Wednesday, April 30News That Matters

राजनीति भनेको सेवा हो।ब्यक्तिगत लाभका लागि हैन, जनताको हितका लागि हो।-मन्त्री थापा

यो समाचार शेयर गर्नुहोस्

पोखरा

पोखरा / गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सरकार बाट सुविधा पाउने सरकारि निवास मात्रै नभएर आफुले पाएको तलब भत्ता विभिन्न सँघ सस्थालाइ सहयोग गरेर सामाजिक सेवामा खर्च गरि वास्तविक लोकतान्त्रिक इतिहास बनाउन सफल हुनु भएको छ।

वहाले गएको वर्षमा मात्र आफुले पाएको सरकारी तलव भत्ता सहित १० लाख एक हजार ३२४ रूपैयाँ सामाजिक सेवाका लागि प्रदान गर्नु भएको छ।

प्रदेश सभा सचिवालय र मन्त्रालयबाट २०८० फागुन देखि हाल सम्म बैक खातामा जम्मा भएको प्राप्त रकम ९ लाख ९ हजार ९४ रुपैयाँ सहित आफूले थप गरी १० लाख एक हजार ३२४ रुपैयाँ विकास निर्माण र सामाजिक सेवामा खर्च गर्दै आएको वताउनु भएको छ ।

वहाले मँगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बैठक भत्ता मासिक पारिश्रमिक र अन्य सुविधा समेत सामाजिक सेवामा खर्च गरेको पत्रकार बिच जानकारी गराउनु भयो।

कास्की क्षेत्र २ (ख) बाट निर्वाचिन सांसद समेत रहेका मन्त्री थापाले विभिन्न वडामा रहेका सँघ सस्था क्लव बिध्यालय साथै सर्वसाधारण लाई उपचार खर्च समेत दिएर सहयोग गर्दै आएको जानकारी गराउनु भयो ।

सरकार बाट प्राप्त निवासको सुविधा समेत नलिएका मन्त्री थापाले पहिलो र दोस्रो कार्यकाल समेत गरेर ७४ सालदेखि आजका दिन सम्म आइपुग्दा ५८ लाख ५८ हजार ५ सय ४३ रुपैया आफ्नो खातामा जम्मा भएको र बाकि आफ्नो ब्यक्तिगत रकम थप गरि ७९ लाख ४२ हजार रुपैयाँ ३२४ रुपैयाँ तलब र भत्ता सहित आफ्नो निजि रकम समेत थप गरि सामाजिक क्षेत्रमा खर्च गरेको सोही अवसरमा जानकारी गराउनु भयो ।

मन्त्री थापाले आफूले जनताको चाहना पूरा गर्न आफ्नो बलावुताले भ्याए सम्म कुनै कसर बाँकी नराखेको वताउदै, प्रदेश सरकार सँग सिमित साधन स्रोत भएकाले अझै भने जस्तो काम गर्न नसकेको जानकारी गराउनु भयो ।

गण्डकी प्रदेशको नामाकरणको विषयमा आफुले महत्वपूर्ण भूमिका खेलेको स्मरण गराउदै,
वहाले सँघ सरकारले जवसम्म प्रदेशलाई स्वनिर्भर बनाउने गरी कानून बनाएर सोही अनुरुप बजेट दिँदैन तवसम्म सोचे अनुसार प्रदेश सरकारले कुनैपनि विकास निर्माण सगै जनहितकारि काम गर्न नसक्ने धारणा राख्नु भयो ।

गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई कामकाजको भाषा समेत बनाउने बारे आफु अगाडि बढेको समेत उल्लेख गर्नु भयो ।
आफू बर्षौ बैङकिङ क्षेत्रमा लामो समय कार्यरत रहेको उल्लेख गर्दै

मन्त्री थापाले आफुले अटो रियल स्टेटमा समेत लगानि गरेको करिब १२ बर्षको उध्योग बाणिज्य सँघमा अध्यक्ष समेत रहेर जिम्मेवारी पुर्वक भुमिका निर्वाह गरेको उल्लेख गर्दै
आफू राजनितीमा प्रवेस गरे सगै आफू कुनैपनि व्यापार व्यवशायमा नरहेको घरपरिवार लाई जिम्मेवारी दिएको समेत वताउनु भयो ।

PRAGITA

राजनिती भनेको सेवा हो ।सेवा सुविधा ब्यक्तिगत लाभका लागि हैन ,जनताको हितका लागि हो भन्ने मान्यतालाइ आत्मसात गरि आफुले मन्त्री भएदेखि आजका दिनसम्म राज्य बाट प्राप्त कुनै पनि रकम निजिरुपले खर्च नगरेको वताउनु भयो ।


चुनाव पुर्व कुनैपनि तलब भत्ता नलिने घोषणा गर्नु भएको मन्त्री थापाले आफुलाइ प्राप्त तलब भत्ता सामाजिक सेवामा खर्चेर मन्त्री थापाले सेवा सुविधा मजैसग लिने र लोकतन्त्रको गुणगान गाउने दल र अन्य नेता मन्त्रीहरु लाई समेत चुनौती दिनु भएको छ।

प्रतिकृया दिनुहोस