
पोखरा
हेम्जा आलु एक प्रकार अनेक भन्ने मुल नारा सहित आयोजित १३ औँ राष्ट्रिय हेमजा आलु महोत्सव बुधबार सम्पन्न भएको छ।
आयोजकका अनुसार गत चैत २४ गतेबाट सुरु भएको उक्त महोत्सवको अन्तिम दिन बुधबारसम्ममा ४१ लाखको आलु बिक्री भएको छ ।
महोत्सवका रहेका कृषि तथा व्यापारिक स्टल समेत गरी ४ करोड बढीको कारोवार भएको आयोजक विष्णुपादुका क्लवका सचिव हिक्मतबहादुर थापाका अनुसार महोत्सवमा कृषितर्फ ३० तथा एक सय २० वटा व्यापारिक स्टल रहेका थिए एक लाख भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले जनाएको छ।
अन्तिम दिन बुधबार महोत्सव समापन गर्दै पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले हेम्जा आलु महोत्सवले हेम्जा मात्रै नभइ समग्र पोखरा क्षेत्रकै व्राण्ड बनेको बताउँदै स्थानीय कृषि उपजलाई प्रवद्र्धन गर्न महोत्सव सफल भएको वताउनु भयो ।
महानगर पालिकाले पर्यटन तथा कृषिलाई सँगसँगै जोडेको उल्लेख गर्दै उपप्रमुख गुरुङले पछिल्लो पटक हेमजा कृषि पर्यटनको केन्द्र बन्दै गएकोमा खुशी व्यक्त गर्दै।
वहाले आलु महोत्सवले पोखरा भ्रमण वर्षलाई सघाएको स्पष्ट पार्दै आर्थिक चलायमान्का लागि मेला महोत्सवलाई निरन्तरता दिदै जानुपर्ने वताउनु भयो।

पोखरा २५ का कार्यवहाक अध्यक्ष सुवाश भण्डारीले आलु महोत्सव समग्र पोखरा क्षेत्रकै महत्वपूर्ण महोत्सव भएको चर्चा गर्दै महोत्सव मार्फत कृषकलाई हौसला मिलेको बताउदै वहाले कृषि क्षेत्रमा रहेका समस्या समाधानका लागि वडा सचेत रहेको र पछिल्लो समय हेमजा महोत्सवमय बन्दै गइरहेकोमा खुसि ब्यक्त गर्नु भयो ।
कृषि अनुसन्धान निर्देशनालय लुम्लेका प्राविधिक अधिकृत चन्द्रकान्त तिमिल्सीनाले आलु महोत्सवलाई बर्षौ देखी नजिकबाट नियालि रहेको स्मरण गर्दै कृषि क्षेत्र अधोगति तिर लागेकोमा दुख ब्यक्त गर्दै कृषि पेशा बाट मात्रै देस सम्वृद्दि हुन सक्ने वताउनु भयो ।

सोहि अवसरमा कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष डा.कुमार खड्काले मेला महोत्सव सम्पन्न गर्न चुनौतीपूर्ण रहेको तर्फ सङ्केत गर्दै आलु महोत्सवका सँस्थापक प्रति आभार ब्यक्त गर्नु भयो
आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले सरोकारवाला सबैले जिम्मवारी पुरा गरेकै कारण महोत्सव सफल भएको उल्लेख गर्दै क्लवले सामाजिक उत्तरदायित्व वहन गर्दै आगामी बर्षमा समेत महोत्सव लाइ निरन्तरता दिने जनाउनु भयो
महोत्सवमा रत्यौली गीत प्रतियोगितामा कमलजौंसी आमा समूह प्रथम, अभियान आमा समूह द्वितीय, सिर्जनशील आमा समूह तृतीय तथा हेमजा आमा समूह र तीव्रेकोट आमा समूह लाइ सान्त्वना पुरस्कार प्राप्त भयो भने प्रथम, द्वितीय, तृतीय समूहले क्रमश नगद रु.२० हजार, १५ हजार, १० हजार साथै ५ हजारका साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गरे।

देउराली आमा समूह उत्कृष्ट भेषभुषा, जगेर्ना सुन्दुरपुरी आमा समूह उत्कृष्ट नृत्य साथै राधाकृष्ण आमा समूह मौलिक गायन प्रस्तुतितर्फ उत्कृष्ट भएकोमा पुरस्कृत भए सगै
कृषि झाँकीतर्फ देवीस्थान भजन समूह पहिलो, नेवाः खल हेमजा दोस्रो, सिर्जनशील आमा समूह सुईखेत तेस्रो साथै ओम शान्ति, लक्ष्मी आमा समूह र इन्द्रेणी आमा समूह क्रमश सान्त्वना हुन सफल भएको महोत्सवका संयोजक वसन्तकुमार श्रेष्ठले जानकारी दिनु भयो ।
झाँकी र्यालीतर्फ पहिलोलाई ८ हजार, दोस्रोलाई ५ हजार, तेस्रोलाई ३ हजार तथा सान्त्वना पुरस्कार समान २ हजार प्रदान गरिएको छ।
महोत्सबमा बुधबार कलाकारहरु प्रजापति पराजुली, जीवन दाहाल, शंकरविरही गुरुङ, सरला पाण्डे, ज्योति लोहोनी, लक्ष्मण श्री र परशुराम अधिकारीका प्रस्तति रहेको थियो ।

आयोजकका अनुसार यसपालि हेमजामा आलु खरिद गर्नकै लागि पोखरा लगायत छिमेकी अन्नपूर्ण एवम् माछापुच्छे गाउँपालिका, स्याङजा, चितवन, तनहुँ, पर्वत, मुस्ताङ, बाग्लुङ, सुनसरी, रुपन्देही लगायतका जिल्लाबाट मेलामा ओइरो लागेको थियो ।
महोत्सवमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान बारे जानकारी गराइएको थियो।
कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि गरिएको थियो ।
महोत्सवको अन्तिम समापनको दिन भने महोत्सव मुल आयोजक समिति मनिपलान्ट बचत तथा ऋण सहकारी र लायन्स क्लब अफ् पोखरा आखिझ्यालको सयुक्त आयोजनामा गरिएको रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा गरिएको थियो । जसमा मुल एक सय एक युनिट सङ्कलन भएको थियो।
महोत्सव समापनकै अवसरमा आयोजित रक्तदान कार्यक्रममा महानगर स्वास्थ्य शाखा प्रमुख भरतराज पौडेल, सहकारी अध्यक्ष प्रेम वहादुर कार्कि, व्यवस्थापक शिवराम भण्डारी, लायन्स अध्यक्ष हरि प्रसाद शर्मा,रक्तसञ्चारको तर्फबाट अर्जुन ज्ञवाली लगायतले आफ्नो भनाइ राख्नु भएको थियो।
महोत्सव मूल आयोजक समितिका सँयोजक श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा पोखरा महानगर कार्यपालिका सदस्य धना तिम्सिनाले स्वागत तथा मूल आयोजक समितिका महासचिव थापाले कार्यक्रम संचालन गर्नु भएको थियो ।
