Monday, August 24News That Matters

राष्ट्रिय पत्रकारिता पुरस्कार बाट श्रेष्ठ सन्मानित।

यो समाचार शेयर गर्नुहोस्

राष्ट्रिय पत्रकारिता पुरस्कार बाट पत्रकार महासँघ कास्कीका पुर्व अध्यक्ष तथा एभरेस्ट एफएमका सम्पादक दीपेन्द्र श्रेष्ठ सन्मानित हुनु भएको छ।
राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा वहाँ सहित ६ जना पत्रकार सम्मानित हुनु भएको छ।

श्रेष्ठ सहित विमल गौतम, लोग्शरी कुँवर, दीपेन्द्र बान्तवा, डम्बर खतिवडा र सागर पण्डितलाई एक लाख राशिको पुरस्कार प्रदान गरिएको छ ।
बुधबार सूचना तथा सँञ्चार प्रविधि मन्त्रालय द्वारा शितल निवासमा आयोजित राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा वहाहरु पुरस्कृत हुनु भएको छ।


त्यस्तै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विपुल पोखरेल र प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष गणेश बस्नेत वरिष्ठ पत्रकार सम्मानबाट सम्मानित हुनु भएको छ।

आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिदै ,नेपालको हरेक परिवर्तनहरूमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका महत्त्वपूर्ण र उल्लेखनीय रहेको जनाउदै समाचार लेखेकै भरमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनु भयो ।

प्रतिकृया दिनुहोस