

पोखरा /पोखरा महानगर पालिका सहरि स्वास्थ्य प्रवर्द्धन केन्द्र तथा बाग्मति प्रदेस नुवाकोट रानिपौवा ककनि गाँउपालिका स्वास्थ्य स्वँय सेविका भ्रमण टोलि बिच , नया बजार केन्द्र परिसरमा चैत्र २० गते बिहिवार अनुभव भेटघाट आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

गाउपालिकाको नीति तथा कार्यक्रम अन्तरगत महिला स्वास्थ्य कर्मिको असल अभ्यास आदानप्रदान तथा भ्रमण कार्यक्रम अन्तरगत ककनि गाउपालिका उपमेयर मिठु तमाङको नेतृत्वमा आएको भ्रमण टोलि लाई शहरी स्वास्थ्य प्रवर्द्धन प्रमुख कुस्मराज पौडेल साथै गण्डकी प्रदेस पार्षद सञ्चारकर्मि तथा सुचना अभियन्ता शिबराज बस्ताकोटि शिवदाइले एक कार्यक्रमका बिच स्वागत गर्नु भएको छ।
कार्यक्रममा ककनि गाउपालिकाको तर्फबाट उपमेयर मिठु तमाङ वडा अध्यक्ष पदम् वहादुर श्रेष्ठ वलामि साथै ककनि स्वास्थ शाखा प्रमुख धमनसिह राई साथै स्वास्थ्य स्वँय सेविका समेतको टोलि र पोखरा शहरि स्वास्थ्य प्रवर्दन शाखा सिनियर मेडिकल अफिसर तथा सुचना अधिकारि सुनिता गिरि समेतको टोलि बिच एकआपसमा अनुभव आदानप्रदान तथा स्वास्थ्य सेवा सम्वन्धि सुझाब सल्लाह सहित छलफल भएको छ।

सोही अवसरमा प्रमुख पौडेलले उपमेयर तमाङ लाई शाखा को अवस्था र सेवा प्रवाह बारे जानकारी गराउनुका साथै आफ्नो २९ बर्षे कार्यकाल अनुभव बारे वताउनु भएको थियोे। सोही अवसरमा वहाले यसरी पालिका पालिका बिच स्वास्थ्य सेवा बारे अनुभव आदानप्रदान तथा भ्रमण कार्यक्रम हुनुले स्वास्थ्य सेवा प्रवाहमा थप बल पुग्ने वताउनु भयो।
सोहि अवसरमा स्वास्थ्य सेविका समेतको भ्रमण टोलिले कार्यालयमा अवलोकन भ्रमण गरेको थियो

कार्यक्रममा एक आपसमा भएका अनुभव साटासाट गरिएको थियोे भने ,
उपमेयर तमाङलाइ प्रवर्द्धन शाखा पोखराको तर्फबाट पौडेल तथा बस्ताकोटिले मायाको चिनो सहित सन्मान गर्नु भएको थियो भने ककनि गाउपालिका तथा स्वास्थ्य प्रवर्द्धन स्वास्थ्य स्वँय सेविकाको टोलि सहितको भ्रमण टोलि नेतृत्व उपाध्यक्ष तमाङले मायाको चिनो हस्तान्तरण गर्दै आफ्नो ककनि गाउपालिका भ्रमणका लागि निमन्त्रणा गर्नु भएको छ ।
कार्यक्रम सिनियर अफिसर बैजनथा गुप्ताले स्वास्थ्य सेवाको बारेमा आफ्नो अनुभव सुनाउनु भएको थियोे भने सुचना अधिकारी सुनिता गिरिले स्वागत मन्तब्य सहित आफ्नो अनुभव सुनाउनु भएको थियो।

भ्रमण टोलिमा ककनि गाउपालिका उपाध्यक्ष वडा अध्यक्ष स्वास्थ शाखा प्रमुख लगायत महिला स्वास्थ स्वँय सेविकाहरुले यसरी अनुभव आदान तथा पोखरा भ्रमण गर्न पाएकोमा भ्रमण उपलब्धिमुलक भएको वताउदै खुसि ब्यक्त गर्नुभएको थियो।
भ्रमण टोलि पोखराका अन्य ठाउको समेत अवलोकन गरि फर्किने उपाध्यक्ष तमाङले बताउनु भयो ।