Wednesday, April 30News That Matters

श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको संकल्प सभा सम्पन्न

यो समाचार शेयर गर्नुहोस्

पोखरा

पोखरा महानगरपालिका–१७, बिरौटामा आगामी वैशाख १७ देखि जेठ २६ गतेसम्म आयोजना हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ–२०८२ को तयारी अन्तिम चरणमा पुगेको छ। मानवसेवा फाउण्डेशन नेपालद्वारा आयोजित यस विराट धार्मिक अनुष्ठानको पूर्वसन्ध्यामा आइतबार संकल्प सभा तथा पत्रकार भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न भयो।

महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजका अनुसार कोटिहोमको उद्देश्य राष्ट्र शान्ति, विश्व कल्याण, धार्मिक जागरण र समृद्धि हो। उनले गण्डकी क्षेत्रको धार्मिक महत्त्व, सांस्कृतिक सम्पदा र सनातन परम्पराको गौरव कोटिहोममार्फत चिनाउन खोजिएको बताए।

संकल्प सभामा विविध सहयोगी व्यक्तिहरूले महायज्ञका लागि आर्थिक तथा भौतिक सहयोगको घोषणा गरेका थिए। आयोजकले उनीहरूप्रति सम्मान प्रकट गर्दै कृतज्ञता व्यक्त गर्‍यो। सो अवसरमा महायज्ञअघि सञ्चालन गरिने विविध धार्मिक, सांस्कृतिक र सामाजिक कार्यक्रमहरूको घोषणा गरिएकोपनि आयोजकले जनाएको छ।

४१ दिनसम्म निरन्तर हवन सञ्चालन हुनेछ भने लाखौँ रामनाम लेखन गरिनुका साथै रामनाम पुस्तिका वितरण गरिनेछ। साथै, एक करोड शिवलिङ्ग स्थापना गरिनेछ र प्रत्येक शिवलिङ्गमा बेलपत्रद्वारा विशेष पूजन गरिने छ।

धार्मिक विधिअन्तर्गत श्रीमद्भागवत, रामकथा, शिवमहापुराण, हनुमत कथा, देवी भागवत लगायतका ग्रन्थहरूको वाचन प्रख्यात वक्ताहरूद्वारा गरिनेछ।सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरू अन्तर्गत सामूहिक विवाह, ब्रतबन्ध, चौरासी पूजा, तुलादान र कोटी दीप प्रज्वलनकार्यक्रमहरू आयोजना गरिने छन्।त्यस्तै, ११ हजार कलश पूजन२५ हजार नरिवलको भोगकन्या पूजा तथा शालिग्राम पूजन समेत गरिनेछ। धार्मिक कला र साहित्य प्रवर्द्धन गर्न राष्ट्रिय भजन प्रतियोगिता कविसम्मेलनसन्त सम्मेलन, र धार्मिक संघसंस्थाहरूको सम्मेलन सञ्चालन गरिने कार्यक्रम रहेको छ। साथै चित्रकला र वक्तृत्वकला प्रतियोगिताज्येष्ठ नागरिक सम्मान,रक्तदान कार्यक्रम, साथै तन्दुलाञ्चल–धान्याञ्चल पर्वत निर्माणपनि महायज्ञको विशेष आकर्षण रहनेछन्।गण्डकी प्रदेशभरिका १,००० भन्दा बढी स्रष्टाहरूलाई विशेष सम्मान प्रदान गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ।


प्रतिकृया दिनुहोस