Wednesday, April 30News That Matters

नेपाली काङ्ग्रेस प्रजातन्त्र सेनानि बस्ताकोटिको निधन

यो समाचार शेयर गर्नुहोस्

पोखरा /पोखरा २४ कास्की कोटमा काङ्ग्रेस भन्ने बित्तिकै वच्चा देखि बुढा पाका सम्मकाले सम्झिने नाम देवि प्रसाद बस्ताकोटि (डिलको नानि) नेपाली काङ्ग्रेसका प्रजातान्त्रिक आन्दोलनका प्रजातन्त्र सेनानि ८५ बर्षिय नेता देबि प्रसाद बस्ताकोटिको २०८१ चैत्र २४ गतेका दिन बिहान करिब ११ बजे निधन भएको छ।


वाहाको पार्थिव शरीर लाई आइतवार हिन्दु धर्मसँस्कार अनुसार पोखरा २५ हेम्जा पुलमुनि मर्दिघाटमा दाह सँस्कार गरिएको छ।
बस्ताकोटिको पार्थिव शरिरमा नेपाली काङ्ग्रेस गण्डकी प्रदेस सभापति शुक्र राज शर्माले पाटिको झण्डा ओढाएर श्रद्धाञ्जली दिनु भएको थियो ।
सोही क्रममा पोखरा महानगर पालिका २४ वडा अध्यक्ष भरत वहादुर अधिकारी , नेपाली काङ्ग्रेस क्षेत्रिय सभापति मनोज गुरुङ, पुर्व सभापति पोषनाथ शर्मा गणेशमान फाउन्डेसन अध्यक्ष दुर्गा तिमिल्सिना ,नेपालि काङ्ग्रेस किसान सँघ केन्द्रीय सदस्य मनहरी चुवाइ लगायत नेपालि काङ्ग्रेस कास्कीका नेता तथा कार्यकर्ता बिभिन्न सँघ सँस्था साथै शुभचिन्तक हरुले वहाको पार्थिव शरिरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली दिएका थिए।

२०१३ शाल देखि प्रजातान्त्रिक आन्दोलनमा लागेका बस्ताकोटिले २०२६ मा तरुण दलमा ३३ शाल देखि नेपाली काङ्ग्रेस क्रियाशिल पाटि सदस्य रहेको वताउदै प्रदेस अध्यक्ष शर्माले बस्ताकोटिक‍ो निधनले सिङ्गो पाटिले अपुरणिय क्षति ब्यहोर्नु परेको उल्लेख गर्दै प्रजातान्त्रिक आन्दोलनमा उनको भुमिका र योगदानको स्मरण गर्दै नेपाली काङ्ग्रेसले एउटा सच्चा नेता गुमाएको वताउदै बस्ताकोटिको निधनले आफुलाइ स्तब्ध बनाएको वताउनु भयो ।

नेपाली कांग्रेस कास्कि कोटका सँस्थापक मध्य एक नेपाली काङ्ग्रेसका प्रजातन्त्र सेनानि बस्ताकोटि कास्किकोट नेपालि काङ्ग्रेस सभापति , क्षेत्रीय सदस्य , जेष्ठ नागरिक सभा सदस्य , ने का जिल्ला सदस्यको भुमिका निर्वाह गर्दै सधै आन्दोलनको अग्रणी स्थानमा रहने , बस्ताकोटीले निडर , प्रष्टबक्ता, सरल र सहयोगी नेताको रुपमा आफुलाइ स्थापित गर्नु भएको थियो ।

प्रजातन्त्र प्राप्ति र अभ्यासमा लागी आजिबन सँघर्ष गर्दै आएका बस्ताकोटि केही समयदेखि दिर्घरोगले ग्रस्त हुनुहुन्थ्यो ।
हाल पोखरा २४ कास्की कोट पिता वालाराम बस्ताकोटि माता देवकि बस्ताकोटिको कोखबाट १९९६ माघ २ गते जन्मिनु भएका बस्ताकोटिका एक श्रीमती तीन छोरि र तिन छोरा ६ नाति सात नातिनि र एक पनाति छन्।

प्रतिकृया दिनुहोस