पोखरा
बिहिवार नेपाल बिध्यार्थि सँघ (नेविसघ)ले देसैभर भएको स्वतन्त्र विध्यार्थि युनियन (स्ववियु)को सम्पन्न निर्वाचनमा नेविसँघलाइ हराएको आरोप लगाउदै कास्कीका सभापति किशोर दत्त बराल लाई नालायक अध्यक्ष भएको सँज्ञा दिएको छ।
ऐतिहासिक महत्त्व रहेको निर्वाचनको समयमा नेविसँघलाइ नै हराउन लागि परेको वताउदै नेविसँघका केन्द्रिय सदस्यहरूले प्रेस विज्ञप्ति सहित कारबाहीको माग गरेका छन् ।
बिहिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उनिहरुले पत्रकार हरुबिच सो कुराको जानकारी गराएका हुन्।
आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले सभापति बराल विरुद्ध केन्द्रीय अनुशासन समितिमा कारबाहीको लागि उजुरी दर्ता गरेको जानकारी दिएका हुन्।
पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थान(डब्लुआरसि)को निर्वाचनमा नेविसँघका केन्द्रिय समितिको तर्फबाट केन्द्रिय प्रतिनिधिका रूपमा केन्द्रिय सदस्यद्वय राजेन्द्र बराल र संस्कार कोइरालालाई खटाइएको थियो ।
नेविसंघ डब्लुआरसि ईकाइलाई केन्द्रिय समितिको तर्फबाट सम्पुर्ण अधिकार दिई उम्मेदवारी टुंग्याउनु भनी निर्देशन दिएको थियो।
उक्त निर्देशन अनुसार नेविसँघको तर्फबाट सचिवमा प्रशान्त उपाध्यायले उम्मेदवारी दिएका थिए भने नेविसँघको केन्द्रीय नेतृत्वले पनि उपाध्याय लाई नै सचिवका लागि उमेदवार तोकेको थियो तर सभापति बरालकै निर्देशनमा नेविसँघकै केन्द्रीय सदस्य रेजिना खड्का मार्फत उनको मनोनयन पत्र च्यात्न लगाइएको उनीहरुले आरोप लगाउदै सोही कारणले उपाध्यायको नाम अन्तिम सूचीमा समावेश हुन नसकेको वताएका छन्
निर्वाचन पुर्व उम्मेदवारको नाम प्रकाशनको मागसहित नेविसंघले तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका थिए । तर पछि स्वँयम सभापति पदका उम्मेदवार सौगात पण्डितकै नेतृत्वमा ताला फुटाइएकबध भशगता पनि
यी सबै गतिविधि भने सभापति बरालको निर्देशनमा नै भएको आराेप केन्द्रीय सदस्य राजेन्द्र बरालले लगाएका छन्।
सोहिक्रममा नेविसंघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले समेत सचिवको आधिकारिक उम्मेदवार प्रशान्त उपाध्याय हो भनि डब्लुआरसीमा औपचारिक जानकारी गराइएको भए पनि सभापति बरालले सचिव कायम नभएको अवस्थामा पनि निर्वाचनमा सहभागी हुनु भनि नेपाल कम्प्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्र र क्याम्पस प्रशासनसँग संम्बाद गरी नेविसंघको अस्तित्व लाइनै समाप्त पार्नेगरि समग्र सँगठनलाई नै लिलाम गरेकाे उनीहरुकाे आराेप छ।
केन्द्रीय सदस्य नसिव गुरुङले भने,स्ववियु निर्वाचनका लागि उठाइएको चन्दा बरालले दुरुपयोग गरेको आरोप लगाएका छन्।
त्यस्तै अर्का केन्द्रीय सदस्य अन्जान थापाले पनि स्ववियु निर्वाचनको लागि उद्योगी व्यवसायी, शुभचिन्तक लगायत सबैबाट चन्दा सङ्कलन गर्ने तर निर्वाचनमा अभिभावकीय भूमिका निर्वाह नगरी आर्थिक अपचलन गर्दै नेविसंघको विरुद्ध लागेर मत मागेको आरोप सभापति बराललाई लगाएका छन् ।
त्यस्तै उनीहरुले सभापति बरालले नेविसँघका उम्मेदवारलाई मत माग्नुपर्ने ठाउँमा सामाजिक सञ्जाल मार्फत खुलेआम रुपमा स्वतन्त्र लगायत आफ्नाे इच्छाले मताधिकार प्रयाेग गर्न अपिल गरेकाेमा आपत्ति जनाउँदै याे नेपाली कांग्रेस पाटि हित विपरित भएको भन्दै तत्काल बराललाई नेपाली कांग्रेसकाे साधारण सदस्य समेत नरहने गरि निलम्बन गर्न अनुशासन समिति नेपाली काङ्ग्रेस कास्की, नेपाली काङ्ग्रेस गण्डकी प्रदेस ,नेपाली काङ्ग्रेस केन्द्रीय समितलाइ बोधार्थ सहित कारवाहिको माग गरेका छन्
उनीहरुले एैतिहासिक लाेकतान्त्रिक पार्टी नेपाली कांग्रेसको स्वाभिमान लाइनै बिक्री गर्न तत्पर भएका बराललाई बिहीबार आजकाे मितिबाट अबकाे ७ दिनभित्रै कारबाही नगरे थप शसक्त रुपले आन्दोलनका कार्यक्रमहरु गर्ने घाेषणा समेत गरेका छन् ।
स्ववियु निर्वाचन भएका पाेखराका ४ वटै क्याम्पसमा नेविसंघ पराजित भएको छ । लामाचौरकाे इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार विजयी हुदाँ पृथ्वीनारायण क्याम्पस, नर्सिङ क्याम्पस र वन विज्ञान अध्ययन सँस्थानमा एमाले निकट अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् ।
अहिले नेवि सँघले सभापति बराललाई कारबाही गर्नुपर्ने माग नै विशेष गरी उनका कारण पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थान लामाचौरको निर्वाचनमा नेविसँघ बाट सचिवको उम्मेदवार नहुनु प्रमुख कारण रहेकाे वताइएको छ ।