Tuesday, January 20News That Matters

सार्वजनिक यातायात व्यवसायी सङ्घर्ष समिति द्वारा देशैभर सार्वजनिक सवारी ठप्प पार्ने चेतावनी

यो समाचार शेयर गर्नुहोस्

पोखरा

बिहीबार। सार्वजनिक यातायात बचाउ सङ्घर्ष समितिले जेठ १६ गते शुक्रबारदेखि गण्डकी प्रदेशभर सम्पूर्ण सार्वजनिक सवारी साधन घर ग्यारेजमा राखी सेवा बन्द गर्ने घोषणा गरेको छ।
समिति द्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा आफ्ना सबै मागहरू सम्बोधन नभएको अवस्थामा १६ गते शुक्रबार गण्डकी प्रदेशमा बन्द गर्ने घोषणा गरिएको छ।
केन्द्रीय संयुक्त सङ्घर्ष समिति द्वारा जारी विज्ञप्तिमा १९ गतेबाट देशैभर सम्पूर्ण सार्वजनिक सवारी साधनहरू आफ्ना घर ग्यारेजमा राखी नेपालभर सार्वजनिक यातायात बन्द हुने प्रेस विज्ञप्ति मार्फत सङ्घर्ष समिति गण्डकी संयोजक केदार पौडेलले बताएका छन्।

नेपालको संविधान २०७२ ले तीनै तहको सरकारको व्यवस्था गरेको अवस्थामा आम नागरिकलाई सङ्घीयताको प्रत्याभूति दिलाउन समन्वयकारी भूमिका निर्वाह गर्ने ठाउँमा गण्डकी प्रदेश सरकारले सार्वजनिक यातायात क्षेत्रलाई आम नागरिकको पहुँचमाथि प्रभावकारी रूपमा मर्यादित र व्यवस्थित बनाउनुपर्नेमा झन् सिङ्गो यातायात क्षेत्रमाथि प्रभाव पार्ने गरी ६५% स्वरोजगार यातायात व्यवसायीलाई नै समाप्त पार्ने गरी, सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा २ र दफा १२ को उपदफा १ समेत बर्खिलाप गर्दै संविधानको धारा ५७ को उपदफा ३ को ५ मा भएको व्यवस्था बमोजिम प्रदेशसभा, गाउँसभा, नगरसभाले बनाएको कानुनसँग बाझिएको अवस्थामा समेत खारेज हुने स्पष्ट व्यवस्था हुँदाहुँदै सो व्यवस्थालाई समेत वेवास्ता गरी दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे निजी सवारीले सार्वजनिक सवारी सरह यात्रु ओसारपसार गर्न पाउने गरी गण्डकी प्रदेश सरकारले २०८२/१/३१ गते निर्णय गरी राजपत्रमा सूचना प्रकाशन गरेको प्रति आपत्ति प्रकट गरिएको छ।

पोखरामा पत्रकार भेटघाटमार्फत संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, सार्वजनिक यातायात केन्द्रीय महासङ्घ, नेपाल ट्रक यातायात व्यवसायी महासङ्घ, ढुवानी व्यवसायी महासङ्घ नेपाल, नेपाल यातायात मजदुर सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ, र एकीकृत यातायात मजदुर सङ्गठन बाध्य भई आन्दोलनमा जानुपर्ने अवस्था सिर्जना भएको गण्डकी प्रदेश सङ्घर्ष समिति संयोजक केदार पौडेलले पत्रकार सम्मेलनमार्फत बताए।

प्रदेश सङ्घर्ष समिति द्वारा जारी विज्ञप्तिमा दुई सूत्रीय मागहरू समेत गरी गण्डकी प्रदेश सरकारले २०८२/१/३१ गते गरेको अव्यवहारिक तथा असमान निर्णय फिर्ता नगरेमा १६ गते गण्डकी प्रदेश र १९ गतेदेखि अनिश्चित बन्द गर्ने पत्रकार भेटघाट कार्यक्रममा संयुक्त विज्ञप्तिमार्फत सार्वजनिक यातायात बचाउ सङ्घर्ष समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस