Saturday, November 8News That Matters

इन्स्योरेन्सको लोभले आफ्नै पसलमा आगजनि पक्राउ परे लोहार

यो समाचार शेयर गर्नुहोस्

पोखरा

खडेरी हुने बित्तिकै जताततै आगलागीको डर हुन थाल्छ। सरकारि सुरक्षा निकायले समेत आगलागी बाट बच्ने बिभिन्न सुरक्षाका उपायको अवलम्बन गर्न सुचना प्रवाह गर्छन्। आगलागी या त बिजुलि सट भएर या त ग्यास ,पुजाकोठा बाट आगो लागेका खवर आउछन् ,हो त्यस्तै पोखराको न्युरोडमा रहेको एक पसलमा अचानक आगलागि भएको खवर फैलिन्छ।
बिभिन्न सुरक्षा निकाय स्थानीय लगायतको सहयोगमा आगो निभाइन्छ। बजारमा विध्युत सट भएर आगो लागेको गाइगुइ चल्छ।

तर घटनास्थल लाई नजिकै बाट नियालेको कास्की प्रहरी भने उनलाई शङ्काको घेरामा राखेर चुपचाप आफ्नो अनुसन्धान लाई अगाडि बढाउदै जान्छ फलत आम नगरवासिले सोचे भन्दा फरक अकल्पनिय योजना सहितको घटना बाहिर आउछ हो त्यस्तै भएको छ पोखराको न्युरोडमा
इन्सुरेन्सको लोभमा परी आफ्नै पसलमा आगो लगाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ

भुइको टिप्छु भन्दा ग‍ोजिको पोखिय‍ो भन्ने भनाइ सँग मेल खाने गरि पोखराको न्युरोडमा आइटी हब सञ्चालन गर्दै आइरहेका पर्शाका रमेश शर्मा लोहार पक्राउ परेका हुन्।

न्युरोडमा रहेको उनको पसलमा यही फागुन १६ गते आगलागी भएको थियो ।

उनले शिखर इन्स्योरेन्स कम्पनीमा पसलको एक करोडको विमा गराएको दावी पेस गरेका थिए ।
प्रमुख ओलियाले उनको तालचोकमा समेत पसल रहेको जानकारी गराउदै पसलमा समेत स्थलगत अध्ययन अनुसन्धान गरेको उल्लेख गर्दै, उनले नियोजित रुपमा आफै आगो लगाएको प्रहरी अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामबाबु ओलीयाले जानकारी दिए ।

प्रमुख ओलियाका अनुसार आपराधिक प्रवेश तथा आपराधिक उपद्रब सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको छ।

प्रतिकृया दिनुहोस