Saturday, November 8News That Matters

गणतन्त्र माथि उब्जिएका प्रस्न?

यो समाचार शेयर गर्नुहोस्

हजारौं नेपाली जनताको रगत बगेर हजारौं जनता घाइते वेपता भएर हजारौंले शहादत प्राप्त गरेर ल्याएको गणतन्त्र माथि यतिबेला बिभिन्न खाले प्रस्न हरु उब्जिन थालेका छन्। लोकतन्त्रको सुन्दर पक्ष भनेकै स्वतन्त्र पुर्वक बाच्न पाउने बोल्न र लेख्न पाउने आफ्नो अधिकारका कुरा राख्न पाउनु हो। विरोध टीका टिप्पणी गर्न पनउनु हो।

जनताबाट जनतालेनै जनताले आफ्नै लागि आफैमाथि शासन चलाउने शासक चुन्ने अधिकार लोकतान्त्रिक गणतन्त्र हो।
तर पछिलो समयमा राज्यपक्ष बाट कतिपय अवस्थामा जनताका हक अधिकार हनन गर्ने स्वतन्त्रता माथि डिक लगाउने काम हुन थालेको त हैन भन्ने सङ्केत हरु यदाकदा देखिदै जान थालेका छन्। कतै नेपाली जनताले एउटा राजा फालेर धेरै छोटे राजा हरु बाट शासित हुनु परेको ता छैन भन्ने प्रस्नहरु जनताबिच जताततै उब्जिन थालेका छन्।
त्यति मात्रै नभएर भन्ने बेला जनताको सरकार भन्ने, बन्ने बेला नेता निकटहरु मात्रै शासक बन्ने जितेर गएपछि जनतालाइ एउटा रैति जत्तिको पनि नठान्ने राजनैति प्रवृत्ति पछिल्लो समयमा आएर यत्रतत्र सर्वत्र हावि हुन थालेको छ। जसले गर्दा यतिबेला त गणतन्त्र माथि नै प्रस्न उठ्न थालेको छ।
हिजो चप्पल पड्काउदै राजनितिका नाममा शहर पसेका नेताहरु बाहिर सदाशिव जस्ता बन्ने भित्र भित्रै कुबेर बन्ने आलिसान महल जोड्ने कहिलेकाही टिकट नपाए उस्तै परे करोडौं खर्चिएर भएपनि मन्त्री बन्ने र सातपुस्तासम्म पनि नसकिने गरि अकुत सम्पत्ति जोड्ने पटकपटक सत्ताकै वरपर भइरहने जुन राजनैतिक चरित्र हावि भयो यसले देस आर्थिक रुपले खोक्रो मात्रै हैन धोक्रो जस्तै देखिदै जान थालेको छ। ।नेपाली जनता महङ्गि वेरोजगार ,आर्थिक मन्दिको मारमा परेर विदेसिन बाध्य हुँदै जान थाले देसको सबैभन्दा ठुलो राष्ट्रकै मेरुदण्डको रुपमा रहेको सक्षम सबल युवाशक्ति विदेसतिर पलायन हुँदै जान थाल्यो ।
नेता सत्ताकै लागि तछाड मछाड छिना झपटिमै ब्यस्त हुन थाले ।जसले गर्दा जनताहरु बिचमा के यहि हो गणतन्त्र भन्ने खालका प्रस्नहरु उब्जिन थाले।गणतन्त्र माथि प्रस्नहरु उब्जिन मात्रै थालेनन् ।
सडकमै गणतन्त्र विरोधी नारा लाग्न थाले ।
यसरी जनताकिच यत्रतत्र प्रस्नहरु उब्जिदै जानुको कारण अरु केही नभएर ठुला भनिएका दलहरुकै असक्षमता र नेताहरुमा देखिएको जमाखोर भ्रष्ट नियत नै हो भन्दा फरक नपर्ला।
त्यति मात्रै नभएर नेपालका ठुला दलका बर्षौ अनुभवि भनिएका उमेरले पाकेका राजनिती गर्दा गर्दै थाकेका ठुला ठुला नेताहरुनै सत्ता केन्द्रित पाटि केनद्रित कार्यकर्ता केन्द्रीत हुँदै जान थाले जनतालाइ उहीँ चाहिदाको भाडो नचाहिदाको खाडो भने जस्तो गर्न लागे।जसले गर्दा सँसदिय भवन राष्ट्रियसभा लाई वृद्दाश्रमको सँज्ञा दिएर युवा माननिय हरुले नै भन्न थाले। कार्यकर्ताले समेत बा हरुले अब विश्राम लिनु पर्छ भन्न थाले।

देस चरम् भ्रष्टाचारको शिकार हुँदै जाने अन्तर्राष्ट्रिय शक्तिहरुले समेत आक्षेप लगाउदै जाने देसको अर्थतन्त्र र उत्पादन सुन्यको अवस्थामा पुग्ने ,यहासम्मकि राजनिती मै जीवन व्यतीत गर्दै र पटक पटक शासन सत्तामै रहदै आएका ठुला ठुला नेताहरु नै कहिले भ्रष्टचारि गरेको काण्डमा मुछिने, कहिले भ्रष्टाचारि र माफियाकै कठपुतलि जस्ता बनेर राष्ट्र हित विपरितका निर्णय गर्दै जाने प्रवृत्तिले गर्दा र देस र जनताप्रति एक रत्तिभर पनि जिम्मेवार बन्न नसक्ने भएपछि नेपाली जनता बिच यतिबेला गणतन्त्र माथि नै प्रस्नहरु उब्जिन थालेका छन्। त्यसैले समय अझै पनि छ । नेताहरु अब चेताउनु पर्छ।
अब पनि चेताएनन् भने भनिरहनु नपर्ला अन्तर्राष्ट्रिय राजनीतिक वातावरणले हरेक नेताको का कानमा सन्देस पठाइ सकेको छ। आसा गरौ सायद चेताए ह‍ोलान् ।
पक्कै पनि यतिबेला गणतन्त्र माथि उठेका जन जन बिच उब्जिएका प्रस्न हरुको जवाफ देलान्।

प्रतिकृया दिनुहोस