

पोखरा
पोखरा / पोखराको अति व्यस्त पृथ्वीचोक सडकखण्डमा बिहीबार दिउँसो करिब १२.२५ बजे भएको सडक दुर्घटनामा स्कुटर चालक सुष्मिता कडेल स्कुटर पछाडि सवार बाबु छोरी घाइते भएका छन्।
स्कुटरमा सवार बाबू गम्भीर घाइते भएका छन् भने छोरी सामान्य घाइते भएकि छन्।
चाइना पुल तर्फबाट पृथ्वी चोक तर्फ आउदै गरेको ना ५ ख ६२२२ नम्बरको ट्रकको ठक्कर बाट सोही दिशा तर्फ बाट पृथ्वी चोक तर्फ आउदै गरेको ग १६ प २०७५ नम्बरको स्कुटरमा सवार पोखरा–१४ चाउथे निवासी ५३ वर्षीय नेकपा माओवादी केन्द्रका नेता शिवराज कँडेल गम्भीर घाइते भएका थिए।

गम्भीर अवस्थामा रहेका कँडेललाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको भएपनि चिकित्सकले केही समयमै मृत घोषणा गरेका थिए।
स्कुटर चालक सुस्मिता कँडेल मृतक शिवराज कँडेलकी छोरी सामान्य घाइते भएकी छिन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुचना अधिकारि वसन्त कुमार शर्माका अनुसार कडेलको हात र घुँडामा चोट लागेको छ।
नुवाकोट बेलकोटगडि नगरपालिका–५ निवासी ३७ वर्षीय ट्रक चालक प्रकाश अधिकारी सहित ट्रक र स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
के कसरी दुर्घटना भयो भन्नेबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।