Sunday, May 18News That Matters

एउटै नम्बरका दुई स्कुटर, सम्बन्धित निकाय वर्षौँदेखि बेखबर

यो समाचार शेयर गर्नुहोस्

संसारमा फरक–फरक जन्म र ठाउँका भए पनि उस्तै–उस्तै अनुहार भएका मानिसहरू पनि हुन सक्छन्। एउटै कम्पनी सवारी साधन पनि उस्तै उस्तै हुन सक्छन्। इन्जिन नम्बर च्याचिस नम्बर सवारी नम्बर प्लेट एउटै हुन सक्दैन ।

तर गण्डकी प्रदेस मातहतमा रहेको यातायात ब्यबस्था कार्यालय सवारी शाखा कास्कीमा भने सुन्ने हरुलाई समेत चकित पार्ने गरि 

दर्ता भएका स्कुटर भने एउटै नम्बर भएको पाइएको छ।

गण्डकी प्रदेश सरकारको मातहतमा रहेको यातायात कार्यालय प्रदेशमा सबैभन्दा बढी राजस्व उठाउने कार्यालय हो ।

तर यातायात कार्यालय भित्रै सोरुमका अफिस सञ्चालन गरि सोरुमका कर्मचारीले हालिमुहालि गरेको भन्ने कुरा यथेस्ट प्रमाण यतिबेला फेला परेको छ। 

सरकारी अड्डा भित्र सेवा ग्राहिलाइ सेवा दिने काम सरकारी कर्मचारीको भएपनि 

नेपालका अधिकास यातायात ब्यबस्था कार्यालयमा सेवाप्रदायसेवाग्राहि बिच मध्यस्थतको रुपमा रहेर सोरुमका कर्मचारी बाट राम्रो चलखेल हुने गरेको पाइन्छ ।

यातायात कार्यालयका कोठा कोठामा सोरुमका कर्मचारीको राम्रै चहलपहल भइरहेको देखिन्छ । 

यातायात पुगेका सेवाग्राहीले को कर्मचारी को सोरुमका बिचौलिया छुटयाउन मुस्किल पर्ने गरि सो रुम र रिकन्डिसन सेन्टरका कर्मचारीले सरकारी ढड्डामा लेख्ने , ब्लु बुक भर्ने ,विवरण चढाउने जस्तो महत्वपूर्ण काम निर्बाध गरिरहेको देख्न पाइन्छ । 

यति सम्मकी कार्यालयको कोठा सङ्गै जोडेर सोरुम सन्चालकहरुले कोठा बनाएर सरकारी काम धमाधम गरिरहेको पाइन्छ । 

यातायात कार्यालयमा देखिने यस्ता दृस्यले यातायात कार्यालयले निजि सोरुमलाइ समेत आफ्ना कर्मचारी सरहको अधिकार दिए जस्तो देखिन्छ ।

यसरी सोरुमका कर्मचारीले सरकारी ढड्डा र ब्लु बुक भर्ने काम गर्दा बेलाबेलामा गम्भीर त्रुटि हुने गरेको पाइएको छ । 

कुवर ब्रदर प्रालिले २०७६ माघ २३ गते बिक्री गरेको दुइवटा डिओ स्कुटरमा एउटै सवारी नम्बर ग १८ प ६९४९ राखेको तथ्य करिब ६ बर्ष पछि गत शुक्रबार (बैशाख १९) कास्की ट्राफिक प्रहरीले चेकिङको अवस्थामा फेला पारेपछि यस्तो जुम्ल्याहा स्कुटर भएको कुरा बाहिरएको थियो ।

दुई वटा डियो स्कुटरमा एउटै नम्बर राख्ने काम कुवर ब्रदर्शका कर्मचारिले गरेको खुलेको छ भने ,सोरुमका कर्मचारी दुर्गा कार्कीले त्यतिबेलाका कर्मचारीले दुइवटा स्कुटरको ब्लुबुकमा एउटै नम्बर चढाइदिएर गल्ती गरेको स्वीकर गरेकाछन ।

तर एउटा जिम्मेवार सरकारी निकायले सरकारि कागजात निजि सोरुमका कर्मचारीलाइ जिम्मा लगाइएका कारण यसरी जुम्ल्याहा स्कुटर बर्षौ सडकमा गुडि रहेपनि स्वँय सवारी धनिले गुडाइ रहेपनिआजसम्म अत्तोपत्तो नभएको बुझिएको छ। 

यातायातका कर्मचारीले आफै जस्ताको तस्तै विवरण भरेर दिएपछि शाखा अधिकृतले विवरण चेक जाँच गरेपछि बल्ल सहि गर्नुपर्ने र सेवाग्राहीलाई दिइने डकुमेन्ट सोरुमका कर्मचारी लाई यसरी दिदा आफुखुसी विवरण भर्ने कार्यले प्रोत्साहन पाएकै कारण यस्तो अवस्था सृजना भएको छ। । 

त्यसरि भरेको ढड्डा (ड्क्कुमेन्ट) भेरिफाइ नगरिकन आँखा चिम्लेर सहि छनप गरिदिने जिम्मेवार शाखा प्रमुख र कर्मचारीकै कारण यस्तो समस्या उत्पन्न भएको छ। 

सेवाग्राही र यातायात कार्यालय बीचमा काम गर्नेलाइ बिचौलिया भन्ने गरिन्छ । 

तर यातायात कार्यालयमा भने सहजिकरणकै वहानामा यसरी गैर सरकारि निकायका कर्मचारी लाई हालिमुहालि गर्न दिई रहदा पनि त्यसतर्फ राज्यका नियमनकारी निकायहरु मौन रहनुलाइ अर्थपुर्ण रुपमा लिन सकिन्छ।

दुइवटा सवारीसाधनमा एउटै नम्बर राखेर सवारी चलाउनुलाइ अबैध कार्य मानिन्छ ।

कास्की ट्राफिक प्रहरीले दुबै सवारी साधनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहिको लागि यातायात कार्यालय पठाइदिएको थियो। दुई मध्ये एक शान्ती कुमारी गुरुङको नाममा दर्ता रहेको स्कुटरमा गलत नम्बर रहेको पुष्टि भएको छ । 

सोही स्कुटरमा ग१८ प ६९४६ हुनुपर्नेमा ग१८प ६९४९ नम्बर लेखेको पाइएको छ । 

शान्ती गुरुङले २०७७/०७८ सम्म आफ्नो वास्तविक नम्बर ६९४६ मै सवारी कर बुझाएको देखिन्छ । ०७८/०७९ पछि भने अन्य ब्यक्तिको नाममा सवारी कर बुझाएको देखिन्छ । एउटै नम्बरमा बर्षको २ पटक कर बुझाउदा समेत यातायात कार्यालयले कुनै जानकारी नपाउनुले यातायात व्यवस्थापन कार्यालय सवारी दर्ता गर्दा होस् वा सवारी कर राजस्व उठाउने कार्यमा कति गैर जिम्मेवार रहेछ भन्ने कुरा यो जुम्ल्याहा स्कुटर प्रकरणले स्पष्ट पारेको छ। 

दुइवटा सवारीमा एउटै नम्बर राखेमा अबास्तबिक नम्बर राख्नेले सवारी तथा यातायात ब्यबस्था ऐन बिपरित कार्य गरेको मानिन्छ । 

त्यस्तो गल्ती गर्नेलाइ १५ हजार देखि ५० हजार सम्म दन्ड जरिवाना हुने ब्यबस्था छ। 

तर यो बिषयमा सेवाग्राहिले सरकारि कार्यालय प्रति गर्ने विश्वास माथि विश्वासघात भएको देखिन्छ ।

जसले गर्दा कानुनि रुपमा फरक नम्बर राख्नेलाइ कारवाहि जरिवाना गर्ने प्रावधान भएपनि यातायात ब्यबस्था कार्यालय पोखराले कारबाहिनै नगरी उन्मुक्ति दिएको देखिन्छ । 

यसो त यातायात कार्यालयले यस्तै प्रकृतिकै गलत नम्बर राखी सवारी चलाएको भन्दै यसभन्दा पहिला एक सवारी लाई २० हजार जरिवाना तिराएको समाचार सराङकोट साप्ताहिक पत्रिकामा प्रकासित भएको थियोे । 

तर यसपटक भने चोचोमोचो जोडिएका यातायात कार्यालय र सोरुम कर्मचारी बिचमै भएको गल्तिका कारण सवारी धनिले उन्मुक्ति पाएका छन्। 

सूचना अधिकारी राजेन्द्र आचार्यका अनुसार कर्मचारिले भुलबस २ वटा ब्लुबुकमा एउटै नम्बर लेखेको जनाउदै सामान्य गल्ती भएको भन्दै चोख्खिने र चोख्याउने प्रयास गरेको प्रष्ट बुझ्न सकिन्छ ।

तर जिल्ला ट्राफिक कार्यालय कास्किले भने यस्तो अवस्था लाइ सामन्य गल्ती भन्न नमिल्ने वताएको छ।

नम्बर नै गल्ती राखेर सवारी चलाउदा दुर्घटना वा हिट एन्ड रन गरि भागेको खन्डमा ट्राफिक प्रहरीले नम्बरको आधारमा सवारी पक्रदा दोषी उम्कने र निर्दोषले दुख हैरानी पाउन सक्ने हुदा यसलाई सबै पक्षले गम्भीरता साथ लिनु पर्ने जनाउदै कास्की ट्राफिक प्रहरी प्रमुख प्रनि शोभा पाण्डेले यस्तो बिषयमा गम्भीर हुनु पर्ने वताउनु भएको छ।

प्रतिकृया दिनुहोस