Wednesday, April 30News That Matters

सबै नेतामा बेलैमा चेत खुलोस्

यो समाचार शेयर गर्नुहोस्

सँसारमा प्राणि जतगतमा सबै भन्दा बढि स्वतन्त्रता मानव जगतलाइ चाहिन्छ त्यसैले हरेक मानिसले स्वतन्त्रता खोज्छ। स्वतन्त्रता पुर्वक बाच्न चाहन्छ तर जब बाच्न पनि मुस्किल हुन थाल्छ तब उ स्वतन्त्रता खोज्दैन किन भने पहिला त बाच्नु पर्यो त्यसैले उ बरु अरु कसैको दमनमा शासनमा निर्देसनमा आदेसमा चलेर भएपनि बाच्न चाहन्छ। किन भने सबैलाई पहिला त यो धरतिमा जन्म लिएपछि बाच्नु छ। बाच्नकै लागि अरु सग बाधिन तयार हुन्छ।
हिजो हाम्रा पुर्खाले बाच्नकै लागि अरुको शासनमा बाधिन बाध्य थिए। राणा शासन देखि लिएर राजा महाराजा मात्रै हैन टाठाबाठा मुखिया जिम्माल डिठ्ठा विचारि देखी तलसम्म कतै न कतै कोहि न कोहि सँग कुनै न कुनै तवरले बाधिएका थिए।
जसलाई सत्ययुग भनिन्थ्यो। भन्नलाइ सत्ययुग भनिन्थ्यो तर बाच्नलाइ हत्ते र दुख गरेर बाच्नु पर्थ्यो।
त्यसैले नेपालमा सबैभन्दा बढि रहेको शासन व्यवस्था राजसँस्था रहि रह्यो ।
जसलाइ कहिले प्रजातन्त्र कहिले राजतन्त्र व्यवस्था भनियो ।
तर ४६ पछि सवैधानिक राजतन्त्र सहितको वहुदलिय व्यवस्था आयो । विभिन्न नामका दल हरुले जन्म लिदै गए नेपाली जनता स्वतन्त्रता पुर्वक बाच्न र गरि खान पाउने आसामा रमाए खुसि भए ,अब देसमा जनताका लागि जनता बाट चुनिएर गएका प्रधानमन्त्री मन्त्री हुने भए भन्ने विश्वासले गर्दा नेपाली जनतामा एउटा फरक आसा जाग्यो । फेरिपनि नेपाली जनता दल र नेताहरुको कतै न कतै कहि न कहि कुनै न कुनै दमन र स्वार्थको शिकञ्जामा फस्दै गए। पाटिहरुको बोलाबाला हुन थाल्यो नेताहरु सत्ताका लागि छिनाझपटि गर्न थाले त्यसमा पनि तत्कालीन अवस्थामा काङ्ग्रेस र एमालेमा सत्ताको छिनाझपटिको खेल हुँदै गयो । नेपालि जनतालाइ नेताहरुले बिर्सदै जानथाले पाटि सगठन बनाउने नाममा आसेपासे अरौठे भरौटे चरौटे हरुले जन्म लिदै जान थाले नेता हरु पाटिमा र आफ्नै अघिपछि मात्र हिड्ने कार्यकर्तामा केन्द्रित मात्रै भएनन् चप्पल पड्काउदै राजधानी छिरेर महल खडा गर्न अकुत सम्पति जोरजाम गर्न थाले ।जसले गर्दा देसमा फेरि शस्त्र युद्ध शुरु भयो ।देस तहस नहस हुँदै गयौ को कतिखेर कहाँ कसको हातबाट मारिन्छ थाहै नहुने अन्यौताको अवस्था आयो। जसले गर्दा हजारौं नेपाली जनताले शहादत प्राप्त गरे कति सहिद वेपत्ता घाइते भए कुनै लेखाजोखा गर्नै नसकिने अवस्था आयो त्यहि बिचमा राजदरबार हत्या काण्ड भयो । दसबर्षे जनयुद्ध पछि जनआन्दोलन शुरु भयो राजसँस्था अन्त्य भयो सघिय लोकतान्त्रिक गणतन्त्र स्थापित भयो। सविधानसभा चुनाव भयो सविधान बन्यो फेरि जनताले जनताकै बिचबाट जनताकै छोरालाइ मतदान गरेर चुन्न पाउने जनताकै छोरा शासक बन्ने व्यवस्था आयो भनियो । नेपाली जनता यति खुसि भएकि कुनै सिमा रहेन। तर त्यो खुसिको सिमा डेड दसक पनि टिक्न सकेन नेपाली जनता जताततै दुख कष्टमा बाच्न बाध्य हुदै गए देस छाडेर परदेसिन बाध्य भए। गाँस बास कपास, स्वास्थ शिक्षा रोजगारको ग्यारेन्टी भनेर घोषणा गरेका दल र नेताहरु विशेष गरेर काङ्ग्रेस भन्दा पनि चर्का चर्का भाषण गरेका कम्युनिस्ट नेताहरु झन् दिनप्रतिदिन दलाल माफिया तस्कर हरु सँग पौठेजोरि खेल्दै जान थाले पाटि गुट भन्दा माथि कुनैपनि कम्युनिस्ट उठ्न सकेनन्। यहासम्म कि सत्ताका लागि कुकुरले हड्डिका लागि छिनाझपटि गरे जस्तो गर्न लागे । हिजो स्वतन्त्रता पुर्वक स्वदेसमै केहि न केही गरेर बाच्न पाउने सपना देखेका नेपाली जनताका सबै सपना चकनाचुर हुन थाले । देस रिणमा डुब्न थाल्यो ।
दल र नेताहरु भ्रष्टाचारमा चुर्लम डुब्दै जान थाले। त्यतिले नभएर नेताहरु भ्रष्ट तस्कर माफियाका रक्षक बन्न थाले राष्ट्र राष्ट्रियता का बिषयमा भने भक्षक हुँदै जान थाले। जसले गर्दा देसैभर गणतन्त्र विरोधी राजतन्त्र पक्षधर जनआवाज उठ्न थाल्यो।नेताहरु भने स्वतन्त्रता पुर्वक बाच्न पाउने हक अधिकार प्राप्त उपलब्धि गुम्न दिनु हुदैन भन्न थाले तर जनता नेताहरु देखि यति आजित भएका रहेछन् कि बरु साङ्लोमा बाधिन तयार हुने तर स्वदेसमा बाच्न पाउने व्यवस्था रोज्न खोजि रहेका त छैनन भन्ने सङ्केत हरु सर्वत्र देखिन थाले। पछिल्ला केही दिन यता त देसैभर गणतन्त्र विरोधी आवाज सहित राजा आउ देस बचाउ भन्ने नारा हरु घन्कन थाले। यसले के सङ्केत गर्छ भने नेपाली जनता बरु स्वतन्त्रता त्याग्न र दमन सहन तयार भए जसले गर्दा गणतन्त्र स्विकार्न तयार भएनन् कि भन्ने प्रस्न हरु उब्जिन थाले। फेरि देसमा जुन सुकै तन्त्र र व्यवस्था आएपनि सत्तामा पुग्ने शासक उनै बन्ने जुन अवस्था आयो यसले गर्दा पनि जनता झन् रुष्ट देखिन थाले त्यसैले गणतन्त्र ल्याउने असली गणतन्त्र नायकहरु सत्ता बाहिर ,गणतन्त्र राजतन्त्र जुन सुकै तन्त्र आएनि फरक नपर्ने जुन व्यवस्था आएपनि सत्तामा पुग्न पाउने गरेका सत्तामा पुग्दै बर्षौ शासक बनेका हरु सत्तामा रहि रहने अवस्थाले गर्दा यतिबेला भने नेपाली जनताले अलि फरक चासो राखेको देखिन्छ।
यतिबेला देसमा जुन किसिमको भुस भित्र आगो सल्कि रहेको छ यसको कारण अरु कोहि नभएर यिनै ठुला भनिएका दल र नेताहरु नै हुन् भन्दा फरक नपर्ला।

त्यसैले भन्नै पर्ने हुन्छ अब राजा आउ देस बचाउ भन्दै जनता सडकमा निस्कन थालेपछि राजालाई लाई गालि गर्दै यस्तो राजा उस्तो राजा भनेर उफ्रिदै जतिनै शक्ति प्रदर्सन गरेपनि शक्तिशाली छिमेकी राष्ट्र चिन भारत लाई दोष दिदै जतिनै कुर्लिदै भाषण गरेपनि जनता पत्याउने पक्षमा देखिदैनन्।
त्यसैले बरु कसरी जनताको मन जित्न सकिन्छ कसरी जनताका समस्या लाइ सम्बोधन गर्न सकिन्छ भन्ने तिर लागेर फेरि एक पटक हिजो खुल्ला मञ्चमा उभिएर सबै नेताले जनता सँग माफि मागे जस्तै गरि फेरि एक पटक जनता सँग माफि माग्न तयार हुनु पर्छ।जनतालाइ आज सम्म गरेका गल्ती बारे स्पष्ट जवाफ दिन सक्नु पर्छ भ्रष्टाचारि लाई नाङ्गे झार पार्न र स्वय भ्रष्टाचारि भए नाङ्गिन तयार हुन सक्नु पर्छ। विदेसमा राखेको सम्पत्ति फिर्ता ल्याएर राष्ट्रिय सम्पति बनाउन सक्नु पर्छ। ४६ पछि नेताहरुले कमाएको अवैध सम्पत्ति जफ्त गर्ने वा बुझाउने साहस गर्न सक्नु पर्छ। नत्र समयमै यदि दल र नेताले नसोच्ने हो भने नेताहरुको अवस्थाको ता कुरै नगरौ व्यवस्था खतरामा पर्न सक्छ व्यवस्था मात्रै नभएर सिङ्गो देस खतरामा पर्न सक्छ देस खतरामा पर्नु भनेको हामी तीन कर‍ोड नेपाली सबै खतरामा पर्नु हो ।
त्यसैले भन्नै पर्ने हुन्छ उहीँ हिन्दिमा भनाइनै छ आगे चेते, चेते नहि पिछे चेते , होते नहि भनेजस्तो नहोस् सबै नेतामा बेलैमा चेत खुलोस् ।त्यस्तो अवस्था नआओस् । जुन अवस्थाले गर्दा सिङ्गो राष्ट्र खतरामा पर्ने खतरा नआओस् ।

प्रतिकृया दिनुहोस