Sunday, March 23News That Matters

पोखरामा ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ आयोजना हुँदै

यो समाचार शेयर गर्नुहोस्

पोखरा, कास्की – एक युगमा एक पटक मात्र आयोजना हुने ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ – २०८२ पोखरामा सञ्चालन हुन लागेको छ। नेपाल भ्रमण वर्ष २०२५ तथा नेपाली नयाँ वर्ष २०८२ को पावन अवसरमा यहि २०८१ चैत्र १७ गतेदेखि २०८२ जेठ २६ गतेसम्म बाराहीघाट भूमी तथा हलनचोक क्याम्प क्षेत्र, लेकसाइड, पोखरा–०६, कास्कीमा महायज्ञ आयोजना गरिने भएको छ।

श्री मानव सेवा फाउण्डेसन, नेपाल लगायत विभिन्न संस्थाहरू तथा श्रद्धालु भक्तजनहरूको सहयोगमा हुन लागेको यस महायज्ञमा सहभागी भई पुण्य लाभ लिने तथा प्रसाद ग्रहण गर्न सम्पूर्ण भक्तजनहरूलाई आयोजक समितिले हार्दिक निमन्त्रणा गरेको छ।

महायज्ञको अवसरमा विभिन्न धार्मिक कथा प्रवचन कार्यक्रमहरू समेत आयोजना गरिने भएको छ। आयोजकका अनुसार संगीतमय श्रीमद्भागवत कथा वाचन, श्रीराम कथा वाचन, शिव महापुराण कथा वाचन, श्री हनुमत कथा वाचन, र श्रीमद् देवी भागवत कथा वाचन गरिनेछ।

यस महायज्ञमा देश तथा विदेशमा ख्याति प्राप्त कथा वाचक तथा वाचिकाहरू सहभागी हुने भएका छन्। आयोजक मानव सेवा फाउण्डेसनका अनुसार प्रसिद्ध कथा वाचिका देवी प्रतिभा, अनुराधा पाण्डे, चन्द्रकला सखी, भागवत भाष्कर कमल नयन गौतम, वाचन प्रविण पण्डित दिनबन्धु पोख्रेल, राधिका दासी लगायतका दर्जनौँ ख्यातिप्राप्त कथा वाचक तथा वाचिकाहरूको उपस्थिति रहनेछ।

यो महायज्ञ धार्मिक, सांस्कृतिक एवं आध्यात्मिक दृष्टिले महत्वपूर्ण मानिएको छ। आयोजक समितिका अनुसार महायज्ञमा हजारौँ श्रद्धालु भक्तजनहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस