्सद थिएन । तर पछिल्लो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमले भने एकैपटक सबै नाङ्गिन थाले कसैलाई नङग्याउनै नपर्ने भयो।
अमेरिकामा ट्रम्पले सानो झिर झिरे पटाका के पड्काएका थिए नेपालका नेताहरुको मुखमा कालिख देखिन थाल्यो। धोतीनै फुस्किन थाल्यो
बुढापाका हरुको एउटा भनाइ नै छ , छोटो कात्रो टाउको छोपे पैताला देखिने ,पैताला छोपे टाउको देखिने भनेजस्तो भएको छ यतिबेला नेपालका राजनीतिक दल र तिनका नेताहरु लाई ठिक त्यस्तै यो भनाइसग मेल खाए जस्तो अवस्था देखिन थालेको छ। यतिबेला नेतनहरु लाई कसैले कसैलाई नङ्ग्याउन भन्दा पनि नेताहरुलाइ आ आफ्नो फुस्किएको धोति सभाल्न हम्मेहम्मे हुन थालेको छ। यतिबेला नेताहरुलाइ भ्याइ नभ्याइ हुन थालेकोछ। एक ठाउमा हो र नाङ्गिनुको पनि हद हुन्छ नि देस बिदेसमा आफ्नै पाटि र कार्यकर्ता समर्थकहरुको बिचमा आम नेपाली जनताको अगाडि समेत नाङ्गिदै जान थालेका छन्।
नेताहरुलाइ कठैबरा भन्नु पर्ने अवस्था आउन थालेको छ।यता देसमा जताततै भ्रष्टाचार झाङ्गिने नेताहरु नेपाली जनता बिच नाङ्गिने उता कहिले दिल्लि त कहिले अमेरिका बाङ्गिने, यस्तो अवस्था आउँछ भनेर सायद यी दल र दलका नेताहरुले कहिल्यै सोचेका पनि थिएनन् होला।
तर नेताहरुले जे सोचेका थिएनन् त्यहि भैदियो ट्रम्पले मुख खोले दिल्लीले कोल्टो फेर्ने सङ्केत देखायो । यता दलहरुलाइ विशेष गरेर ठुलादल भनिएका नेताहरुले व्याप्त भ्रष्टाचारमा देसले डुबुल्कि मारि रहदा समेत नेताहरु झन् उहीँ ओरालो लागेको बाघलाइ मृगले पनि लखेट्छ भनेजस्तो गर्न थाले कतै भ्रष्टाचार गर्नेलाइ कारवाहि गर्नुपर्छ भनेर न्वारान देखिको बल लगाउने कतै भ्रष्टाचारि लाई बचाउन जोगाउन प्राणै फाल्ने जस्तो गर्ने, कतै नेपाली जनता दिनहु लाइन लागेर बिदेसिने कतै सहकारी पिडित हरु आत्महत्या गर्न बाध्य हुने अवस्था आउने भएपछि ४७ पछि पटकपटक शासन सत्ता चलाउदै आएका नेताहरु लाइ नेपाली जनताले फेलिएर लिडरको सँज्ञा दिन थाली सकेका छन।
यता फेरि फागुन सातको पुर्वसञ्ध्यामा राजा ज्ञानेन्द्रको गर्जनले फेरि वालुवाटार सिहदरवार र वानेश्वरमा तरङ्ग पैदा भएको छ। कतिपय नेताले राजालाई गालि सुझाव दिन र विरोध गर्न थालिसकेका छन्। खासमा यतिबेला नेताहरुले राजा लाई गालि गर्नुको कुनै अौचित्य छैन किन भने दल र नेताहरुले अब राजालाई गालि गर्ने हैसियत गुमाइ सकेका छन्। किन भने नेताहरु एकले अर्को लाई नङ्ग्याउदै यहासम्म आइ पुगेका नेताहरु यतिबेला चौतर्फी रुपले नेपाली जनताको आलोचित बनेका छन्। ठेट भाषामा भन्नू पर्दा नाङ्गिइ सकेका छन् ।भन्दा पनि फरक नपर्ला। नेताहरु यतिबेला नेपाली जनतासामु यति नाङ्गिएकि उहीँ
जे देखियो छर्लङ्गै देखियो
जे देखियो त्यै कुरा लेखियो भन्ने गित गाए जस्तै हुन थालेको छ ।
