Wednesday, April 30News That Matters

निर्गुण भजन सम्राट सुवेदिको निधन

यो समाचार शेयर गर्नुहोस्

पोखरा

बिहिवार / पोखरा विन्दवासिनि विकास समिति तथा धार्मिक समितिका आजिवन सदस्य निर्गुण भजन सम्राट ७३ बर्षिय शान्त मणि सुवेदिक‍ो आज चैत्र ६ गतेका दिन बिहिवार बिहान करिब १०३० बजे आकस्मिक निधन भएको छ।


सुवेदी नेपाल सरकार विध्युत प्राधिकरण पुनरावेदन अदालत जिल्ला अदालतमा सेवा पश्चात् केही बर्ष पहिला अवकास लिनु भएको थियो ।
बर्षौ देखि विभिन्न सामाजिक तथा धार्मिक सँघ सँस्थामा आवद्द सुवेदी बोलबम भजन समितिका सँस्थापक अध्यक्ष हुनुका साथै विन्दवासिनि भजन समुहको समेत अध्यक्ष हुनु हुन्थ्यो ।
वहाँ पोखरा २ निवासी छविलाल सुवेदिका कान्छा सुपुत्र हुनु हुन्छ।
वहाका दुई श्रीमति डिल कुमारी र माया सुवेदी साथै एक छोरि ज्वाइँ नातिनि छन्।
वहाको जन्म २००८ असार २७ गते भएको थियो। वहाँ केही महिना यता क्यान्सर र‍ोग बाट पिडित हुनु हुन्थ्यो ।वहाको आजै पोखरा गाइघाटमा धार्मिक परम्परा अनुसार अन्त्यष्टि गरिएको छ।

प्रतिकृया दिनुहोस