
पोखरा
पत्रकार विजय नेपाल नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ द्वारा सन्मानित हुने भएका छन्।
नवौ पोखरा स्पोर्टस् अवार्ड २०८१ अन्तरगत उत्कृष्ट खेल पत्रकारिता अवार्ड विजय नेपाललाई प्रदान गरिने भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्था मगरको अध्यक्षतामा आइतबार बसेको कार्यसमिति बैठकले प्रतिभा छनोट समितिको सिफारिस अनुमोदन गर्दै नेपाललाई अवार्ड प्रदान गर्ने निर्णय गरेको हो ।

मञ्चका पूर्व अध्यक्ष केशव पाठक सँयोजक रहेको प्रतिभा छनोट समितिमा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, कास्की अध्यक्ष माधव बराल, पूर्व सम्मानित रोहितराज पराजुली एवं पदेश सदस्य मञ्चका अध्यक्ष एमबि आस्था मगर र महासचिव परशुराम शर्मा रहेका थिए ।
मञ्चद्वारा वैशाख २६ गते पोखरा इभेन्ट सेन्टरमा आयोजित नवौं पोखरा स्पोर्टस् अवार्ड समारोहमा उनलाई ३५ हजार नगदसहित अवार्ड र सम्मानपत्र प्रदान गरिने भएको छ ।
सोहि अवसरमा वर्ष खेलाडी लाइ समेत विभिन्न ७ विधामा अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ।
पोखरा लाई कर्मथलो बनाउदै आएका उनि पाल्पाको रिब्दीकोट–७, मैनादीमा जन्मिएका हुन् भने, बाबु शालिकराम नेपाल र आमा सीतादेवी नेपालका २ छोरा मध्ये जेठा छोरा नेपाल मञ्चका पुर्व महासचिव हुन् । अङ्ग्रेजी साहित्यमा एमए र एलएलबि गरेका उनी हाल राजधानी दैनिक ,आदर्श समाज दैनिक र हिमाल एक्सप्रेस मा समेत कार्यरत छन् ।

करिब दुई दशकदेखि पोखरामा निरन्तर पत्रकारितामा क्रियाशील रहदै आएका उनले दर्जनभन्दा बढी पुरस्कार एवं सम्मान प्राप्त गरि सकेका छन् ।
यस भन्दा पहिला युवा तथा खेलकुद मन्त्रालयद्वारा राष्ट्रिय खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार–२०७९ प्राप्त गरिसकेका उनलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७५, ‘विन्ध्यवासिनी गीतसंगीत पत्रकारिता पुरस्कार–२०७४’, ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता–२०८०’ लगायतबाट पुरस्कृत गरिएको थियो ।
२०६२ सालदेखि सञ्चार दर्पण साप्ताहिक बाट नियमित कलम चलाउन थालेका उनले सो अवधिमा धेरै मिडियामा काम गरे माइक्रोन्यूजमा विद्यार्थी पत्रकार हुँदै मिडियामा प्रवेश गरेका उनले यसअघि पोखरा हटलाइन, रेडियो वाराही, गोर्खा एफएम, स्टार एफएम, नमस्ते एफएम, पश्चिमाञ्चल एफएम, राइजिङ पोखरा, लुम्बिनी दैनिक, यो साता साप्ताहिक, प्राप्ति पत्रिका, रासस, समाधान दैनिक, लोकान्तर, सफल आवाजमा समेत कार्यरत रहेर काम गरेको लामो अनुभव छ ।
उत्कृष्ट खेल पत्रकारिता अवार्ड सहित यसअघि सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक, दीपक परियार, सागरराज तिमिल्सिना र रोहितराज पराजुलीलाई सन्मान गरिएको थियो भने ,यसपटक नेपालले प्राप्त गर्ने भएका छन्।।