Wednesday, April 30News That Matters

पोखरा महानगरपालिका उजुरी शाखामा कार्यरत एक कर्मचारी उजुरीको नै शिकार भएका छन्

यो समाचार शेयर गर्नुहोस्

पोखरा

पोखरा महानगरपालिकामा कार्यरत कपिल गिरी २५ हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई बिहीबार नियन्त्रणमा लिएको हो। निगरानीपछि २५ हजार घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको छ । स्याङ्जाका गिरी यसअघि पुतलीबजार नगरपालिकामा कार्यरत थिए। बढुवा भएपछि पोखरा महानगरपालिकामा सरुवा भएका उनी केही समय वडा नम्बर १७ मा पनि कार्यरत थिए। हाल अख्तियारले उनलाई नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस