Friday, January 16News That Matters

माओवादी केन्द्रको जनसभा जेठ १० मा, अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरूको सम्बोधन हुने

यो समाचार शेयर गर्नुहोस्

पोखरा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पोखरा महानगर समितिले यही जेठ १० गते चिप्लेढुङ्गामा विशाल जनसभा गर्ने भएको छ। ‘मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत आयोजना हुने जनसभालाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

पहिला शहीदचोकमा गर्ने भनिएको यो जनसभा अहिले चिप्लेढुङ्गामा सर्ने तयारी भएको छ। कार्यक्रममा पोखराका ३३ वटै वडाबाट प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गर्न प्रतिनिधि छनोट गरिएको छ।

पार्टीको हालै सम्पन्न विस्तारित बैठकले वडागत प्रतिनिधि, स्वयंसेवक परिचालन, प्रचारप्रसार, आतिथ्य, आवास, लेखन तथा रिपोर्टिङसम्बन्धी जिम्मेवारी बाँडफाँड गर्दै विभिन्न समिति गठन गरेको छ।

जनसभा सम्पन्नपछिको महानगर सम्मेलन जेठ २४ गते उद्घाटन भई २५ गते बन्द सत्रसहित सम्पन्न हुने जानकारी दिइएको छ। सचिव जनकराज पराजुलीका अनुसार सम्मेलनमा नीतिगत छलफल र सांगठनिक विषयमा विमर्श हुने छ।

कार्यक्रमका लागि आवश्यक आर्थिक स्रोत भने पार्टीको आन्तरिक साधनबाट व्यवस्थापन गरिने बताइएको छ।

पार्टी नेता हरिनारायण गिरी (विज्ञान) को अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा विभिन्न नेताहरूले कार्यक्रममा सम्बन्धमा धारणा राख्दै सफल आयोजनाका लागि आ–आफ्नो तयारी प्रस्तुत गरेका थिए।

यता, माओवादी केन्द्र कास्कीका संयोजक विश्वप्रकाश लामिछानेका अनुसार अध्यक्ष प्रचण्डसहितको टोलीलाई शुक्रबार नयाँ पुलमा भव्य स्वागतसहित स्वागत गरिने कार्यक्रम तय भएको छ। कार्यक्रममा प्रेस स्वतन्त्रताका अगुवा कोमलनाथ बरालले माओवादी केन्द्रले जनताको हितमा अझ प्रभावकारी रूपमा काम गर्न सुझाव दिनुभएको थियो।

भिडीयो सहीत :-

प्रतिकृया दिनुहोस