Sunday, March 23News That Matters

लेकसाइडमा क‍ोटिह‍म हुने नहुने बारे आज वहस

यो समाचार शेयर गर्नुहोस्

पोखरा /उच्च अदालत पोखराले दिएको अन्तरिम आदेसमा असन्तुष्टि जनाउदै पोखरा महानगर पालिकाले शोमवार दिएको निवेदन उपर आज मङ्गलवार वहस भएको छ।
पोखराको लेकसाइडमा कोटिहोम गर्ने भएपछि महानगर पालिका प‍ोखराले रोक्न खोजेको भन्दै कोटिह‍म महायज्ञ आय‍ोजक मानवसेवा फाउन्डेसन नेपालले दिएको रिटमा उच्च अदालत पोखराले फागुन १ गते अन्तरिम आदेस दिदै क‍ोटिहोम महायज्ञ नरोक्न आदेस दिएको थियोे ।
उच्चले गरेको सो आदेस वेरित भएको जनाउदै महायज्ञ गर्ने भनिएको स्थान फेवातालको ६५ मिटर मापदण्डमा पर्ने हुदा केहि दिन भित्रै तालको सिमाङ्कन छुट्याउन शुरु गरिने भएको निवेदनमा उल्लेख गर्दै श‍ोमवार ६ पेज लामो निवेदन सहित सो आदेस रद्द गरि पाउ भनि निवेदन दर्ता गरेको थियो ।

पोखरा महानगर पालिकाले लेकसाईड क्षेत्रमा अब कुनै पनि प्रकारको कार्यक्रम आयोजना गर्न दिने वा नदिने भन्ने प्रस्न उठेको छ।

यसो त महानगर पालिकाले भने आगामि दिनमा कुनैपनि कार्यक्रम गर्न नदिने तयारी गरेको बुझिएको छ ।

उच्च अदालत पोखरामा महानगरले दर्ता गरेको निवेदनमा थप गर्दै वातावरण प्रदुषण हुने लगायत फेवातालको किनार सँरक्षित क्षेत्र रहेको जनाउदै सो स्थानमा कुनैपनि कार्यक्रम गर्न नपाइने उल्लेख गरेको छ।
यसो त महानगर पालिकाले

फागुन १५ गते उद्घाटन हुने भनिएको लिटरेचर फेस्टिवल पनि फेवातालको ६५ मिटर मापदण्ड भित्रै पर्छ । यसभन्दा पहिला पनि कोमागाने पार्क, बसुन्धरा पार्क, बराहि घाट चौर, क्याम्पियन साईड र फेवातालको सिरानमा बिभिन्न कार्यक्रमको आयोजना गर्न दिदै आएको थिय‍ो।

प्रतिकृया दिनुहोस