Wednesday, April 30News That Matters

पृथ्वीनारायण क्याम्पस (स्ववियु) निर्वाचन सम्पन्न

यो समाचार शेयर गर्नुहोस्

पोखरा

पृथ्वीनारायण क्याम्पस पोखरामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आज १० गते आइतबार भएको निर्वाचन सम्पन्न भएको छ ।
धेरै बर्षको पर्खाइ पछि
करिब डेड दसक देखि स्थगित भएको चुनाव आज ८१ शालको अन्तिममा आएर बिहान ८ बजेदेखि शुरु भएको मतदान ४ बजेसगै सम्पन्न भएको छ।

पहिलाे पटक गत चैत ५ र दाेस्राे पटक चैत ६ गरेर दुई पटक स्थगित भएको निर्वाचन आज १० गते शान्त वातावरणमा सम्पन्न भएको छ।

क्याम्पसमा अध्ययनरत बिध्यार्थि कुल ९ हजार २ सय ७० जना मतदाता रहेकाेमा निर्वाचन समितिका अनुसार आज भएको निर्वाचनमा भने ३१.२५% याने २ हजार ८ सय ९७ मत खसेको छ ।

वि.सं २०६५ सालमा भएको स्ववियु निर्वाचनपछि आजसम्म क्याम्पसमा निर्वाचन हुन सकेकाे थिएन ।

यतिबेला १६ वर्षपछि भएको निर्वाचनलाई भने चौतर्फी रुपले अत्यन्तै महत्त्वका साथ हेरिएको थियो। ।

क्याम्पसको स्ववियु अध्यक्ष बन्नका लागि ८ जनाको उम्मेदवारी परेको थियोे । जसमा कमल सुवेदी र विप्लवी न्यौपाने २ जना स्वतन्त्र उम्मेदवारकाे रुपमा थिए भने , बाँकी ६ जना राजनीतिक दलको भातृ सँगठनका उम्मेदवार रहेका थिए। ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुशील न्यौपाने, अनेरास्ववियुबाट विष्णु पोखरेल, अनेरास्ववियु (क्रान्तिकारी) बाट नवीन अधिकारी, अखिल समाजवादी र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सन्तोष पौडेल, प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङ र अखिल छैठौंबाट मिलन सुनार अध्यक्षका प्रत्यासी रहेका थिए ।

त्यसै गरि समानुपातिकका लागि अध्यक्षको प्यानलमा रहेका बाहेक नयाँ शक्ति विद्यार्थी युनियन र अखिल क्रान्तिकारी (वैद्य)का उम्मेद्वारहरु पनि चुनावी मैदानमा छन् ।
आज ४ बजे मतदान सकिएपनि , मतगणना भने सर्वदलिय वैठकपछि मात्रै शुरु गरिने वताइएको छ।

प्रतिकृया दिनुहोस