Sunday, May 18News That Matters

जिरो किमी–हल्लनचोक सडकखण्डमा अनियन्त्रित सवारी दुर्घटना, पोलसहित क्षति

यो समाचार शेयर गर्नुहोस्


पोखरा जिरो किमी–हल्लनचोक सडकखण्डमा आज बिहान सवारी दुर्घटना भएको छ।
आज बिहान करिब ३:४५ बजे जिरो किमीबाट हल्लनचोकतर्फ आइरहेको सवारी अनियन्त्रित भई मिनमार्ट अगाडि डिभाइडर लेनमा ठोक्किएर दुर्घटना भएको हो।


डिभाइडरमा ठोक्किएपछि सोही ठाउँमा रहेको सोलार बत्तीको पोल ढलेको छ भने सवारीमा क्षति पुगेको छ।


कास्की ट्राफिक प्रहरीका अनुसार चालक सकुशल रहेका छन् र उनलाई प्रहरीको नियन्त्रणमा लिइएको जनाइएको छ।

प्रतिकृया दिनुहोस