Wednesday, April 30News That Matters

ए नेता कहिलेसम्म सत्तास्वार्थको एकता

यो समाचार शेयर गर्नुहोस्

पटकपटक व्यवस्था परिवर्तन गरेर पनि नेपाली जनताले कहिल्यै सुखको सास फेर्न पाएनन्। व्यवस्था परिवर्तनका लागि नेपाली जनताले पटकपटक दल र नेताहरुलाइ साथ नदिएका पनि हैनन् ।फेरिपनि जनताले अपेक्षा गरे अनुसार नेताहरुले सपना बाडे अनुसार केही पनि हुन सकेन। जहिले पनि नेपाली जनता दलहरुका लागि साधन मात्रै बनेनन् राजनीतिक स्वार्थका शिकार बन्न पुगे । चाहे त्यो ४६ मा होस् चाहे दसबर्षे जनयुद ६२/६३ जनआन्दोलन होस्।नेपाली जनतानै शिकार बन्दै आए जतिपनि क्षति भएको छ नेपाल नेपाली जनताकै क्षति भएको देखिन्छ ।
तर नेताहरुको क्षति हैन प्रगति नै देखिन्छ ।
यसको कारणअरुकेहि नभएर जति व्यवस्था फेरिएपनि नेपाली जनताले शासक फेर्न नसकेकै कारण आज सम्म नेपाली जनताले दल र नेताहरु बाट धोका पाउदै आएको अवस्था छ।
साच्चिकै भन्नू पर्दा नेपाली जनताले ४७ पछि पनि धोका पाएकै हुन् ६२/ ६३ पछि ८१ मा आइ पुग्दा पनि दल नेताहरु बाट धोका पाएकै छन्। जुन जुनदल बाट धोका हुदैन ठाने त्यहि दल बाट धोका पाउदै आए।
गणतन्त्र आयो नेपाली जनताका हक अधिकार सुनिश्चित हुने भए सार्वभौम सत्ता सम्पन्न नेपाली जनता हुने व्यवस्था आयो भनेर नेताहरुले विभिन्न खाले रङ्गिन सपना बाडे विभिन्न खाले प्रलोभन देखाए ।स्वतन्त्रता पुर्वक बाच्ने र बोल्ने विरोध गर्ने व्यवस्था आयो भनेर जनतालाई लोभ्याउने काम गरे नेपाली जनताले विश्वास गर्दै आए तर विडम्बना ती सबै विश्वास माथि पानी फेरिएर गयो । जसले गर्दा नेपाली जनता कतै जलेर त कतै आत्म हत्या गरेर मर्न बाध्य भए।युवा जनशक्ति दिनहु हजारौंको सख्यामा बिदेसिन बाध्य भयो। कारण अरु केही नभएर जुन दल ,जो सत्तामा पुग्छ उहीँ सर्वसत्तावादी बन्ने आफ्ना पाटिका कार्यकर्ता लाई मात्रै जनता ठान्ने तर सर्वसाधारण जनतालाई रैति जस्ता ठान्ने प्रवृत्तिले गर्दा नेताहरुको र उनका आसेपासे हरुको प्रगति नेपाली जनताको दुर्गति देसको उधोगति हुन पुग्यो । त्यति मात्रै हैन दलका नेताहरु मात्रै सत्ताका लागि छिनाझपटि गर्ने एकले अर्को लाई भ्रष्टाचार देख्ने एकले अर्कोको अस्तित्व लाई नस्विकार्ने जनताको अवस्था जतिनै दयनिय भएपनि वास्तै नगर्ने चुनावमा जिताएर पठाएका जनताको मत लाई अपमान गर्ने फेरि उस्तै परे तिनै नेपाली जनताले यसो विरोधका आवाज उठाए भने लाठिवुट मात्रै हैन चिसोखोरमा पुर्याउन पनि पछि नपर्ने दल र नेताहरुको गलत प्रवृत्तिले गर्दा आज आएर नेपाली जनताले जुन नियति भोग्नु परेको छ सायद नेपाली जनताले यो र यस्तो अवस्था बारे कल्पना पनि गरेका थिएनन्। नेपाली जुन कुरा सोचेका पनि थिएनन् आज त्यहि भयो । यिनै दलर नेताहरुकै निकम्मा पनले गर्दा नेपाली जनता मात्रै नभएर पछि उदाएका दल हरु समेत यी पुराना भनिएका इतिहास बोकेका भनिएका दल र नेताहरुका शिकार बन्न पुगे। तब नेपाली जनता उहीँ हिन्दिमा भनाइ छ मर्ता न क्या नहि कर्ता भनेजस्तो गरि यतिबेला देसैभर फेरि सडक गल्लि गल्लिमा फेरि राजा आउ देस बचाउ भन्ने नारा सहितको आवाज जताततै गुञ्जन थाल्यो। जसले गर्दा कहिले नेपाली जनतालाई पाटि नै छुट्याउन पनि गाह्रो पर्नेगरि कहिले एकताको नाटक त कहिले गठवन्धनको नाटक गर्दै सत्तास्वादमा रमाएका नेताहरु
यतिबेला फेरि दल र नेताहरुमा एउटा छट्पटाहट हुन थाल्यो र हिजो एक अर्काका जानि दुस्मन बनेका दल र नेताहरु फेरि एक ठाउमा उभिन थालेर फेरि अर्को रङ्गिन सपना सहितको जालो फाल्ने तयारीमा लाग्न थाले।

यतिबेला फेरि नेताहरु नेपाली जनतालाई ललाउने फकाउने तयारीमा जुट्न थालेका छन्।त्यसै नेपाली जनता अब सचेत सजग भएर स्वस्वार्थ भन्दा पनि सिगो देसको साझा स्वार्थमा लाग्नु पर्ने भएको छ। देले यति ठूलो क्षति ब्यहोरेको छ कि त्यसको कुनै लेखा जोखा हिसाब किताब छैन अब नेपाली जनताले बिशेष गरेर ठुला भनिएका दल र पटक पटक मन्त्री प्रधानमन्त्री भएर सत्तास्वादमा रमाउदै आएका दल र नेताहरु सग त्यसको हिसाब किताब माग्ने बेला आएको छ। अब नेपाली जनताले प्रस्न गर्नेबेला आएको छ तिमिले दसकौ सत्तामा रहेर देस र जनताको लागि के गर्यौ।देस यतिका रिणमा कसरी डुब्यो हिजो चप्पल लगाएर राजधानी छिरेका तिमी र तिम्रा आसेपासे हरुले राजधानी लगायत विभिन्न शहरमा यसरी अकुत सम्पति कसरी जोड्यौ के बिदेसि बैकमा तिमिले अकुत सम्पति जम्मा गरेको भन्ने कुरा सत्य हो। नेपाली जनतालाइ यसरी बिदेसिनु पर्ने बाध्यकारि अवस्था किन आयो। हिजो एउटा श्री पाच सरकार का नाममा राजाले सिङ्गो देस सखाप पार्यो भन्ने नेताहरुले आज तीन सरकारका नाममा छोटेबडे राजा किन जन्मायौ। हिजो बोल्न नपाउने भनिएको व्यवस्था फालेर फेरि वोल्ने हरुको मुख बन्द किन गर्दैछौ ।यी र यस्ता यावत बिषय हरुका बारेमा अब वहस हुनु जरुरि छ।
फेरि व्यवस्था जतिपटक फेरेपनि आखिर शासक ता उनै हुने भएपछि व्यवस्था फेर्नु र नफेर्नुले खासै अर्थ राख्ने कुरै भएन।हिजो राजतन्त्र छदा मन्त्री प्रधानमन्त्री खाएकाहरु नै गणतन्त्र आएपछि सासक नै बन्ने र फेरि भोलि राजतन्त्र आएपनि तिनै शासक बन्दैनन् भन्ने ग्यारेन्टी कहाँ छ र ? त्यसैले नेपालमा जबसम्म ती छेपारे प्रवृति फेरिदैन तब सम्म व्यवस्था मात्रै फेरिनुले खासै अर्थ राख्दैन। जबसम्म यति पटक र उतिपटक मन्त्री प्रधानमन्त्री बन्ने होडबाजी नेताहरुमा चलि रहन्छ। तबसम्म नेपाल र नेपाली जनता दल र नेताहरुका सत्ता स्वार्थका शिकार भइनै रहन्छन्। त्यसैले अबको जटिल प्रस्न भनेको कहिलेसम्म नेपाल र नेपाली जनता सत्ता स्वार्थका शिकार भइ रहने। आजको जटिल प्रस्न यहि हो। जतिनै पटक व्यवस्था फेरिएपनि शासक नफेरिनु नेपाल र नेपाली जनताका लागि दुर्भाग्य भएको छ।
जसले गर्दा कहिले नया वोतल पुरानो रक्सि
कहिले नया रक्सि पुरानो वोतल भनेजस्तो
देसमा अवस्था र व्यवस्था दसकौ देखि यो भनाइसग मेल खादै आइरहेको अवस्था छ।त्यसैले भन्ने पर्ने हुन्छ। यहाँ कहिले टाउकाकै मूल्य तोक्ने मात्रै हैन कहिल्यै नजोडिने नदिका दुई किनारा जस्ता भएका दल र नेताहरु सत्ता स्वार्थका लागि कहिल्यै नछुट्टिने कसम खाएर राजनीति गर्ने , अजम्बरि भएको घोषणा गर्ने ,कहिले फेरि एकले अर्को लाई नङ्ग्याउनकै लागि मात्रै हो राजनिती गरेको भनेझै गर्ने त अहिले फेरि यसो कुखुराका चल्ला माथि अकासमा चिल घुमेको देखेर डल्लो परेझै गरि एकै ठाउमा उभिएर अप्राकृतिक नाटक गर्न थालेका नेताहरु सँग जहाँ देख्यो त्यहि यी र यस्ता प्रस्नहरु गर्नै पर्ने हुन्छ। ए नेता कहिले सम्म सत्तास्वार्थको एकता ।

प्रतिकृया दिनुहोस