Wednesday, April 30News That Matters

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले मुख्यमन्त्री पाण्डेलाई कास्की शाखाले प्रमुख जिल्ला अधिकारी पाण्डेलाई ध्यानाकर्षण पत्र बुझायो

यो समाचार शेयर गर्नुहोस्

पोखरा

चैत्र १८/सोमबार /राजावादि दुर्गा प्रसाइको नेतृत्वमा भएको आन्दोलनको क्रममा एभिन्युजकर्मि पत्रकार राजेस रजकको योजनावद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा नेपाल पत्रकार महासँघ आन्दोलित भएको छ ।
नेपाल पत्रकार महासँघ केन्द्रीय समितिको आह्वानमा सोमबार नेपाल पत्रकार महासँघ गण्डकी प्रदेस तथा पत्रकार महासँघ कास्कीले रजकको हत्या सगै देसमा भएका अराजक गतिविधि प्रति सिङ्गो पत्रकार जगत गम्भीर भएको जनाउदै ध्यानाकर्षण पत्र बुझाएको छ।
पत्रकार महासघ गण्डकी प्रदेस अध्यक्ष रमेस पौडेलको नेतृत्वमा पत्रकार महासँघ पदाधिकारी तथा सदस्य साथै नागरिक समाज मानवधिकारकर्मि सहितको उपस्थितिमा अध्यक्ष रमेस पौडेलले पत्र वाचन गरि गण्डकी प्रदेस माननीय मुख्यमन्त्रि सुरेन्द्र पाण्डे ज्यु मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको छ। ध्यानाकर्षण पत्र बुझ्दै सोही अवसरमा मुख्यमन्त्री पाण्डेले १५ गते काठमाडौ तिनकुनेमा भएको घटनाले आफू गम्भीर भएको वताउदै समाचार सँङ्कलनका लागि आफ्नो कार्यक्षेत्रमा खटिइ रहेका पत्रकारको निधनले दुख प्रकट गर्दै जघन्य अपराधिक अराजक तत्व हरु बाट भएको पत्रकार रजकको हत्याले आफुलाइ गम्भीर बनाएको वताउदै हत्या भएका पत्रकार रजक लाई कुनैपनि हालतमा न्याय दिलाएरै छाड्ने प्रतिवद्दता समेत जनाउनु भयो ।

त्यसैगरी पत्रकार महासँघ कास्की अध्यक्ष माधव वरालको नेतृत्वमा पुर्व अध्यक्ष साथै महासँघ पदाधिकारी तथा सदस्य हरुको उपस्थितिमा अध्यक्ष वरालले पत्र वाचन गरि कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे ज्यु मार्फत नेपाल सरकार प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले घटना प्रति दुख ब्यक्त गर्दै नेपाल सरकार तथा गृहमन्त्रालय समक्ष ध्यानाकर्षण पत्र पठाउने प्रतिवद्दता जनाउनु भयो ।

१५ गते भएको घटना बाट ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा सँलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही सहितको माग राख्दै उनको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने सञ्चारमाध्यम र सँञ्चारकर्मी माथि आक्रमण गर्ने सबैलाई कानूनी कठघरामा उभ्याउनु पर्ने क्षति पुर्याइएका सञ्चारगृह र सँञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउन महासँघ गण्डकी प्रदेस तथा कास्की शाखा दुबै सँघले नेपाल सरकार सँग जोडदार माग गरेका छन्।

 नेपाल पत्रकार महासँघको विरोध कार्यक्रमअन्तर्गत सोमबार केन्द्रीय समिति, प्रदेश समिति र शाखामार्फत नेपाल सरकारलाई ध्यानाकर्षणपत्र बुझाइएको हो ।


प्रदेशमा मुख्यमन्त्री वा आन्तरिक मामिला मन्त्री र शाखा समितिले प्रमुख जिल्ला अधिकारीलाई देसैभर ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

 १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा हिंसात्मक प्रदर्शन भैरहेको बेला भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको थियो । अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुइँतल्लामा आगो लगाउनुको साथै ढुंगामुढा गरी क्षति पुर्याइएको, कान्तिपुर टेलिभिजनको भवनमा ढुङ्गा मुढा गरी क्षति पुर्याइएको, हिमालयन टेलिभिजनको सवारीसाधनमा तोडफोड गरिएको, पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको, फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको छ ।भने काठमाडौका कतिपय स्थानमा सरकारि तथा निजि सवारीमा आगजनी गराउनुका साथै निजि क्षेत्रमा समेत त‍ोडफोड आगजनी तथा लुटपाट मच्चाइएको थियो ।

प्रतिकृया दिनुहोस