

पोखरा
शनिबार १६।पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवशायि सँघ कास्कीको नवबर्ष शुभकामना आदान प्रदान ,व्यवशायिक प्रशिक्षण तथा २५ अौ बार्षिकोत्सव साथै नवबर्ष २०८२ (क्यालेन्डर) भित्तेपात्रो विमोचन कार्यक्रम १६ गते शनिवार प्रमुख अतिथि पोखरा महानगर पालिका प्रमुख मेयर धनराज आचार्य ज्युको आतिथ्यतामा सम्पन्न भएको छ।

प्रमुख अतिथि मेयर आचार्यले २५औं वार्षिकोत्सव तथा नववर्ष २०८२ सालको शुभकामना आदानप्रदान,व्यवशायिक प्रशिक्षण कार्यक्रममा भित्तेपात्रो विमोचन गर्नुका साथै व्यवशायलाइ कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्नेबारे आफ्नो व्यवशायिक जीवन र व्यवशायिक अनुभब बारे जानकारी गराउनु भएको थियोे ।
सोहिक्रममा व्यवशायिलाइ व्यवशायिक सुझाब दिदै आफुलाइ २५ अौ बार्षिकोत्सवको अवसरमा नयाबर्षको शुभकामना सहित आतिथ्यताका लागि आमन्त्रण गरेकोमा महानगर पालिकाको तर्फ बाट धन्यवाद दिदै
व्यवशाय सँघ २५ बर्षमा प्रवेस गर्न सफल भएको भन्दै खुसि ब्यक्त गर्दै प्रशँसा समेत गर्नु भएको थियो ।

सोहिक्रममा प्रमुख अतिथि मेयर आचार्यले आगामी दिनमा व्यवशायिक हक हित तथा सँरक्षणका लागि आफू सदैव तयार रहेको प्रतिवद्दता समेत जनाउनु भएको थियोे।
पोखराको बास्तोलाथर सिल्भर पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रममा बिशिष्ट अतिथिहरू जिल्ला प्रहरी कार्यालय कास्की डिएसपि तथा सुचना अधिकारि वसन्त सर्मा, उध्योग बाणिज्य सँघका महासचिव शोभा गौतम, सँस्थाका सस्थापक अध्यक्ष नारायण पौडेल लगायत विभिन्न सँघ सँस्थाका अध्यक्ष प्रतिनिधि हरु को समेत उपस्थिति रहेको सो कार्यक्रममा बिषयगत प्रशिक्षक ला. चन्द्रकुमार केसी, रबी आचार्य, नवीन श्रेष्ठ, मानबहादुर पुजारा, पूर्व अध्यक्षहरू, सँस्थाका सल्लाहकार हरू, आजीवन सदस्य हरुको समेत उपस्थिति रहेको थियो , उद्घाटन कार्यक्रम लगत्तै नया बर्ष २०८२ भित्तेपात्रो प्रकासनका लागि सहयोग गर्ने व्यवशायि पदाधिकारी तथा सदस्य हरुलाइ सन्मान गरिएको थियो ।

आयोजित कार्यक्रममा बिषयगत प्रशिक्षकले उपस्थित सम्पुर्ण व्यवशायिलाइ आफ्नो व्यवशाय लाई कसरी प्रवर्दन तथा सँरक्षण गर्न सकिन्छ भन्नेबारे प्रशिक्षण प्रदान गराउनु भएको थियो।

कार्यक्रममा सँस्थाका अध्यक्ष चिन्तामणी खरेलले उपस्थित सबैमा स्वागत मन्तब्य सहित सँघको प्रगति र भाबि योजना बारे प्रकाश पार्दै उपस्थित सबैमा कार्यक्रम सफल बनाउन महत्त्वपूर्ण उपस्थिति जनाएको वताउदै विज्ञापन दिएर सहयोग गर्ने सबैमा आभार ब्यक्त गर्दै धन्यवाद दिनु भएको थियो

सँघका अध्यक्ष चिन्तामणि खरेलको अध्यतामा भएको आयोजित कार्यक्रम सँघका महासचिव रामचन्द्र तिवारिले सञ्चालन गर्नु भएको थियो भने नया बर्ष ८२ को सफलताको शुभकामना आदानप्रदान गर्नुका साथै व्यवशायि सदस्यलाइ लोगो युक्त टिसर्ट समेत प्रदान गरिएको थियोे ।