
पोखरा
गण्डकी प्रदेसकै राजधानी पर्यटकिय शहर पोखरामा पहिलो पटक प्रथम नाडा प्रेजेन्टस् वाडा अटो शो २०२५ को आयोजना गरिने भएको छ।
नाडा अटोमोबाइल्स एशसिएन अफ नेपालको प्रस्तुतिमा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसियसन द्वारा पोखराको अमरसिह चौरमा चैत्र १४ गते देखि १७ सम्म अटो शो २०२५ को आयोजना गरिने बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा वताइएको हो। नविनतम सवारी साधनका बिभिन्न खाले मोडल आधुनिक प्रविधि तथा सेवा प्रदायकहरुको एकै थलोमा प्रदर्शन हुनुका साथै नाडा प्रेजेन्टस् वाडा अटो शो २०२५ मा स्थानीय साथै देसैभर बाट डिलर तथा उत्पादक विक्रेता एवं ग्राहकहरुको एकैथलोमा भएको भेलाले गण्डकी प्रदेसमा सवारी साधन सम्वन्भित सबै क्षेत्रको विकास बजारिकरण र विस्तारका लागि महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै प्रदर्शनीले विभिन्न व्यवशायिक समस्या हरुको चिनारि गर्नुका साथै समाधानका विकल्पहरु खोज्ने साझा थलो बन्न सक्ने आयोजकहरुको विश्वास रहेको वताइएको छ।

राष्ट्रिय तथा स्थानिय विकासका कुनैपनि कार्यक्रम सवारी साधन विना कल्पना नै गर्न नसकिने वर्तमान अवस्थामा सर्वसाधारणको दैनिक जीवनलाई सहज एवं चलायमान बनाउनको लागि पनि सवारी साधन अत्यावश्यक वस्तुको रुपमा स्थापित भैसकेको वाडाका उपाध्यक्ष एंव वाडा अटाे शाे २०२५ का संयाेजक निरन के.सी.ले जानकारी दिएका छन् । उनका अनुसार प्रदर्शनीमा १९ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, ७ वटा ब्राण्डका २–पाङ्ग्रे लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण अन्य एशोसेरिजहरू तथा वित्तीय संस्थाहरूका २० वटा स्टलहरू रहने छन् । यस्तै साे प्रदर्शनीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहभागितामा सवारी साधन सुरक्षा सम्बन्धी जानकारी, सडक सुरक्षा तथा ट्राफिक नियम पालना सम्बन्धी विविध जानकारी मूलक कार्यक्रमहरू सञ्चालन गरिने छन् भने पोखरा लायन्स क्लबको सहयोगमा चैत्र १५ गते प्रदर्शनी परिसर भित्र रक्तदान कार्यक्रम समेत सञ्चालन गरिनेछ । स्थानीय व्यवसाय र आर्थिक गतिविधिलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा सहित आयाेजना गरिएको यस शाे मा प्रख्यात ब्राण्डहरू जस्तै टाटा, हुन्डाइ, सुजुकी, टोयोटा, महिन्द्रा, निसान, राेयल इन्फिल्ड लगायतका ब्राण्डहरूका सवारीसाधनहरु प्रदर्शन गरिनेछ ।
शो ले सवारीसाधन र व्यवसायका पारखीलाई मात्र नभई स्थानीय र पर्यटकलाई पनि आकर्षित गर्ने अपेक्षा गरिएको छ। प्रदर्शनीको व्यापक प्रचार–प्रसारका लागि नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसन र गण्डकी प्रदेश अटोमोबाइल संघकाे संयुक्त आयोजनामा चैत्र ९ गते शनिबार विहान ८ बजे पोखरा रंगशालाबाट मोटर र्याली शुरु गरि अमरसिंहमा सम्पन्न हुने पनि आयोजकले जनाएको ।
४ दिनसम्म चल्ने अटो शो मा ३५ हजार आगन्तुकहरू अवलोकनका लागि आउने विश्वास रहेको कार्यक्रम संयाेजक के.सी.ले
बताए । बन्दिपुर केवुलकार एण्ड टुरिजम लिमिटेडले डोर प्राइज स्पोन्जर अन्तर्गत ३०० बटा टिकट उपलब्ध गराउने भएको छ। जसमा प्रदर्सनि अवलोकन गर्न आउने सबैले टिकटमा गोलाप्रथा द्वारा केवुलकारको निशुल्क टिकट प्राप्त गर्न सक्नेछन्।