

त्यसैले भन्नै पर्ने हुन्छ । हिजो नेपाली जनताले विश्वास गरेर सत्तामा पुर्याएका दल र दलका नेता हरु विशेष गरेर ठुला भनिएका दलका शिर्ष भनिएका नेताहरुका लागि
कि त सच्चिने कि त सक्किने दुइटा बाटा खुलेका छन्। त्यसैले अब सच्चिने कि सक्किने भन्ने निर्णय लिने जिम्मेवारी पनि नेताहरुकै छ। यदि नेताहरु अब पनि चेताएनन् र सच्चिने यात्रा तिर लागेनन् भने नेपाली जनता त्यस्ता नेताका पछि लागेर सति जानेवाला पनि छैनन्।
नेताहरुमा हेक्का रहोस्। नेपाली जनता हिजोका जस्ता आज छैनन्। आजका जस्ता भोलि हुदैनन्। हिजो दसकौ स्थापित राजसँस्था लाई फ्याकेर गणतन्त्र ल्याउने जनताले गणतन्त्र फालेर फेरि राजतन्त्र ल्याउन पनि सक्छन् भन्ने कुरा नबिर्सदा हुन्छ।
त्यसैले अब गणतन्त्र लाई सँरक्षण गर्नका लागि नेताहरुले र ती हजारौं रजौटाहरुले बादरे प्रवृति त्याग गरेर भागेर हैन जनतासग जनताकै बिचमा आएर माफि माग्नुको विकल्प छैन।अब राजनितीका नाममा टोल टोलमा दुई चार जना रजौटाहरु पालेर स्वार्थमा चुर्लुम्मै डुबेर ठेक्का पट्टा भ्रष्टाचार गरेर कमिसनखोर बनेर शासन सत्ता हत्याउने र कुर्चिमा बसेर राई दायि गर्ने दिन पनि छैनन्।
त्यसैले भन्नेै पर्ने हुन्छ,अब दल र नेताहरु तिर एउटै प्रस्न तेर्सिन थालेको छ ,सच्चिने कि सक्किने ?
नेताहरुमा #चेतना भया