
पोखरा
पोखरा महानगर पालिका वडा नम्बर ८ ले एकैसाथ २२ थान सिसि क्यामरा जडान गरेको छ।
पोखरा महानगर पालिका वडा नम्बर ८ द्वारा आयोजित नवजडित सिसि क्यामरा हस्तान्तरण तथा शुभारम्भ कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख (एसपि )प्रहरी उपरिक्षक श्यामबाबु ओलियाको उपस्थितिमा २२ थान नवजडित सिसि क्यामरा हस्तान्तरण गरेको छ।

वडाको सुरक्षा लाई मध्यनजर गर्दै नागरिक सुरक्षा लाई थप मजवुत बनाउने उदेश्यका साथ गरिएको सो कार्यक्रममा वडाका विभिन्न ठाउमा जडान गरिएका नवजडित सिसि क्यामराको शुभारम्भ कार्यक्रम जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलिया साथै वडा अध्यक्ष वराल द्वारा रिवन काटेर उद्घाटन गर्नु भएको छ।
वडा अध्यक्ष वरालको अध्यक्षतामा भएको आयोजित सिसि क्यामरा हस्तान्तरण तथा शुभारम्भ कार्यक्रम प्रमुख एसपि ओलियाले कास्कीमा लागुऔषध दुर्व्यसनिको सख्या कम हुँदै गएको भएता पनि सवारी दुर्घटना अत्यधिक बढ्न थालेको जनाउदै चार पाङ्ग्रे भन्दा दुई पांग्रे सवारी बाट अध्यधिक दुर्घटना भएको तर्फ सङ्केत गर्दै चिन्ता ब्यक्त गर्नु भयो ।

वहाले दुर्घटना न्यूनीकरणमा सरोकारवालाको ध्यान जानुपर्ने तर्फ जोडदिदै सवारी दुर्घटना न्यूनीकरणमा ट्राफिक र नेपाल प्रहरीले मात्र चाहेर नहुने जनाउदै यसका लागि आम नागरिक समेत जिम्मेवार बन्नु पर्ने वताउनु भयो।
पर्यटकीय नगरीको रुपमा परिचित शहर पोखरामा सीसी क्यामेराको अति आवश्यक रहेको अवस्थामा पोखरा-८ ले सृजना चोक लगायत विभिन्न ठाउमा यसरी सिसि क्यामरा जडान गरि नागरिक सुरक्षामा ध्यान दिएर सुरक्षा निकायलाई समेत सहज बनाइ दिएकोमा प्रशंसा सहित धन्यवाद ब्यक्त गर्नु भयो।
महानगरका ३३ सै वडामा सीसी क्यामराको आवश्यकता रहेको तर्फ जोड दिदै आफुले कास्की प्रहरीको कमाण्ड सम्हाल्दै गर्दा सीसी क्यामरालाई पहिलो प्राथमिकतामा राखेको वताउनु भयो ।
आफ्नो प्राथमिकतामा रहेको बिषय लाई महत्त्व दिएर वडा कार्यालयले सीसी क्यामेरा जडान गरेर सहयोग गरेकोमा खुसि ब्यक्त गर्दै , यस्तो कार्यले नागरिकको सुरक्षाका साथै नेपाल प्रहरीलाई समेत महत्वपूर्ण सहयोग पुगेको वहाले वताउनु भयो ।
सोही अवसरमा प्रमुख एसपी ओलियाले समय परिवर्तन सगै अब प्रहरी जनशक्ति होइन उपकरण युक्त प्रविधि र बढाउनु पर्ने आवश्यक रहेको वताउनु भयो ।

प्रविधिले प्रहरीलाई अनुसन्धानमा पनि तत्कालको तत्कालै र सत्य तथ्य यथार्थपरक ढंगले सघाउने र नागरिकलाइ न्याय दिन साथै सवारी दुर्घटना र आपराधिक गतिविधिमाथि नियन्त्रणमा राख्न पनि महत्वपूर्ण भूमिका खेल्ने वताउनु भयो
पोखरालाइ सुरक्षित शरक रुपमा स्थापित गर्न ,महानगरका विभिन्न ठाउमा डिजिटल चेकपोस्ट साथै गुणस्तरीय सिसि क्यामरा जडान गर्नुपर्ने आवस्यकता रहेको प्रमुख ओलियाले वताउनु भयो ।

वडा अध्यक्ष बरालले वडाका ८० प्रतिशत क्षेत्रमा सीसी क्यामेरा जोडि सकिएको जानकारी गराउदै आगामी वर्षमा वडाका सबै क्षेत्रमा जोड्ने प्रतिवद्धता जनाउनु भयो ।
पहिला टोलटोलमा राखिएका सीसी क्यामेरा समेत अब प्रहरीले नै निगरानी गर्ने वताउनु भयो
वडामा हुने हरेक कार्यमा विभिन्न सँघसँस्था र महिला समूह टोल विकास सँस्था सबै सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा जोडदिदै अध्यक्ष बरालले टोल विकास संस्थाको कोषमा रहेका रकम अब टोलकै विकास र सुरक्षामा खर्च गर्नु पर्ने वताउनु भयो

सोही अवसरमा वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तोष निरौलाले केही दिनमा सीसी क्यामेरा हेरेरै छ वटा घटना पत्ता लगाइएको जानकारी गराउदै प्रहरीले मात्रै नभएर सिसि क्यामराको सँरक्षणमा नागरिकको समेत सहयोग रहनु पर्ने वताउनु भयो ।

कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष नागरिक समाज पोखराका अध्यक्ष विष्णुप्रसाद बराल, वडासदस्य गोविन्द बराल, वडासचिव झम्कनाथ पौडेल लगायतले बोल्नेक्रममा सिसि क्यामरा जडान भएकोमा खुसि प्रकट गर्नु भएको छ।

जडान गरिएका सिसि क्यामेराले अँध्यारोमा पनि आफै प्रकाश फ्याँकेर खिच्न सक्ने, एउटा क्यामेराले ५० मिटरको दुरीसम्मको दृश्य कैद गर्न सक्ने कम्पनीले जनाएको छ । यसभन्दा पहिला ५ सिसि क्यामरा रहेकोमा यसपटक २२ क्यामरा जडान गरिएको छ।