Sunday, March 23News That Matters

नेपाल यातायात व्यवशायि सँगठन कास्की प्रथम भेला तथा अधिवेशन सम्पन्न, अध्यक्षमा रसाइली

यो समाचार शेयर गर्नुहोस्

पोखरा

शनिबार /पोखरा /नेकपा माओवादि निकट भातृ सँगठन नेपाल यातायात व्यवशायि सगठन कास्कीको
प्रथम भेला तथा अधिवेशन आज १७ गते शनिवार प्रमुख अतिथि माओवादी केन्द्र केन्द्रीय सदस्य राजकाजि गुरुङको आतिथ्यतामा सम्पन्न भएको छ।
अध्यक्ष मनोज रसाइलिको नेतृत्वमा ३ सदस्य पछि थप गर्ने गरि १३ सदस्यीय कमिटी गठन भएको छ।
उपाध्यक्षमा नारायण प्रसाद शर्मा ,गोपाल घिमिरे ,सचिव बिष्णु प्रसाद अधिकारि ,सहसचिव श्याम कुमार ताम्राकार , कोषाध्यक्ष दिविराम पाण्डे , सदस्य क्रमश: दल वहादुर मगर,महदत्त आचार्य ,रमेस सापकोटा ,कृष्ण अधिकारि सर्वसम्मत चयन भएका छन्।

अधिवेसन प्रमुख अतिथि माओवादि केन्द्र केन्द्रीय सदस्य राजकाजि गुरुङले वेनरमा हस्ताक्षर सहित उद्घाटन गर्नु भएको कार्यक्रममा
बिशिस्ट अतिथि माओवादी केन्द्र केन्द्रीय सदस्य तथा गण्डकी प्रदेस पुर्वमन्त्रि रामजि वराल ,नेपाल राष्ट्रिय यातायात व्यवशायि सगठनका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ उपस्थिति रहेको थियो भने, अतिथि विभिन्न सँघ सँगठनबाट अध्यक्ष तथा प्रतिनिधि हरुको समेत उपस्थित रहेको थियो ।


कार्यक्रममा नेपाल यातायात व्यवशायि सँगठनका केन्द्रीय सल्लाहकार केदार पौडेल, उपमहासचिव गान्धिराज गिरि, ,कम्पनी तर्फबाट पृथ्वी राजमार्ग कम्पनी प्रालि अध्यक्ष य‍ोगेन्द्र केसि मजदुर सँघतर्फ बाट नेपाल यातायात मजदुर सँघका अध्यक्ष सुर्यभक्त पौडेल लगायतले आ आफ्नो भनाइ राख्दै सफलताको शुभकामना दिनु भएको थियो
अध्यक्ष मनोज रसाइलिको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेस अध्यक्ष प्रकासमणि तिवारिले स्वागत मन्तब्य राख्नु भएको थियोे भने, कार्यक्रम अर्जुन पौडेलले सञ्चालन गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस