Sunday, May 18News That Matters

सर्वत्र घोलिएको राजनीति

यो समाचार शेयर गर्नुहोस्

नीति हरुको राजा भनेकै राजनीति हो त्यसैले कुनै पनि देसमा राज्य सञ्चालन गर्नका लागि राजनीतिको बेग्लै महत्त्व हुन्छ र यदि सत्ता सञ्चालन गर्ने हरुले जिम्मेवार इमानदार देसभक्त भएर देस र जनताप्रति उत्तरदायित्व बहन गरेर अगाडि बढ्ने हो भने देसले पनि सफलताको शिखर चुम्न सक्छ। तर सत्ता सञ्चालन गर्नेहरु यत्सको ठिक विपरीत लागे भने देस वर्वाद हुनका लागि कुनै वार पर्खनु पर्दैन भन्ने कुरा विश्व राजनितिक घटनाक्रमले देखाइ रहेको छ।
सत्ता सञ्चालन गर्दा यदि यो नितिलाइ दायाँ बायाँ तलमाथि मात्रै गर्ने काम भयो भने सत्ता मात्रै हैन राष्ट्र राष्ट्रियता मात्रै हैन, नेता मात्रै हैन ,मै हु भन्ने राजनेता पनि देस बाट ब‍ोरा विस्तरा पनि नलिइ लखेटिनु पर्दो रहेछ भन्ने कुराका अन्तर्राष्ट्रिय उदाहरण हामि माझ छर्लङगै छन्।
त्यसैले अन्तर्राष्ट्रिय उदाहरण लाई मध्यनजर गरि राम्रो कुरा त जसको सिको गरे पनि हुन्छ भन्ने कुरा लाई आत्मसात गरि कुनैपनि दल र तिनका नेताले राजनीति गर्ने परम्परा स्थापित हुने हो भने देसले फड्को मार्ने मात्रै हैन सुनौलो इतिहास बन्न सक्छ।
नेताहरुका नाम र काम सुवर्ण अक्षरले लेखिन सक्छ।यदि राजनितमा कुविचार कुनिति कुशासन कुसंस्कार र विकृतिको बीस घोलियो भने सिङ्गो देस वर्वाद हुने खतरा हुन्छ। त्यसैले भन्नै पर्ने हुन्छ नेपालको राजनीतिक घटनाक्रम लाइ देख्दा कतै यस्तै राजनिती( विष)जहर जताततै घोलिएको ता हैन भन्नू पर्ने अवस्था छ।
जता जाउ धार्मिक साँस्कृतिक मठ मन्दिरमा जाउ राजनीति स्वास्थ्य शिक्षा शैक्षिक क्षेत्रमा जाउ राजनीति , उध्य‍ोग व्यपार व्यवशायमा राजनीति न्यायालय विध्यालय कानुनि क्षेत्रमा राजनीति निजामतीमा राजनीति खेलकुद क्षेत्रमा राजनीति जताततै राजनीतिक विष जहर कहाँ घोलिएको छ हैन, कहाँ घोलिएको छैन भन्नू पर्ने अवस्था छ।
यतिबेला देसमा सहकारी लघुवित्त , स्वास्थ्य शिक्षामा देखिएको रन्थमाइल‍ो पनि राजनीतिक (विष) जहर घोलिएकै कारणको परिणाम ह‍ो भन्दा फरक नपर्ला ।
यस्तो हुनुको कारण अरु कोहि नभएर दसकौ सघर्ष गर्दै पटकपटक आन्दोलन गरेर आएका महान् नेताहरुका मार्गयात्रु देस र जनताका लागि भन्दै राजनीति गरेका ठुला ठुला पाटिका नेताहरु मात्रै हैन देसको राजनितीक आन्दोलन घटनाक्रम सगै उत्पन्न राजनीति परिस्थिति बाट विभिन्न हक अधिकार सुनिश्चितताका लागि आन्दोलन सघर्ष गरेर उदाएर आएका दल र नेताहरु समेतले राजनिती लाइ तरकारीमा नुन हालेजस्तो गरि जताततै राजनितीक (विष ) जहर प्रवेस गराए सगै देस ले जुन बाटो लिनु पर्ने थियो हिजो विपिले देसलाइ जुन बाटोमा डोर्याउन ख‍ोज्नु भएको थियो। नेताहरुले विपिवाद मार्कसवाद लेनिनवाद माओवादको नारा लाई आत्मसात गरेर आएका थिए ती सबै कुरा लाई बिर्सिएर सत्ता स्वार्थका लागि जे पनि गर्न पछि नपर्ने नेताहरुमा जुन विचार सिद्धान्त विहिन प्रवृत्ति मौलाउन थाल्यो तब जताततै राजनिती बीष जहर घोलियो जसले गर्दा आज आएर देसले यस्तो राजनिती र सत्ता अस्थिरताको अवस्था बाट गुज्रनु पर्ने भयो।
यसको कारण अरु के हि नभएर नेताहरुले जताततै आफ्नो स्वार्थ पूरा गर्न र सत्ताप्राप्ति गर्न राजनितीलाई तरकारीमा नुन हाले जस्तो गरि जताततै पानिमा जहर घ‍ोले जस्तो गरि जहातहि राजनिती लाई प्रवेस गराएर चौतर्फी रुपले देस र जनता पलायन हुँदै र पिसिदै जानुपर्ने जुन अवस्था नेपाली जनताले समयमा न्याय नपाउनु जताततै भागबन्डाको राजनिती हुनु देस रिणको भारले थिचिनु न्याय माग्ने हरु सडकमै मिचिनु पर्ने यस्तो अवस्था आउनुमा केहि नभएर जतासुकै सर्वत्र राजनीति (विष) जहर घोलिएको राजनीति सँगै नेता र नेताहरुको स्वार्थपुर्ण नियत नै हो भन्दा फरक नपर्ला।

प्रतिकृया दिनुहोस