
(पोखरा, शुक्रबार) – देशभर आज भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पको झट्का पश्चात सुतिरहेका मानिसहरू उठेर घरबाहिर निस्किएका थिए।



आज बिहान करिब २ बजेर ५१ मिनेट जाँदा शक्तिशाली भूकम्प गएको थियो।
भूकम्प गएलगत्तै कास्की, काठमाडौं, चितवन, लमजुङलगायतका क्षेत्रका बासिन्दाले भूकम्पको तीव्र झट्का महसुस गरेको खबर प्राप्त भएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको भैरवकुण्डलाई केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ।
भूकम्पबाट भएको क्षतिको विवरण भने अझै प्राप्त भइसकेको छैन।
प्रतिकृया दिनुहोस





















