Friday, March 28News That Matters

गण्डकी मझौला मिनी तथा ट्रक समितिद्धारा दुर्घटना न्युनीकण प्रशिक्षण

यो समाचार शेयर गर्नुहोस्

पोखरा

गण्डकी मझौला मिनी तथा ट्रक संचालक समिति पोखराले व्यवसायी, चालक र सहचालकलाई प्रशिक्षण दिएको छ । समितिले पोखरामा व्यवसायी, चालक र सहचालकलाई ट्राफिक सचेतना, विमा पोलिसी र यातायात कानून सम्बन्धी प्रशिक्षण दिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका बरिष्ठ नायव प्रहरी निरिक्षक शिव पाठकले ट्राफिक नियम र दुर्घटना वारे प्रशिक्षण दिएका थिए । यस्तै गण्डकी ममझौला मिनी तथा ट्रक संचालक समितिका कानुनी सल्लाहकार यमबहादुर खत्रीले यातायात कानुन वारे प्रशिक्षण दिएका थिए ।

नेपाल इन्स्योरेन्सका अधिकृत दिनेश पोखरेलले सडक दुर्घटना र विमा पोलीसी वारे प्रशिक्षण दिएका थिए ।

गण्डकी मझौला मिनी तथा ट्रक संचालक समितिका अध्यक्ष मनोज रसाइलीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्की प्रमुख शोमा पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रशिक्षण कार्यक्रमा बोल्दै पाण्डेले सडक दुर्घटना न्यूनिकरण गर्नु सबैको दायीत्व रहेको बताइन् । ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनिकरणका लागि कानूनर व्यवहारीक पक्षलाई हेरेर काम गरिरहेको पाण्डेले बताइन् ।

गण्डकी मझौला मिनी तथा ट्रक संचालक समितिका अध्यक्ष मनोज रसाइलीले दुर्घटना न्युनिकरण गर्ने उदेश्यले प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । सडमा यात्रा गर्दा आवश्यक पर्ने नियम जानकारी भए दुर्घटना स्वतः कम हुने रसाइलीले बताए । व्यवसायी, चालक र सहचालकलाई प्रशिक्षित गराउन समितिले काम गरिरहेको छ ।

कार्यक्रममा एवान ग्रेटर नेपालका अध्यक्ष अर्जुन पौडेल, समितिका संस्थापक अध्यष दयााम भारती, निवर्तमान अध्यक्ष राम बहादुर तामाङ, सुरक्षित यात्राका अभियान्ता शिव वस्ताकोटी, एकिकृत यातायात मजदुर संगठन, गण्डकीका अध्यक्ष तिलक विश्वकर्मा, उपाध्यक्ष इश्वर बस्याल, समितिका सचिव श्यामकुमार ताम्राकारले मन्तब्य राखेका थिए ।

यो भिडियो पनि हेर्नुहोला :-

प्रतिकृया दिनुहोस