Sunday, May 18News That Matters

उत्तम साइतमा श्री गण्डकी कोटिहोम महायज्ञको क्षमा पूजन, भूमिपूजन र यज्ञ कुण्ड खनिएको छ ।पोखरेलीलाई एतिहासिक अवसर

यो समाचार शेयर गर्नुहोस्

पोखरा

पोखरा महानगरपालिका–१७, विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ अन्तर्गत एकै दिन तीनवटा महत्वपूर्ण धार्मिक कार्यहरू सम्पन्न भएका छन्।

यसअघि २०८१ साल फागुन २३ गते कोटिहोम महायज्ञका लागि तय भएको स्थानमा भूमिपूजन गरिए पनि विविध कारणले स्थान परिवर्तन गर्नुपरेको थियो। अब महायज्ञ पोखरा–६, लेकसाइडस्थित बाराहीघाट क्षेत्रमा हुने भएपछि, त्यहीँ हिजो बिहान क्षमा पूजन सम्पन्न गरिएको हो।

त्यसपछि, महायज्ञ सञ्चालन हुने श्री सिद्धेश्वर हरिहर मन्दिर परिसरमा हिजो बिहान ११ बजेर १ मिनेटमा भूमिपूजन गरिएको छ। यो पूजन नेपाल पञ्चाङ्ग विकास समितिद्वारा सिफारिस गरिएको उत्तम साइतमा सम्पन्न गरिएको हो।

त्यसैगरी, हिजै ११:११ बजे विधिवत रूपमा यज्ञ कुण्ड खनिएको छ।

उक्त भूमिपूजन कार्यक्रममा विभिन्न स्वामीज्यूहरू, पोखरा महानगरपालिका–१७ का अध्यक्ष राधिका शाही, सामाजिक संघ–संस्थाका प्रतिनिधिहरू तथा आमा समूहका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


प्रतिकृया दिनुहोस